www.smoonsharma.blogspot.com

Monday, January 12, 2026

११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन जनता समाजवादी पार्टी (जसपा)

 मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी अन्तत एकीकृत भएका छन् । औपचारिक रुपमा सत्ताको बागडोर समाल्न फुट र जुटको इतिहास रचेका यि पार्टीहरु आसन्न फागून २१ गतेको निर्वाचनलाई मध्यनजरमा आएर बलियो धारमा समाविष्ट हुन खोज्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेताद्वय उपेन्द्र यादव र महन्थ ठाकुर बीच आइतवार पार्टी एकिकरणमा १२ बुँदे समझदारीमा हस्ताक्षर भएको हो ।

दुई पक्षबीच भएको सम्झौताबमोजिम ११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । एकीकृत पार्टीको नाम

जनता समाजवादी पार्टी (जसपा) रहने बताइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टी बिच मधेसका मुद्वा समावेश भएको र आगामी हुने निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्र सभामा आफूहरु समावेश हुने बताउन भ्याएका छन् ।


No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...