www.smoonsharma.blogspot.com

Saturday, January 10, 2026

नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु

नेकपा का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”ले रुकुमबाट आफू निर्वाचित हुने जानकारी दिएका छन् । रुकुम पश्चिममा आयोजित सभालाई पत्थर पार्ने क्रममा दाहालले आगामी चुनावमा रुकुम पूर्वलाई आफ्नो कर्म थलोको  रुपमा  संगालिने प्रष्ट पारेका हुन् ।

निर्वाचनमा आफू स्पष्ट मतका साथ जनतामाझ जाने र जनभावनालाई समेटी देशलाई नयाँ बाटोमा अग्रसर हुने उनले बताए । नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु मात्र नभई देशकै शत्रु रहेको र सम्पूर्ण वामपन्थी एक ढिक्का रहनु पर्ने आजको कार्यबोध र चुनौति रहेको उनको जिकिर थियो । कार्यक्रममा पार्टीका सहनेता माधवकुमार नेपाल पनि सहभागी रहेका थिए ।

No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...