पाँचथर । रास्वपाबाट महेन्द्र विक्रम थामसुहाङ्ले नेतृत्व लिने भएका छन् ।
उनी प्रतिनिधि सभा सदस्यमा उमेद्वार हुने सुनिश्चित भएको जनाइएको छ । उनी कम्युनिष्ट पार्टीमा आवद्व थिए ।|
केही महिना अघि आफ्नो पार्टी परित्याग गरि उनी नयाँ पार्टीमा सामेल भएका हुन् । रास्वपालाई आफ्नो पार्टीमा समावेश गरिएका पात्र जिताउनै पर्ने देखिएको छ भने उता पार्टीले सर्कुलर जारी गरि उनलाई एकल नेतृत्व प्रदान गरिएको हो ।
विगतका सर्वेक्षणहरु हेर्ने हो भने नेकपाको वर्चश्व रहेको पाँचथरमा घण्टी चिन्ह लाई हालीमुहाली सुनिश्चत गर्न अव आउने निर्वाचनलाई मध्यनजर गर्नु पर्ने नै देखिन्छ ।
काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् । काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ । २७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् । ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् । यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ र...

Comments
Post a Comment