इण्डियन आइडल सिजन–३ का विजेता प्रशान्त तामाङ्गको अन्तेष्टि
प्रशान्त तामाङ्गको दाहसंस्कार उनको गृह नगर दार्जिलिङ्गमा हुने भएको छ । उनको हृदयघातको कारण नयाँ दिल्लीमा ४१ वर्षको उमेरमा हिजो विहान मृत्यु भएको थियो ।
माता रुपा तामाङ्ग र पिता मदन तामाङ्गको सुपुत्र प्रशान्तको जन्म सन् १९८३ मा वेष्ट बंगाल दार्जिलिङ्गमा भएको थियो । उनी एक नेपाली भाषी भएको नाताले थुप्रै नेपाली चलचित्र र गायन क्षेत्रमा आफ्नो रोमाञ्चक प्रस्तुतीबाट चर्चित थिए । उनी बसेको नयाँ दिल्ली स्थित निवासमा हृदयघात भएको र अस्पताल पुग्ने क्रममा मृत्यु भएको अपुष्ट समाचार श्रोतहरुले बताएका छन् ।
उनीद्वारा अभिनित चलचित्रहरुमा गोरखा पल्टन, अंगालो यो मायाको ,किनमायामा आदी चर्चित रहेका छन् ।
एक नेपाली भाषी भएको र नेपाली कलाकार भएको नाताले नेपाली श्रोता तथा दर्शकलाई उनको असमायिक निधनले मर्माहत तुल्याएको छ ।

Comments
Post a Comment