भ्रष्ट राजनीतको अन्त्य

 भ्रष्ट राजनीतको अन्त्य

शुक्रबार काठमाडौंको तापक्रम २.४ डि.ग्री मापन गरिएको थियो  । एक विहान आज उठ्दा ठिङ्गुर्याउँदो जाडो रह्यो । दिनहुँ ढिलो उठ्ने बानी परिसकेको छ । पत्रपत्रिका त्यत्ति किनेर पढिँदैन सवै सामाजिक सञ्जाल इन्टरनेटमा पाइहाल्छ ।

जीवन एक संघर्ष हो । यसअर्थमा यो पारिपारिक मायामोह पनि हो । पहिले त एक तनाव जस्तो लाग्ने गर्थो । तर वानी परिसकेको छ । पारिवारीक श्रोत र वाँकि वचेका रहलपहल ।

समाजमा नाक देखाउन मानिसले कर्म गर्नुपर्छ । चाहे ठूलो होस या सानो चाहे झिनो आशा नै किन नहोस केही आय मूलक त हुनैपर्छ । त्यपछि मात्र अनुराग पाइन्छ ।

वितेको दिन सम्झन्छु एक अँध्योरो कोठा, बन्द पर्दा अनि टेलिभिजन अनि दिनहुँको खानेकुरा ।
त्यसबेला केही काम चाँही गरिन्नथ्यो । मानिसको बोली पनि चित्कार जस्तो लाग्न थालि सकेको थियो । किनकी परस्पर बोली कसैसँग हुँदैनथ्यो केवल टेलिभिजनको स्वयम् दर्शन ।

समाचार, राजनीति, चिन्तन अनि राजधानीमा उड्ने हवाइजहाजका आवाज मात्र
। लाग्दथ्यो प्लेनका निश्चत समय र सिमामा यसले उडान पक्कै मार्दैन । मेरो भोजन, टि.भि.का रिमोटबाट संचालित परिदृश्यले उडान भरिएको जस्तो चाल ।

धेरै जस्तो विदेशी च्यानल बिबिसी हेर्ने गर्थे अनि रिमोटले कान्तिपुर टि.भि. थिच्थे स्वाट् हवाइजहाज उडिहाल्थे कस्तो अचम्म !

के म लण्डन पुँगे जस्तो महशुस हुन्थ्यो । जब म फ्लाटबाट वर्षौ पछि बाहिर पुगें त्यतिखेर ठमेल गएँ अनिमात्र ताहा पाएँ विदेशीको जिल्ली र मान्छे उडाउने बोली ।

विद्यार्थी कानमा मैले एक कुशल पत्रकारको छवीको रुपमा आफूलाई प्रस्तुत हुने अड्कल बाजी मारेको थिएँ ।
कुनै टेलिभिजनको पर्दामा न्यूज रिपोर्टरको आवधिक रुपमा केही महिना काम गरेँ र निस्कासित पनि भएँ ।
पत्रकारिता माथि आघात भएको म मा अविशाद प¥यो । चिकित्सकको सल्लाहमा ममा होम हस्पाइसको सल्लाह भयो ।

तर चर्को सम्वेदना आँफैमाथी देशमा राजनीतिक सक्रमणता पनि होमिएको थियो । राजनीतिक तरलता थिएन । युद्वबाट जगजाहेर भएको देशमा म पनि विच्छिप्त भइन तर मानसिक  युद्व को   भइयो ।

आज राजनीतिक माहोल फेरिएको छ  चिन्तित नभएपनि भर्खर जेनजी आन्दोलन सकिएको छ देशले खर्बौको भौतिक क्षति व्यहोरेको छ । थुप्रै यूवाले ज्यान गुमाएका छन् । अनिन्द्रा र सिद्वान्तको निसानी अब नयाँ आउने राजनीतिक दलको भारमा परेको छ ।
 
वस्तुगत रुपमा यथार्थलाई सागर्भित तुल्याउँदै २०८२ साल फागून २१ को  निर्वाचनमा हुनु उनीहरुको तार रहेको छ ।

केही एक्लो र निशब्द हुँदा पनि वैचारिक हिसाबले आज म स्वतन्त्र नै छु । पार्टीको हिसाबमा स्वतन्त्र हुनु नैसर्गिक अधिकार पनि हो । त्यसै पत्रकारलाई स्वतन्त्र हुन चुनौति नै कसले दिनुपर्ला ।

समाजवादी, प्रजातन्त्र, लोकतान्त्रीक संघियता निपूर्णता हुने भन्ने चाँही पक्कै होइन पनि । हो पनि !

फरकधारका पार्टीका आ–आफ्नै विचार होलान् तर उनीहरुले गरेका कामको प्रसंसा जनताले राम्ररी गरेका छन्  । विगत ७० वर्षको दौरानमा दशका्रैं पार्टीका मन पसन्द नेताहरु फेरिए उनका अनुहारलाई जनताले लाखापाखा लगाएका छन् नै !

तर देश वन्धन मुक्त हुन सक्दैन देशलाई प्रतिनिधि सभा, राष्ट्रसभा, नयाँ सरकार सबै चाहिएको छ ।

फागुन २१ गते हुने आम निर्वाचनले राजनीतिक तरलता ल्याउँछ। नयाँ सरकारमा नयाँ पुस्ताका अनुहार भेटिन्छन । भ्रष्टिकरण, देवत्वकरण हट्छ । देश उजागर हुन्छ । देशमा आमूल परिवर्तन हुन्छ र जुझारु नेतृत्वले संविधानत नयाँ विधान पाउँछ र अलोकतान्त्रिक भनिएको पार्टीहरुको  पद्वतीको विकारलाई हटाउँछ ।

देशमा फैलिएको भ्रष्ट साङ्गलो हराई अनुकुल जटिल परिस्थित राजनीति सागर्भित रुपले देशले काँचुली फेर्छ ।
अनि सुमधुर रुपले बहुलता, समावेशिता, लोकतन्त्र, जनताले चुनेका  नेता, नागरीक समाज, कर्तव्य निष्ठ सरकारी कर्मचारी एकै केन्द्रविन्दुमा मिलनवद्व हुन्छन् र यही नै नेपाली राजनीतिको प्रगतिशिल पराकाष्ठा हुनेछ ।

Comments

Popular posts from this blog

दृश्य र सपना

खानेकुरा कसरी सफा खाने

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं