महाधिवेशन तोकिएपनि नेतृत्व कस्ले लिने भन्ने प्रश्नमा नेपाली कांग्रेस


भनिन्छ, राजनीतिमा आफन्त  नातागोता कोही भनिँदैन, राजनीतिज्ञका आसेपासे भएपनि इष्टमित्र र पार्टी कार्यकर्तासँग लगाव हुन्छ राजनीतिक अभिष्ट नेताको शौक नै हो ।

यतिखेर नेपाली काङ्ग्रेस पार्टीमा १५ औं महाधिवेशनको चटारो छ । एउटा व्याख्या र विधानको चर्चा छ भने अर्को राजनैतिक मुद्वा र सिद्वान्तको ।

पार्टीको विशेष महाधिवेशनमा आफ्नो नैतिक धरातल र सिद्वान्तमा कसी लाउन खोज्ने नेताहरु आज फेरी गुट उपगुटबाट प्रभावित बन्न खोजेका छन् ।

पार्टी नेता गगन थापा ०८३ मा महाधिवेशन हुने ठोकुवा गरिरहेका थिए । सभापति देउवाले ०८४ को चुनाव पछि पार्टी महाधिवेशन तर्फ धकेलिने इंगित गरेका थिए । पार्टीका शिर्ष नेता शेखर कोइराला ०८३ मा महाधिवेशनको लागि आव्हान गर्दै हिंडेका थिए । जेन–जी को आन्दोलन पछि विश्वप्रकास शर्मा पनि कोइरालाकै लाइनमा आइपुगेका थिए ।

पार्टीको नेतृत्व र सिद्वान्त बदली पार्टि महाधिवेशनको संघारमा जाने उनीहरुको तर्क थियो ।

२१ फागुन अघि महाधिवेशनको चर्चा गर्ने कोइराला र देउवा निर्णायक मोडबाट पन्छिएका छन् ।

पार्टी अधिवेशनको संघारमा गए पार्टी नेतृत्वको रस्साकस्सीमा कतै फूटको संघारमा जाने त होइन ? प्रश्न घुमिल भएको छ । यद्यपी भविष्यका पुस्ताको लागि यो अवस्य सम्भावी पनि छ । के महाधिवेशन सकस पूर्ण वतावरणबाट पार्टी स्थायीत्व तर्फ जान्छ र नेताहरुले यसको निश्कर्ष सरल रुपमा पार्टीलाई अवतरण गरी स्थिर नेतृत्व देलान प्रश्नको तगारो त नेताहरुलाई नै छ तथापी पार्टी पंक्ति ढुक्क हुने आशामा भने छैनन् ।


Comments

Popular posts from this blog

दृश्य र सपना

खानेकुरा कसरी सफा खाने

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं