कौशीमा देखीए तारा, भने हामी चम्किन्छौं । हामी लुक्छौं हामी चम्किन्छौं । कहाँ छ मिल्की वे ग्यालेक्सी भने म ब्लिँक हुन्छु मलाई गन भने जस्तो लाग्यो केही समयपछि तँ नहेर भने हेर्नै छाँडे । घरको बार्दलीमा चिरबिर चरा उड्यो अनि टाउको हल्लायो हामी उडछौं । बिहानको ४ः बजे भाले डाक्यो सुस्ताएको निदरीले उठाएर भन्यो त्यो विहानीको स्वाद तैले थाहा पाइस् । बट ह्वाई, म २४ घण्टा उठ्छु तर मेरा कोल्डस्टोरमा भएका सबै साथी सधैं विहान मै काटिसक्छन् । त पनि यसको भागिदार होस किनकी २ पाउण्ड मासु तैले हिजो ल्याउनै मिल्ने थिएन । हामी तलाई मनमा कहिले दिने शितलता दिने छैनौं । यो चरा, कुखुरा र अन्य पशुवलीको विनाश हो । र तेरो पखेटा हामीले मिलि काटिसकेका छौं । उड्न तलाई गाह्रो छ ।
Posts
- Get link
- X
- Other Apps
ऐना, बन्द कोठा अनि क्षितिज २०७१ साल फागून १६, वेजोडले पानी पर्दैछ कोठा बाहिर । आज पनि मन तन त्यही छ तर आफू आज विस्तरामा छुइन । कठ्यांिग्रदा दिन गए पनि आजको चिसोले पक्कै हल्का शरिरलाई स्फूर्ति बढाइदिएको छ । विचार आज पनि नौला छन । तर विचारका आयाम र सोच हिजोको जस्तै जुर्मुराएका छन् । खानकी पुगेकै छ । दुई छाक खान लाउन पुगेको छ । काम त्यही छ दै छ टाइपिंग अझ विशिष्ट भाषामा भनौ भने क्तभलयनचबउजभच को । यसो सोचेँ राजनीतिसँग नजिकबाट नटासिए पनि टाढा नजिकका राजनीतिक तरंगहरु घनिभूत रुपले देख्न सुन्न पाइन्छ । वास्तवामा के हो ? राजनीति । समाजमा नयाँ विचार होस अनि नयाँ परिवर्तन होस अनि नयाँ नयाँ अविस्कार के त्यही हो राजनीति ? मेरो ज्ञानमा केही घुस्दैन न मलाई हिसाव आउँछ, न कुनै सुत्र नै । विज्ञानले संसारलाई नयाँ उचाईमा पुर्याएको छ । तर मेरो मन मस्तिष्कमा जेरो फिगरको कालो सन्त्रास छ । संसारले अमेरिकालाई साम्राज्यवादी, चिनलाई फाँसीवादी, भारतलाई विस्तारवादी, मुस्लीम देशलाई उग्रवादी, रुसलाई विस्तारवादी अनि युरोपलाई संकिर्ण सोच भएका वस्तुव...
- Get link
- X
- Other Apps
अनिश्चित गन्तब्य मैले विरगंज नै जाने अठोट गरेँ । कसैको अपसोच थियो त घरको बुढी कै ? मीठो मसिनो चामल अनि उनको माया । राति सिमसिमे पानी पर्दै थियो ? कलंकीबाट विरगंज त्यही नौ दश घण्टाको रफतार । फेरी हतासको यात्रा विरानो, कताको मोड हो अत्तो न पत्तो । जेसुकै होस घुमौ न त । काउन्टरमा गफगाफ गरिदैं थियो एउटी युवतिसंग परिचय भयो । उनको रुप, कलिलो काक्रो जस्तै । बोल्न संकोच मानी मानी बोलँे । उनको नाम रहेछ मनिषा । रहिछिन इलामेलि, जान लागेकी धरान । खाजाको अफर राखु भनेको, उनले खाजा खाइसकेकी रहिछिन् । उनको चक्षु मृगनयनी । अनुहार गहुँगोरो चेप्टो परेको अनुहार । मलाई कुनी के को हावा लाग्यो म त्यसै उनीसंग मोहित भएँ । यात्रा अनेक हुन्छन् । वियोग, संयोग, विछोड, मिलन, तृष्णा, क्षितिजको । यस्तै यस्तै यात्रा त क्षितिज कै भ...
- Get link
- X
- Other Apps
विचार र संदेश पयार्यवाची शब्द हुन् । अन्तरंग, परस्पर कुराकानी वा भाषण सबै अन्र्तनिहित धारणा हुन भन्दा गाह्रो हुन्छ । साहित्य श्रृजना हो । वाक्यका चाल अनि त्यस माथिको विवेचना र प्रस्फूटन हुने मानवीय संवेदना बुझ्न गाह्रो हुन्छ शव्दका भावहरु किल्ष्ट नहुँदा । कविता,लेख, कथा, नाटक, पुष्तकमा समेटिएका कुरा ग्रहण गर्न र त्यसमा समाहित भई यथार्थमा ढाल्न अत्युक्ति नहोला । मैले दन्ते कथाहरु सुनेथे र पहिलो कविता लेखेथेँ । भोजबहादुर । साहित्य र श्रृजना अन्तरंगबाट प्रकट हुने व्यंगविनोद हुन् । रातारात जसरी कोही माथी पुग्दैन । त्यसरी नै शाहित्यमा म दिग्गज छु भनी कसैले भन्दैन । शाहित्यकारहरु थुप्रै छन् जो अटल प्रयासबाट धेरै समयपछि माथि पुगेका छन् ।
- Get link
- X
- Other Apps
साम्यवादी सपनामा नेपाली क्रान्ति कम्युनिष्ट सिदान्तको प्रतिपादन मा कार्ल माक्र्स र फ्रेडरिच एन्जलसले १८४८ मा गरेका हुन । जुन रुपमा नेपालमा साम्यवाद लादिन खोजियो त्यसले हजारौं मान्छे घरवार विहिन हुन पुगे, लाखौं मानिस अपाँग भए अनगिन्ती मानिस सम्पति विहिन भए, लाखौं मानिस आफन्तबाट टाढिन पुगे र लाखौं मानिस विदेश पलायन भए । मानव इतिहास वर्ग संघर्षको इतिहास हो । अफ्रिकामा जसरी सामान्य मानिसलाई कोक्रोचको संज्ञा दिँदै बन्दुकले भुट्ने गरिन्थ्यो त्यसरी नै युदका नाइकेले कसैलाई छोडेन् । विशाल पार्टी बनाउन केटाकेटीलाइ दिउँसै अपहरण गरी ग्रामिण क्षेत्रबाट युदमा लगिन्थ्यो । त कसैलाई राती ओछ्यानमा सुतेका बेला नकाबधारीले अपहरण गर्ने गरेको पाइयो । नेपाल एक्काइसौं शताब्दीमा कुइरोको काग बनेको छ, नेपाललाई नयाँ नेपाल बनाउनु छ, रोजगारीको अभाव छ, हाम्रो पार्टीमा प्रवेश गर तिमीहरुको घरबार पार्टीलाई सुम्पियौ । तिम्रा घरमा पढ्ने छोरा छोरीलाई हाम्रा लडाकु बनावो, हामी तिमेरलाई गरिबीको खाल्डोबाट छिचोल्दै नयाँ नेपाल दिनेछौं हाम्रो अभियानमा साथ दियौ...
मसान घाटमा परेको किरण
- Get link
- X
- Other Apps
मसान घाटमा परेको किरण एउटा कोपिला जब फक्रिन्छे अनि चुडिन्छे एउटा पुष्पा जब हुर्किन्छे अनि झर्छे हरेक समयमा मासानघाटमा त्यस्तै नयाँ नयाँ मानिसको लास पनि पोलिन्छ । अघोरिबाबालाई त्यो लास सुँघन कति मज्जा आउँदो हो । ६ महिना पछि विस्तारबाट उठेर त्यही मसानघाटमा जान्थे र भिँड हेर्थे । गहिरो निन्द्रामा परेको मलाई गोली पड्काए पनि घैरो आदत भैसकेको थियो । आवाज सुन्दा सुन्दा वाक्क दिक्क लागेको मलाई आफ्नो अस्तित्ववोधको मात्र विलौना थियो । त्यसैले एक धुँवा र त्यही मसानघाट परतिरको शिवालयको दृश्वालोकन गर्दै पुनः कोठमा फर्किएँ ।