साम्यवादी सपनामा नेपाली क्रान्ति

कम्युनिष्ट सिदान्तको प्रतिपादन मा कार्ल माक्र्स र फ्रेडरिच एन्जलसले १८४८  मा गरेका हुन । जुन रुपमा नेपालमा साम्यवाद लादिन  खोजियो त्यसले हजारौं मान्छे घरवार विहिन हुन पुगे, लाखौं मानिस अपाँग भए अनगिन्ती मानिस सम्पति विहिन भए, लाखौं मानिस आफन्तबाट टाढिन पुगे र लाखौं मानिस विदेश पलायन भए ।
    मानव इतिहास वर्ग संघर्षको इतिहास हो ।  अफ्रिकामा जसरी सामान्य मानिसलाई कोक्रोचको संज्ञा दिँदै बन्दुकले भुट्ने गरिन्थ्यो त्यसरी नै युदका नाइकेले कसैलाई छोडेन् । विशाल पार्टी बनाउन केटाकेटीलाइ दिउँसै अपहरण गरी ग्रामिण क्षेत्रबाट युदमा लगिन्थ्यो । त कसैलाई राती ओछ्यानमा सुतेका बेला नकाबधारीले अपहरण गर्ने गरेको पाइयो ।
    नेपाल एक्काइसौं शताब्दीमा कुइरोको काग बनेको छ, नेपाललाई नयाँ नेपाल बनाउनु छ,  रोजगारीको अभाव छ,  हाम्रो पार्टीमा प्रवेश गर तिमीहरुको घरबार पार्टीलाई सुम्पियौ । तिम्रा घरमा पढ्ने छोरा छोरीलाई हाम्रा लडाकु बनावो, हामी तिमेरलाई गरिबीको खाल्डोबाट छिचोल्दै नयाँ नेपाल दिनेछौं हाम्रो अभियानमा साथ दियौ आश्वासनको रट यही नै थियो ।
    जसले हाकाहाकी हतियारधारी गुरिल्लाको माझ केही सिप नलागी लाटकोसेरो ओसरे झैँ  मान्छे त्यही नै लागे ।
    हाम्रो समाज पिछडिएको छ । यहाँ राजा, उद्योगपति, मुखिया,  हली, ज्यामी, सुनार देखि लोहार छन् । समाजको ऐनालाई  भारतीय भूमिबाट दुर्वीनले हेर्दै जुम्ला, हुम्ला देखि नेपालमा रक्तपात मच्चाइयो ।
    आज तराईका पार्टीहरुसँग मेलमिलाप कति राम्रो सदनमा । आधा पार्टी चैं सत्ता आएन रे ।  कुर्सीमा दुवै हुँदा  संविधान  जनतालाई नदिने अनि अझ नयाँ नेपालमा युद्दै चाहिन्छ रे कस्तो  निती ? हलो अड्काएर पृथ्वी परिकल्पना गरेका हुन कि ? अचेल प्रचण्ड कोही मर्दा पर्दा भावविहोर हुन्छन् रे १
    यदी यही पुजीवादसँग दोहोरी खेल्दै अघि वढ्नु थियो भने आधा नेपालका संरचना किन भत्काइयो ? अनि केही काम गर्दा पार्टी धनी बनाउन चन्दा असुली गर्ने हो भने गान्धि को चर्खा आन्दोलनले केही काम नगर्ने चै किन बनाइयो ?
    राज्यसत्तामा बागडोर आफनो बनाउने हतियारको दम्भले राजा फाल्ने र सातदलसँग मिलि १९ दिने आन्दोलनले प्रतिनिधिसभा त स्थापना भयो । गणतन्त्र  पनि स्थापना भयो । खयर राष्टपतिको पद  प्रचण्डले पाएनन् रे ।
    हजारौं मानिसले न्याय पाएका छैनन, सम्पत्ति फिर्ता पाएका छैनन्, कसैको छोरो बेपत्ता छ त कसैको जागिर विस्थापित भएको छ ।
    नयाँ नेपालको नोटमा राजाको फोटो हटाएर मात्र हुँदैन प्रत्येक नेपालीको गाँस, बाँस, कपासको ग्यारेण्टी हुनुपर्दछ । प्रत्येक विद्यार्थीको हातमा पुस्तक हुनुपर्दछ, प्रत्येक नागरिकले स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्दछ, प्रत्येक युवाले स्वदेशमा रोजगारी पाउनुपर्छ र राजनीति हतियार हैन विचार र विमर्शको हुनुपर्दछ ।
    तबमात्र गणतन्त्रको नायक प्रचण्ड र बाबुराम हुनेछन् शासनै गर्ने हो भने विश्वमा कम्युनिष्ट पार्टी धेरै छन् केपी ओली र माधव नेपालका हातमा दही जमेका छैनन् ।
   

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !