अनिश्चित गन्तब्य

         मैले विरगंज नै जाने अठोट गरेँ । कसैको अपसोच थियो त घरको बुढी कै ? मीठो मसिनो चामल अनि उनको माया । राति सिमसिमे पानी पर्दै थियो ? कलंकीबाट विरगंज त्यही नौ दश घण्टाको रफतार । फेरी हतासको यात्रा विरानो, कताको मोड हो अत्तो न पत्तो । जेसुकै होस घुमौ न त । काउन्टरमा गफगाफ गरिदैं थियो एउटी युवतिसंग परिचय भयो । उनको रुप, कलिलो काक्रो जस्तै । बोल्न संकोच मानी मानी बोलँे । उनको नाम रहेछ मनिषा । रहिछिन इलामेलि, जान लागेकी धरान । खाजाको अफर राखु भनेको, उनले खाजा खाइसकेकी रहिछिन् । उनको चक्षु मृगनयनी । अनुहार गहुँगोरो चेप्टो परेको अनुहार । मलाई कुनी के को हावा लाग्यो म त्यसै उनीसंग मोहित भएँ ।
यात्रा अनेक हुन्छन् । वियोग, संयोग, विछोड, मिलन, तृष्णा, क्षितिजको । यस्तै यस्तै यात्रा त क्षितिज कै भएपनि उनीसँगको मिलनले मलाई अट्ठाहस नै भयो । जे भए पनि एक कप कफि त पिइयो पनि । यसै बहानामा मोबाइल नम्बर लिन भ्याइयो । घरको  श्रीमती सम्झदा त अफ्ठेरो मान्नुपर्ने तर कता कता टाउकोमा कुरा उठ्यो परस्त्रि त्यो पनि सुन्दर नारी संग मित्रता राख्न किन नपाइने ? यसरी नै हाम्रो विछोड पनि भयो ।
            त्यतिकैमा मेरो साथी रुपेश आइपुग्यो । उसलाई मैले सबैकुरा राखेँ । उसले भन्यो भाउजु सँगको खटपट र मनिषासंगको दोस्ति सान्दर्भिक नहोला । हामी दुवैको टिकट एउटै भएको हुनाले कलंकीबाट विरगंजको लागि छुट्यौं । रातभरीको यात्रामा मलाई निन्द्रा लागेन । सम्झे माया भन्ने कुरा के होला ? मेरो अकल्पनिय श्रीमती प्रतिको छिनमै पलाएको वितृष्णा अनि मनिषा संगको भेट । यि दुई कुराको नजिर ठम्याउन गाह्रो भयो ।

गाडि कहिले एक्सप्रेस त कहिले ५० को स्पिडमा गुडिरहेको थियो । हरिया रुखका वोटहरु काला देखिन्थे । हावा वेगले चलिरहेको थियो ।
म आफ्नो बारेमा सोँच्दै थिँए  । रुपेशले मलाई ब्युझाँयो । मायाको कुरा गर्दा, मेरो पनि त्यस्तै जिन्दगी थियो । अहिले मेरो सुखद जिन्दगी छ । प्रतिका अलिक चुलबुली छे । सुन्दर उ पनि छे,  उसको म प्रति ठूलो आत्मियता र सदभाव पनि छ । र सबैभन्दा ठूलो कुरा उ असहज परिस्थितिमा मलाई सधैँ साथ दिन्छे ।
बाटोमा गाडी रोकियो हामीले चिया र नास्तामा खिर खायाँै ?
चारकोशे झाडी र चन्द्र निगाहपुर पनि काटिएछ । गाडी त्यतिकै गफैगफमा सिमरा आइपुगेछ । रुपेश बसबाट ओर्लियो । उसको घर ओर्लिन कर गर्दै थियो । तर मैले मानिन । कुरा खेल्दै गयो पल वितेको पत्तै पाइएन ।
विरगंज वसस्टप आयो सबै ओर्लिए । मेरा गोडाले डेग मार्न सकेन । तरपनि ओर्लिनै थियो । बिहानीको साढे पाँच बजेको थियो । नजिकैको आदर्श बसस्टपमा चियाको चुस्की लिएँ ।  सोँचे कता जाने ? कहाँ जाने ? अत्तो पत्तो भएन ? टाढा, त्यही माथि, नौलो ठाँउमा मन चिसिदो रहेछ । घर सम्झे । रिस त उठ्यो । तर प्रश्न प्रति प्रश्न सम्बोधन हुने ठाँउ काँहि भेटिएन फेरि काठमाडौं नै फर्किए । टाढा जाँदा घरको माया झन हुने रहेछ  । फर्केको केहि दिन पछि मनिषालाई फोन लाएँ उनले रिप्लाई दिन अस्विकार गरीन । सम्झे ठिकै गरिन ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !