ऐना, बन्द कोठा अनि क्षितिज
२०७१ साल फागून  १६, वेजोडले पानी पर्दैछ कोठा बाहिर । आज पनि मन तन त्यही छ तर आफू आज विस्तरामा छुइन । कठ्यांिग्रदा दिन गए पनि आजको चिसोले पक्कै हल्का शरिरलाई स्फूर्ति बढाइदिएको छ । विचार आज पनि नौला छन  । तर विचारका आयाम र सोच हिजोको जस्तै जुर्मुराएका छन् । खानकी पुगेकै छ । दुई छाक खान लाउन पुगेको छ । काम त्यही छ दै छ टाइपिंग अझ विशिष्ट भाषामा भनौ भने क्तभलयनचबउजभच को ।
       यसो सोचेँ राजनीतिसँग नजिकबाट नटासिए पनि टाढा नजिकका राजनीतिक तरंगहरु घनिभूत रुपले देख्न सुन्न पाइन्छ । वास्तवामा के हो ? राजनीति । समाजमा नयाँ विचार होस अनि नयाँ परिवर्तन होस अनि नयाँ नयाँ अविस्कार के त्यही हो राजनीति ? मेरो ज्ञानमा केही घुस्दैन न मलाई हिसाव आउँछ, न कुनै सुत्र नै । विज्ञानले संसारलाई नयाँ उचाईमा पुर्याएको छ । तर मेरो मन मस्तिष्कमा जेरो फिगरको कालो सन्त्रास छ ।
    संसारले अमेरिकालाई साम्राज्यवादी, चिनलाई फाँसीवादी, भारतलाई विस्तारवादी, मुस्लीम देशलाई उग्रवादी, रुसलाई विस्तारवादी अनि युरोपलाई संकिर्ण सोच भएका वस्तुवादी देश भनी चरित्र उच्चारण गर्छन । त्यस्तो राजनीतिक नेता अनगन्ति भएका र सुन्न थालेको समय जुगौं जुग भइसकेको  । आज आफैले आफैलाई, आफ्नो समाजलाई, अनि परिवेश, रहनसहन र दैनिक गुजारालाई हेर्दा साँचै हाम्रो हालत कुनै अफ्रिकाको कोइला खानीमा काम गरेको मजदुरको कमाइभन्दा माथिको हैसियत नरहेको प्रष्ट रहेछ भन्ने हुन्छ । बाबु तलाई भित्ते घडी, तलाई रातो मोबाइल भन्दा खुसी हुन्छौं हामी । खुसी हुनु पनि स्वभाविक हो । तर हामी कतिको हैसियत भएका प्राणी हौं वा हामी कतिका आयामी छौं त्यो त ऐना हेर्दा प्रष्ट हुन्छ । न त परिक्षामा हामी सर्वोत्कृष्ट अंक हासिल गर्न सकेका हुन्छौं । न कुनै सिपका खानी । विहान उठ्यो ब्रस गर्यो । चिया खायो अनि साथि चाहार्यो । खाना खायो । कलेज गयो बीचमा हरायो अनि गयो वरालीन विजोडी साथिसंग । हामी च्याट गर्छौं मोबाइलमा रिचार्ज गर्छौं र घन्टौं फेसबुकका फ्यान भएका छौं । दिन गएको पत्तै हुँदैन । अनि ग्राहक बनेका छौं सब नयाँ नयाँ सामानको । को भन्दा को कम सब आयातित सामानको हकदार । को भन्दा को फेसनेवल ।
        दुनिँयालाई फूटबल सम्झिने हो भने अर्को पाटोमा अर्को समयचक्र छ । त्यहाँ हामी जस्तै नौजवान कति पढ्दा हुन् , कति खट्दा हुन् सबै टाइमटेबलमा चलेको हुन्छ । त्यहाँ आठ घण्टा पढाइ काम अनि नीजि सवारीसाधन हाम्रा पहाडमा भारी पाइने गधा जस्तै सर्वसुलभ हुन्छ भन्दा खासै अपत्यारीलो नहोला । त्यहाँ कोही कसैलाई ठग्न मुस्किलै पर्छ । त्यहाँका बाटा फराकिला छन् । पानी, बिजुली र सरसफाइमा त्यहाँका देश रुमलिएका छैनन् । त्यहाँ मोटरबाटो, रेल, स्टिम इन्जन नपुगेका ठाँउ छैनन् । त्यहाँका विद्यार्थीका टाउका हामीभन्दा सय गुणा भारी हुँदा हुन् । र विकास त्यहाँको विचारको मन्थन होइन । त्यहाँ र्टेड, फाइनान्स आफ्नै ढंगले चल्छ त्यहाँ लुछाचुडी कमै हुन्छ । त्यहाँको कानूनले त्यसलाई फितलो बनाएको पाइन्छ ।
    अ म त कोठामा छु । अनि हाम्रो नजिकको देश भारत पनि कर्ममा महान छ । त्यहाँका लाखौं मानिस रातभर पनि कामले फूर्सद नपाउने रहेछन् दिनमा आरम अनि साँझ कलेज त्यस्तो परिवेश पनि मैले त्यहाँ भेटे । तर अर्थ दुइ छाक गर्ज टार्न अझ मुस्किलै रहेको आवास तिनीहरुलाई पनि त होला ।
     स्नातक पढ्दा म ५०० वटा नोबेल पढुँला, ३०० वटा कविता पढिँसकुला, १००० भन्दा बढी कथा पढुला अनि काव्य, नाटक भन्ने हुन्थ्यो । तर इतिहास, भूगोल, दर्शन र अर्थशास्त्रको महसुस आज पनि खड्किन्छ ।
    आजको राजनीति हामी सुन्छौं । कहिले कुन नेता पछारिन्छ कहिले उचालिन्छ कहाँ ठूलो भ्रष्टाचार हुन्छ । त्यही आफू हराउँदा पनि मनमा चोट नपर्ने बानी परिसकेको छ ।
      मात एउटै छ । कसरी ज्ञानको गंगामा लिप्त हुँदै जाउँ । कसरी उजेलीलाई पर्खु । कसरी दिउँसो कर्ममा हराउँ । तर विश्वको अर्को कुनो के हो मैले चुम्न सकेको छैन तर त्यस्तो मन्त्र नेपालमा कहिले आउला ? धेरै बोल्ने, धेरै सोच्ने बानी परेकोले त भन्दिन्छन् चाँडो आउँछ । तर हेर्दा अपत्यारिलो गरिब भए पनि प्राकृतिक सम्पदाले धनी देश । केवल खाँचो छ त शान्तिको, रोजगारीको सबल राष्र्टको नयाँ रुप । नयाँ संविधानले नै यो रुपको प्रगाडतामा जोड देला । नत्र हामी त्यहीँ कुटी बियाँलो, हसिया, कोदाली र हलोको मात्र पुजारी भइरहनेछौं आफ्नो पेटको लागी मात्र ।
     त्यसो त पैसा टन्न भइदिएको भए  कोही पनि त अमेरिका, युरोप जान सक्ने थिए नि । कम लगानी भएका दुवही, कतार खाडी जाने होलान् । घरानीयाहरु व्यापारका लागि हंकड,चीन, थाइल्यान्ड पस्ने होलान् । जग्गै नभएका निमुखाले देश भित्रै वा भारत तथा तिब्बतमा कुल्ली बन्ने होलान् । के गरिब विद्यार्थीले राम्रा कलेजमा विद्या आर्जन गर्न पाउलान् । यि लोककथा नभई कसैका लागि मार्मिक पनि होलान् । यस्ता दिन फेराउनु पर्छ आगामी बन्ने नयाँ संविधानले ।
                नयाँ विहानी र नयाँ रात्री देख्न पाइयोस । संविधान पार्टीका निम्ती नभई सार्थक जनताका लागि होस । यदी त्यसो नभए प्रत्येक प्रत्येक मान्छेको वास्तिविकता टाढिदै जानेछ । मान्छे घण्टा बजाउन, रेडियो सुन्न, पत्रपत्रिका पढ्न र टिभि हेर्न र घरमा पाकेको खान्की मात्र खान थाल्नेछन् । न विज्ञानको अविष्कार हुनेछ न त मानिसको यात्रा अनन्त हुनेछ । र त्यसो भयो भने त्यो प्रत्येकका लागि एक ऐना, बन्द कोठा अनि क्षितिज मात्र हुनेछ ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !