Posts

Showing posts from January 17, 2023

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

Image
 कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं आए  । उनी साधारण लेख पढ् गर्न पनि सक्दैनथे । मानिस नचिन्दा उनको दिनचर्या ठेलामा चना, मक खाने हुन्थ्यो । तत्कालिन प्रमुख उपेन्द्र बहादुर प्रधानाङ्ग शंकरदेव क्याम्पसको डिन हुँदा उहाँको भाइ नगेन्द्रले २०३४ साल मंसिर ४ गते माधव खरेललाई पिउनमा जागिर लाइदिए ।  त्यस बेलामा नागरिकताको पनि चलन थिएन र उनको तलब एक सय सोह्र रुपैया मा मात्र सिमित थियो ।  त्यसबेला कलेजमा ८ घण्टा काम गर्ने र खाली हुँदा दिउँसो पुतलीसडक स्थित प्लाईउड पसलमा पनि संलग्न रहेको उनी बताउँछन् । लेखापढि कम भएका माधव खरेलको तलब बढेर लगभग तीस हजार पुगेको छ । उनका साथमा श्रीमती शुभद्रा खरेल २० वर्ष देखि शंकरदेवमा पिउन कै रुपमा कार्यरत छिन् । उनीहरुको काम चिठी पु¥याउने, बोतलमा पानी भर्ने, हाकिमहरुलाई तातोपानी पु¥याउने , घण्टी बजाउने, चिया बनाउने, बत्ति बाल्ने र नियमित कलेज खोल्ने र कक्षा कोठाहरु बन्द गर्ने रहेको छ । उनको परिवारमा उनका जेठा छोरा राजकुमार खरेल  पनि स्नाकोत्तर तहमा शंकरदेव क्याम्पस मै पढ्ने गर्छन । आफु कर्मचारी भए बापत केही सहुलियत पाएकोमा उन