Posts

Showing posts from February 8, 2014
अनौठो शहरमा रुमल्लिएको जीवन काठमाडौं एउटा व्यस्त शहर ! यस्तो व्यस्तता जहाँ मानिसका मनमा केही न केही नौला नौला सपना बुनिएका हुन्छन । हजारौं अपरिचित मान्छे कसैसँग सम्पर्क नभए आफू नै अपरिचित  जस्तै भइने राजधानी त भन्नु मात्रै ? तै पनि के गर्ने ? आफ्नो पढाईको शिलशिला र काम पनि खोज्नु पर्यो भनि मैले यो शहर यावत कठिनाइका बावजुत रोजें । बाल्य काल सम्ँिझदा कसलाई आनन्द लाग्दैन र ? समय गएको अत्तोपत्तो नहुँने । बालापन सम्झेर ल्याउँदा त धुरुधरु रुनु जस्तै हुने ? कहिले हिसाब र विज्ञानका सुत्र घोक्न नआँउदा शिक्षकको लठ्ठी खाएको सम्झना आउँछ र त्यसै हाँस पनि उठ्छ अहिले । संगै साथीहरु संग भेट भइ भलिबल खेलिन्थ्यो । न कसैको डर न केहीको त्रास कस्तो आनन्द ? साथीहरुसंग ठ्ट्यौली, अनि मिलिजुली पढ्ने बानी । त्यस्तो फुर्सदीलो दिन कहिले आउला र अहिले । साह्रै राम्रो समय थियो अब त्यो दिन त फर्केर आउँदैन ? के गर्ने ? त्यसपछि  प्रविणता प्रथम वर्ष शुरुवात ताका नै अफ्ठ्याराका दिन गन्ती भए । पढाइका साथ साथै काममा व्यस्त हुनुपर्ने पनि त थियो । काम बिनाको आराम कसलाई पुरा हुन्छ र ? राजा देखिन राष्ट्रपति सबैलाई काम ग