मेरो फिदिम उपत्यका हजुरबा, आमाले हामी लाई गाउँबाट सदरमुकाममा पठाएछन् । सदरमुकाममा हाम्रा एउटा सानो कोठा थियो । एउटा किराना पसल त्यसरी नै हाम्रो दैनिक गुजारा चल्थ्यो । म एकदम चकचके थिएँ । बा, आमा, मेरी दिदी संगोलमा थियौं । गाईलाई ढुटो हाल्न मेरी दिदी जान्थिन । बा र आमा वुढा बुढी भैसकेका थिए । म स्कुल पढ्ने गर्थे । हाम्रो दैनीक गुजारा यसैमा चल्दथ्यो । मलाई ताजै सम्झना छ त्यही सेतो हाफ पाइन्ट र रातो सर्ट । त्यही गढीको बोर्डिग । रातहरु लम्बीदै गए, अनि दिन कहिले छोट्टीन्थे । मेरो दिदिको बारी खन्दा खुट्टाको बुढी औंला काट्टीयो । आसपासमा कुनै औषधी उपचार गर्ने अस्पताल थिएन । नजीकैका देबी दाईले बेसार लाउँदा ठिक हुन्छ भन्नुभयो । बाले हत्तनपत्त सेतो कपडा खोजीकन दीदिको खुट्टाको औंला बाधिदिनु भयो । आमा सधैं मेलापात जान्थिन । माथि रुखबाट स्याउला काटि ल्याउथिन । तेसो त हाम्रो पहाडको माटो निकै उर्वर थियो । त्यहाँ तराईमा फल्ने भन्दा ठूल्ठूला मेवा फल्ने गर्थे । कटहर, अनार, ज्यामिर, सुन्तला अनि अम्बा र उखु हाम्रै बारीमा रोपिन्थे । त्यहाँँका फल निकै स्वादिला हुने गर्थे । एक दिनको कुरा हो हजुर
Posts
Showing posts from April 19, 2014