Posts

Showing posts from September 25, 2013
बहुला यहाँ संसार वहुला वहुला जगतमा बाच्नुभाछ तपाँई कहिले ? यहाँ मोटरगाडी चलाउने मान्छे बहुला । यहाँ भट्भटे चलाउने मान्छे बहुला । घरमा बस्ने, फ्लाटमा बस्ने मान्छे बहुला । वकिल, डाक्टर, इन्जिनियर, पाइलट सबै बहुला । यहाँका हवाइजहाजका उडान बहुला । यहाँका नेता, कार्यकर्ता सबै बहुला । यहाँका जागिरे र उनका सन्तान बहुला । यहाँका प्रहरी, हाकिम, विद्यार्थी सबै बहुला । यहाँका दुलही देखिन दुलहा वहुला । यहाँका जन्ती वहुला । म पनि बहुला ल तिमि पनि बहुला । यहाँका मेशिन, कलकारखानाका आवाज सब बहुला । यहाँका खिचा कुकुर र चिडिया घरका विराला, उल्लु सबै बहुला । यहाँका पत्रकार, नायक नायिका सबै बहुला । बहुला शहर, बहुला गाँउ बहुला परिवेश । संसारै बहुला । हरियो, कालो, निलो, खैरो, कलेजी सबै रंग बहुला । हे बहुला पृथ्वी मलाई यो खाना पचेन । किनकी यहाँका खानामा वीष हालिएका थे । हैन क्यारे सायद म पो हुँ कि बहुला । यहाँका माटो, पात चैं अमर छन हातमा रहेसम्म त्यो पनि झरेछीइ भएनन् पागल । बहुला काजि हाए हाए । बहुला नानि स्वे स्वे ।।