घायल मुटु   छाती भक्कानो फुटो  शरिर कापि रहेछन्  क्रोध सेलाइदिन्छ  मुटु घायल भयो   एकान्त प्यारो लाग्न थाल्यो ।  जीवन कहाँ छ ।  नर्क स्वर्ग हो कि,   स्वर्ग नर्क हो    छुट्टयाउन गाह्रो भयो ।   चिरविर गर्छन चराहरु  आफ्नै लागी हो कि  के छ र मनका कूरा त्यो आफ्नो भएन ।  माया प्रेम त सवै भगवान कै लागी ।  ईश्वर कहाँ खोजु धर्तीमा कि सूर्य चन्द्रमहाँ ।   फूल टिपी लगाँउ माथमा  अछ्यता लाउँदा हुन्छ की मनमा शान्ति   राशिको पत्थर कहाँ खोजौं कि त्यसले दिन्छ र मनमा शान्ति   भक्कानो फूट्छ तिम्रो मायामा ।  प्रिय छोडी गयौ कहाँ कहाँ   दोषी को हो छुट्याउ तिमी आँफै  ईश्वरीय राहु भन्छ तिमी राछ्स बन ।  एक मुस्कान देउ प्रिय  छोडिदिउ यो पवित्र आत्मा लाई  ।  के तिमी वनी दिन्छौं यो तान्डव मनलाई शान्त पार्न भगवती काली ७तिस  वन्नैपर्छ हामी यमराजका जन्ती  तिम्रो मौलाएको जीवन हुन्छ रे, एक दिन खरानी ।  मेरो नी  हुन्छ त्यस्तै गती ।  पावन वनी देऊ तिमी मेरै लागि   तिम्रो धड्कनमा रमाउँछु ल म सधैं सधैं  ।   
Posts
Showing posts from September 2, 2013