Posts

Showing posts from April 8, 2019

chaitra 25

       आज चैत्र २५ गते, मलाई बिहानको समयमा उठ्ने बानी परको छ, हर्षित छु । त्यसो त व्यवहारिक बनिसकेको छुइन मानसिक तनावमा पर्न थालेको छु । अलिकति बढ्ता कुरा घर परिवारका सदस्यले गर्दा बेहोसी हुन थालेको छु । आमाले कराउँदा मेरो मनबाट अनायास घिन लाग्दा कुरा निस्कन थालिसेकेको छ । मलाई थाहा भएसम्म मेरो मुखबाट यी कुरा त्यती कहिल्यै निस्कदैन । हिजो बहिनी र आमा मिलिमिल कुरा घुमाई घुमाइए दिमाग केलाए, झन्डै बेहोसी भएँ । एक छिन मलिन भएँ । आँखामा आँसु आयो । त्यसपछि खाना निल्न गाह्रो भयो । यो त सत्र दिन सम्म परिक्षामा पढ्न बस्दा पनि झन्डै बेहोसी भई, खानेकुरा निल्न गाह्रो भएको पनि हो । त्यतिन्जेलमा बहिनी र मेरो झगडा परेछ, उसको हातमा मैले नंग्राले कोपरेछु पनि । दिमागको सचेतना हराउँदा ।    बिहानको यात्रा त्रिपुरेश्वरतिर लागियो । बागबजारको बाटोमा एउटी नचिनेको बयस्क महिलाले उताको बाटो तिर जाने संकेत गरि । म गइन । बागबजारको फुटपाथबाट भक्तपुर बसस्टपमा जाँदा ठूलो कुकरले झम्टीन खोजो । खिचा होइन घर पालुवा कुकुर । हस्यांग, फस्यांग गर्दै दौडियो । टोक्ला जस्तो लाग्यो डराएँ । साँच्चि भन्नै विर्सेको अस्ति पुराणको