निर्वाचनको सेरोफेरोमा विताएका समय

     

         म गएँ । एउटा गाउँ । छाना जस्तै खरको । तर थाहा छैन । कता पुगेको हो । उकालो चढ्न गाह्रो । उ त्यो घर हो श्यामेको । उसको घरमा धेरै छन् । आमा–वुवा, बाजे–वराजु, काका, काकी, दाजु भाई र उसकी श्रीमती । घरको रंग फुँग उडेको । छाना पुरानो खरको ।
धेरै अघि मेरो साथि श्यामे म सँग घुलमिल निकै ग¥थ्यो । जव उ परदेश गयो । उ झर्को फर्को गर्छ म सँग निकै । तर त्यो घरमा निकै मान्छेहरु भए नि उसको ढंगको कारण मलाई फर्केर पनि उसको घर जान मन लाग्दैन ।

म अझ उकालो लाँगे निकै समय आरामको जीवनवाट सुखी जीवनको यात्रा खोज्दै गाउँका ठाम तिर, वारी तिर । मंसिर महिनामा हलो जोत्ने गोरु भेटिदैनन् । डाले घाँस नपाएका कारण । सानो छँदा जंगल धेरै हुने त्यो गाउँ एकाएक मरुभूमि वनेर उजाड बस्तिमा लागेको रैछ । मैले भेटेको पिपल, बडर, सिसौं, आँप, चाँप, धुपि, सल्ला र कदमका रुखहरुको न्यानो र चिसो मौसम दिने ग्रामिण ठाउँ आज हेर्दा अनौठो, उजाड र म आँफै कता कता गर्मीमा आएको वकुल्लो जस्तो । हिजो देखिएका चिसो ठूलो खोला आज सुस्ताउँदो मैलो पधेँरो जस्तो रैछ । म हिँडे माथि अझ उकालो सकिनसकि हैंसे गर्दै । तर नाच्न नजान्ने आँगन टेढो, मान्छेको लागि दृश्य नै अपुरो भने जस्तै मेरो शरिरले कहाँ पैतला मार्न सक्थ्यो र ! १० मिनेटमै टाउकोमा मौरी घुमेको जस्तो रिगंटा लागेर अलिकति घाँसे चौरमा लडेँ ।


दुईतिन महिना अघि मैले फिल्म हेरें साइनो । कथाले भनेको जस्तै नायकले मायामा बम्बई भौतारिए पनि संघर्ष जति गरेपनि । तलब जति पकाएपनि । परिवारको माया त भैहाल्छ । जाँड खाने मन कस्को हुँदैन ।

मेरो दोकानमा हिजोअस्ति मात्र एक जना माग्ने मानिसले कसै महाजनको श्रीमतीलाई तथानाम गाली गर्दा मलाई अनौठो लाग्यो ।

तर फिल्मी कथानक चलचित्र “साइनो” मा कलाकार भूवन केसीले दुधको टंयाक्करको व्यापार सुहाएको हो त्यो पूर्वेली पहाडमा । त्यसो त हिरोले काठमाडौं घुम्न उवेला पँजेरो ल्याएकै हो । काठमाडौं घुम्न गाह्रो सरर ! तरपनि श्रीमती गाउँमा भएछीलाई शहरमा गर्ल फ्रान्ड कसरि बनाउने भनेर भौंतारिएपछि वालाजु तिर होमिएछन् महानायक भुवन केसी । अष्ट नारायण फिल्ममा केही समय विताएपछि उनी पाटन तिर होमिएछन् माया लाउन ।

संसार नरोह त्यहाँ माया पाउन्न जहाँ । हो गाउँ त्यत्तिकै रमाइलो हुन्छ तर आज काठमाडौंमा संघर्षरत जीवनलाई ऐँचिन निकै गाह्रो हुन्छ । विगतमा पत्रकारिता गरियो । तामझाम सहित स्थानिय निर्वाचनको भुक्तभोगी भइयो । साथै अव त क्षत्रिय तथा संविधान सभाको निर्वाचन पनि सकिएको छ । निर्वाचन मतपरिणाम अनुसार २००७ साल देखि उदायमान पुरानो प्रजातान्त्रिक शक्ति नेपाली काङ्ग्रेसले सर्वाधिक मत ल्याएको छ, भने त्यस्तै नेकपा एमालेले दोसा्रे सार्वधिक मतपरिणाम ल्याएको छ । नेकपा माओवादी संयुक्त, नेपाल कम्युनिष्ट वार्टी एकिकृत सामाजवादी,जनता समाजवादी पार्टी नेपाल तथा अन्य नयाँ वनेका स्वतन्त्र दलले पनि आफ्नो निर्वाचन क्षेत्रबाट संयुक्त मतपरिणाम ल्याएको देखिन्छ । निर्वाचन वरिपरि अमानविय घटनाको मध्यनजर राखेकै हो नेपाल सरकारले । आगामि सरकारको तिथिमिती तय नभएपनि यावत समस्या हरेक निर्वाचनको समस्या भने जस्तै यस सरकारको पनि लोकतान्त्रिक र समाजवादी संस्कार हो जनता माथि विश्वास दिलाँउदै नयाँ जन–प्रतिनिधिले आफ्नो गाउँ ठाउँको अभिभारा बोक्ने ।

भन्न खोजेको शहरको राजनीति ग्रामिण परिवेशमा धेरै चर्चामा आउँछ । समाज त्यसै कहाँ चलेको हुन्छ । हामी सवै भुक्तभोगी नै छौं । आज भोली राजधानीमा जीवन जीउन सकस नै छ । एकै व्यक्तिले पन्ध्रवटा पेशा धारण त गर्दैन । अनि व्यापार कहाँ छैन र जहाँ छायाँ मात्र देखिन्छ तर यसमा नभिगेका मानिसलाई आफैं अचम्म लाग्दो हो हरेक कारोवारीको प्रसंगसँग । हो हिजोको दिनमा अनेक विश्व महामारी सँग जुझदै मानिसको ठेगाना एक्लो प्राय बनेको थियो । आफ्नै मौनतामा हराएर खानपिनको सजगता सँगै रोगसँग लड्ने क्षमता अभिवृद्वि बढाउनु पर्ने । कुनै अपरिचित व्यक्ति सँगै परिचय दिन डराउनु पर्ने । पौष्टिक आहारको कमी, व्यायामको अनिवार्यताले शिथिल वनाएको जिवन । शहरमा आफ्नो व्ययभारले आकुल व्याकुल बनाएको जिवन । सवै होटल वन्द हुँदा एकांकी जिवन जो कसैको ऋणको सम्पर्क आउँदा वा आम्दानीको घण्टी आँउदा सजग रहनुपर्ने जिवन । आम तवरमा विद्यार्थीको शिक्षा नै धुमिलिएको जिवन । एटिममा ताला ।
अनेक अमानविय घटना जस्तो सुनेपनि नदेखिने । वैदेशिक रोजगारीको हकमा शुन्यता ।

यस्तो तहसनस मौसममा भू.पु. प्रधानमन्त्री ओलीले संसदिय राजनितिमा सरकारमाथि नियन्त्रण गर्दै मंसिर–४ को निर्वाचनको खाका खोलिदिए । के–के भयो, त्यो नेपाली जनताको आँखाले देखेकै हो । संविधान सभा नै विघठन पछिको कठिन जीवन सँगै अदालती मान्यता वाट प्रधान न्यायधीसवाट राष्ट्रपति माथि निर्वाचन गराउनु पर्ने अध्यादेश संसदवाट ओर्लदै, सडकमा नारावाजी गर्दै राजनितिक दलका प्रमुख नेतृत्वले विनती चढाएको नै हो । राजनीतिक तरलता यसरी रोगको महामारीलाई पन्छाउँदै ठोस राजनीतिमा ल्याउनु कुनै असामान्य कुरो भने होइन ।

अव निर्वाचनवाट वन्ने सरकारले समस्त राजनीतिकर्मी, पत्रकार, वुद्विजिवी, कर्मचारी, विद्यार्थी समाज,आम जनतामा नयाँ सन्देश ल्यायोस, देशमा रहेको अमानविय र अराजक संस्कारलाई पहिचान गरी सरलिकृत वातावरण तय गरेर हरेक व्यक्तिको जीवन सामान्यकृत गरोस । हरेक नेपालीले राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, नैतिक अधिकार प्राप्त गरुन । यही नै स्वास्थ्य जिवन हो साकार रुपमा । 

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !