Posts

Showing posts from June 14, 2019

दृश्य र सपना

                              एक समय बालापनको थियो । जहाँ म रमाउथेँ न कुनै मानसिक तनाव न शुरता ! बिहान सबेरै उठ्ने, पढ्ने कक्षा कोठा गई अध्ययन गर्ने र बेफुर्सदी गृहकार्य गर्ने । कस्तो मृगतृष्णा माया जसको लागि आज म मरिमेट्छु कहिँ पाइन्न त्यो । परिवारको छत्रछायाँमा लालनपालन भएको र त्यो एकाग्र जीवन कति सन्तोषमय आफूँ त्यसै फूल भइ बुट्यानमा फक्रिरहेको । तर जब म कलेजका छत्र छायाँमा हुर्के दोहोरो मापदण्ड जीवनको गुजारा अनि अंग्रेजी र पत्रकारिताबीचको कठोर मेहेनत त्यहाँ नी आनन्दको छत्रबास नै हुन्थ्यो ।            न त कुनै समसामयीक राजनीति न कुनै रस म एक्लै मौलाउँदै गइरहेको हुन्थे । कठोर मेहेनत र त्यसका विचमा हुने आम्दानी कुनै पराई मानिसका चक्छुका निसायुक्त आँखाले नघच्घच्याउँदा एउटा कलिलो सिसौको जस्तो फर्किएको जीवन कति शुशिल । घर परिवार पनि त खुसी नै थिए अनि म मेरै विल्कुल केही श्रोतको आम्दानी जसको लागि गोडा फैलाउँथे । साथिसंगि आफ्नै लागि हुन जस्तो लाग्थ्यो । १६÷१७ को जीन्दगी । त्यहाँ कसैको लान्छना, बक्रदृष्टि, क्रुरदृष्टि हुने थिएन । हुने थियो त केही कविता, साहित्य र नाटक जसलाई स