Skip to main content

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं


 कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं आए  । उनी साधारण लेख पढ् गर्न पनि सक्दैनथे । मानिस नचिन्दा उनको दिनचर्या ठेलामा चना, मक खाने हुन्थ्यो । तत्कालिन प्रमुख उपेन्द्र बहादुर प्रधानाङ्ग शंकरदेव क्याम्पसको डिन हुँदा उहाँको भाइ नगेन्द्रले २०३४ साल मंसिर ४ गते माधव खरेललाई पिउनमा जागिर लाइदिए ।  त्यस बेलामा नागरिकताको पनि चलन थिएन र उनको तलब एक सय सोह्र रुपैया मा मात्र सिमित थियो ।  त्यसबेला कलेजमा ८ घण्टा काम गर्ने र खाली हुँदा दिउँसो पुतलीसडक स्थित प्लाईउड पसलमा पनि संलग्न रहेको उनी बताउँछन् ।


लेखापढि कम भएका माधव खरेलको तलब बढेर लगभग तीस हजार पुगेको छ । उनका साथमा श्रीमती शुभद्रा खरेल २० वर्ष देखि शंकरदेवमा पिउन कै रुपमा कार्यरत छिन् । उनीहरुको काम चिठी पु¥याउने, बोतलमा पानी भर्ने, हाकिमहरुलाई तातोपानी पु¥याउने , घण्टी बजाउने, चिया बनाउने, बत्ति बाल्ने र नियमित कलेज खोल्ने र कक्षा कोठाहरु बन्द गर्ने रहेको छ । उनको परिवारमा उनका जेठा छोरा राजकुमार खरेल  पनि स्नाकोत्तर तहमा शंकरदेव क्याम्पस मै पढ्ने गर्छन । आफु कर्मचारी भए बापत केही सहुलियत पाएकोमा उनी खुसी छन् । त्यसो त बेग्लै खाजा खर्च पनि पाउँदा रहेछन उनी ।  “शंकरदेवमा एम.वि.एस सेमेस्टर, वि.वि.एस, एम.एम., बि.आई.एम. जस्ता विषय प्लस टु सकी पढाई हुने स्नानक र स्नाकोत्तर” उनी बताउँछन् ।  


उनी बताउँछन् , “२०३६ सालमा बिहान बेलुकी गरेर ३,००० हाराहारीमा विद्यार्थी हुने तर हाल आएर एक वर्षको विद्यार्थीको संख्या १४,००० देखि १५,००० हुने गरेको छ । सुदुर पश्चिममा बसोबास गर्ने  विद्यार्थीहरु सो क्याम्पसमा धरै पढ्ने र उनीहरु राजनीतिक रुपले सचेत हुने” उनी बताउँछन् । उनी भन्छन्, “शिक्षकले हप्काउँदा र तल्लो कर्मचारीले हप्काउँदा विद्यार्थीहरु नहप्किने भइसकेका छन् ।” पढ्ने अनुशासन विद्यार्थीमा कम रहेको, पढाउँदा कक्षा कोठामा विद्यार्थीको सिमित रहेको उनको दाबि छ । उनको बुझाइमा “विद्यार्थी हरु बढि छाडा भएको र क्लास संचालन हुँदा पनि एक अर्काका बीच हुने स्नेहका कारण जोडी विद्यार्थी कलेजको हाताभन्दा बाहिर निस्कने गरेको उनको अनुभव रहेछ ।”  उनी त्यस मानेमा आफू खरो र विद्यार्थी माथि रुष्ट हुन्छन् ।

उनी भन्छन्, “विद्यार्थी चुनाव समयमा हुन नसकेको कारण प्रत्येक विद्यार्थी नेता सरहको व्यवहार गर्ने गरेका छन् ।” एक हिसाबमा विद्यार्थी आन्दोलन कै कारण २०३६ साल पञ्चायत फाल्न सकियो । त्यस पछि २०४६ सालको प्रजातन्त्रमा कांग्रेस, एमाले सत्तामा मा आए । त्यस पछि पनि आम जनमानसको घरमा केही सुधार नभएको र अहिलेको लोकतान्त्रिक परिवर्तनमा पनि गरिब नेपालीको घरमा उल्लेख्य प्रगति आफूले नपाएको उनी बताउँछन् । अहिले भने विद्यार्थीहरु टायर बाल्ने, ढुङ्गा हान्ने प्रकृया छोडेर मुखले भनाभन गर्न थालेको उनी बताउँछन् ।   

समन्वयका अभावका कारण हरेक काम गर्दा अफ्ठयारा चुनौति रहेको उनी बताउँछन् । विद्यार्थीहरुले धेरै नै माया गर्ने गरेको उनी भन्छन् ।

जीवनमा आफ्नो उपलब्धिको कुरो सुनाउँदै उनी भन्छन्, “आफू घरबाट हिँडदा बेर्खची रहेको र जागिर खाए पछि धेरै वर्ष लाएर पहिले चोटी शेयर शंचय कोषबाट उन्नचालिस हजार गोप्य रुपमा निकाली दरबार मार्गको तत्कालिन एन.एम.बि फाइनान्स एकसय दश कित्ता र बैंक अफ काठमाडौंको एक शय असि कित्ता शेयर किनेर राखेर शेयर खेल्ने बेच्ने पनि गरेको थिँए ।”

त्यसो हुँदाहुँदै आफनो र श्रीमतीको कमाईले उनले थानकोट स्थित सतुंगलमा तीनकोठाको पिल्लर भएको घर लिएको र जेठो छोरा युरोप, आयरल्याण्डमा रहेको उनले खोले । 

२०७० सालमा आएको विनासकारी भूकम्पले उनको कोशी पारिको घर भत्काएको र आफ्नो बूवा काठमाडौंमा आउन नचाहेको उनी दुखेसो व्यक्त गर्छन ।

दैनिकी ९ घण्टा कलेजको काम गर्ने उनी आफ्नो काम प्रति सन्तुष्ट रहेको र घरबाट भागी काठमाडौंमा आफ्नो मेहेनतले पारिश्रमिक पाई र घर व्यवहार चलाउन पाएकोमा उनी खुसी रहेका छन् । अचेल स्वयम् आफ्नो स्थानीय ठाउँमा आफ्नो परिवार नरहेको कारण कहिले कहिले आक्कल झुक्कल मात्र जाने गरेको उनी बताउँछन् । 


Comments

Popular posts from this blog

निर्वाचन खर्च सिमा तोकियो

काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् । काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ । २७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् । ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् । यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ र...

सुनको भाउ २,७०००० कायम

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सयमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ३५ रुपैयाँमा कायम भएको थियो । (राजधानी डेलिबाट)

धातुलाई सुन प्रमाणित गरेर ठग्ने व्यक्तिहरुलाई पक्राउ पूर्जी

काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्रमा ठगी गरी फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार मिति २०८२ पुस ८ गते काठमाडौँ जिल्ला अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर दुईजनाको समूहबाट नगद पाँच लाख रुपियाँ ठगी गरी फरार भएका व्यक्तिहरूको खोजी भइरहेको थियो। सोही क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी क्षेत्रबाट चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३ नख्खु बस्दै आएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८ पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ रहेका छन्। त्यसैगरी मकवानपुर जिल्ला बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिरबहादुर तामाङ भन्ने बिवासित स्याङ्तान र नवलपरासी जिल्ला देवचुली नगरपालिका–...