Posts

Showing posts from November 12, 2019

काम त गर्नु नै छ जानी नजानी

Image
वर्ष १६ र १७ को नौलो बिहानी नत कसैको गाली गलौंच न त तिखे हेराई मानविय संवेदना र चेतनाले प्रफुल्ल त्यो मन विहानीको झिसमिसे हुर्कियो शहर मै टाढा थिए समस्या म त अर्कै चिन्ने मानिस अनगिन्ती मुस्किल नहुने कुनै कुरा गर्न मानिसको कस्तो तादम्यता न त ध्वनी, न कोलाहल सफा मन र भावना बोल्नु थियो हाँसी हासीँ अध्ययन जारी नै थियो न त खर्चको जोहो मित्रता पनि हरायो बोली हरायो हाँसो हरायो खुसी केवल न्यानो जीवनका लागी ईश्वर छन् मानिस नि सुखी पूर्वीय दर्शन होस या पश्चिमी संस्कृतको आभास रात र दिनको पलको आभास दिने प्रकृति प्रदत्त हुन सकिने चर्म स्पर्श ज्ञानेन्द्रिय के का लागि अनावश्यक फूर्ती के का लागी समाहित हुनुछ मन, मष्तिस्क र आत्मा माथि पश्चिमा दर्शन त कति कोशौं टाढा मेलै नखाए नि आनन्द दिँदा चोट भरिएको कथालाई आनन्द दिने पूर्वीय दर्शनले घाउमा रुवा कपासले मनमा शान्ति दिलाउने तथापि नीजि काम त गर्नु नै छ जानी नजानी