Posts

Showing posts from April 30, 2019

आज मजदुर दिवस मे १

मानिस त्यसै पनि स्वतन्त्र प्राणी । समाजमा स्वतन्त्र जिवन जिउनु संविधान त कार्यान्वयन हुने विषय हो । मानिस स्वस्थ्य हुनु , शिक्षा मैत्री हुनु, आवासको ग्यारेण्टी हुनु र कुनै काम प्रतिको आधारभूत ज्ञान हुनु उसको मानसिकतामा नयाँ विचारको आभास हो ।      आज मजदुर दिवस मे १, “संसारका मजदुर एक हौं” भनि कार्ल माक्र्स र फेडरिच एन्जल्सकोे कम्युनिष्ट घोषणापत्रमा उद्वरीत नाराले आज पनि उत्तिकै महत्व बोकेको छ । १३० औं मजदुर दिवस आज नेपालमा पनि भव्य रुपले मनाइने नै छ । तर मजदुर हक, र हित सम्बन्धि धारणा मानिसमा नहुँदा आज पनि लाखौं मजदुर श्रममा त पिल्सीएका छन् तर उनीहरुले पाउने श्रम अनुसारको ज्याला नपाउँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा सहजता नपाएको अनुभव अझै छ । समाजमा मानिस बाच्न उसले कुनै न कुनै कार्य गर्नै पर्छ श्रम प्रतिको साझेदारीको भागेदार बन्नु मानिसको आवश्यकता हो । मानिस जीवनरत कामबाट उम्किन सक्दैन । हिन्दु दर्शनशास्त्र गीतामा पनि भगवाद कृष्णले अर्जुनलाई दर्शन बोध गराउँदा कर्मको उदाहरण दिँदै मानिस पौराणिक रुपमा कर्मयोगी नै रहेको बताउनु भयो । ढुँङ्गे युग, दास युग, पुजीँपति र समाजवाद