Posts

Showing posts from February 18, 2018

चिसो छिडीमा रन्किएका आवाज

चित्कार र अनेकानन आवाज सल्बलाउँदा कतै निदरीमा व्यग्र त दिएनन् ! व्यग्रौला सांकेतिक आँखा र मानिसका जुत्तिला शब्दका भण्डारबाट खित्किएका आवाजले निदरी लुटिरहेका छन् । गणतान्त्रक देशमा लाटोलाई चोइटो हानी खेद गरिरएका व्यग्र तिरस्कार जस्तो सायद अचानोमा मासु चोइटिएको जस्तो ! चिसो पानीले आज मैले नुहाएको थिएँ तातोपानी एक्कासी म¥यो हाँस उठ्ने होला पढ्न तर मलाई इन्तु न चिन्तु भयो चीसै पानीले नुहाउँदा । काठमाडौंको एकान्तवासी एकान्त नै मनपर्ने तर कता केही रित्तताको महसुसले सँधै बौरिँदो जस्तो । चोइटिएको घाउ रित्तो मानसिकताको , एउटा मानिसको सल्बलाएको चिन्तनलाई चारैप्रहारबाट खिज्याउँदाको मानसिकता कस्तो हँुदो हो । उसका चारैकुनामा खल्बलिएको जीवनको यात्रा कस्तो होला ?  जीवनमा सधैँ बहुआयामिक हुने प्रतिभामा ह्रास आउला ? त्यस्तै सैद्वान्तिक विचलनमा लामो समय सम्म टिक्यो ? रातौं प्रहर निन्द्राको वास नहुँदा स्वास्थ्य शिथिल हुँदै जाने संकेत भयो । यस्तै, अनेकान दुविधा रहेता पनि फागुन महिनाको शुरुवातमा भने परिक्षाको दोसाँधमा म आफ्नो सन्तोषको लागि एउटा लेख लेख्ने जमर्को कसेको नै हुँ । मानिसले सोचलाई कहिल्यै