Posts

Showing posts from September 19, 2013

समयको महत्व

समयको महत्व घडीको काँटा पल, पल घुम्दा कहाँ थिए म ? एक मिनेट हैन पाँच सेकेन्ड, त्यो नी नभनौ चौबिसौ घन्टा दिन र बार वाई वाई । ज्ञान विनाको मान्छे र पानी विनाको मान्छे उस्तै हैन र ? साह्रै लाटो छस् भन्ने गर्छन साथी, संगीनिहरु । घडी टिक । टिक । टिक । कहाँ हराएछु ? कस्तो शुन्यता । फेरी सोच्छु शुन्यता बाटै शुरु हुने होला सबै  जीवन । पलहरु विते मनि आर्जन गर्न । पाना पल्टाउने समय गए रे जीजुले भनिसेको । २ छाक त टार्नै पर्ने भो ? जीवनको गोरेटो चौतारीमा पुर्याउँदा नै नेटो काटिने त हैन ? फ्रस्टेशन हटाउन हिपप सुन्ने बेला भो । माया प्रेमको कुरा गर्ने समय गए सोल्टिनी संग । आईकम, विकम नजिकै गर्दा । हाँसो के ? आँसो के ? चिया पानी नै बिर्सनु पर्ने बेला भो । काठमाडौंको घुम्ती कहाँ, कहाँ अल्मलिने जिवन साह्रै वोर भो । केही इलम नपाइएछी सोच्नै पर्ने भो । रातदीन डिस्कोबार जान छोड है भन्छन् गाँउमा बा आमा, आफ्नो हालत आफैं वुझदा पागल भइने भो । कुरा काट्ने सुद्दी भएका दौतरीले अल्लारे भए पनि ओरालो लागेको हरिण मन त गाडीने भो । दशैं, तिहार आयो, होली नी आँउछ नी भन्दै चित्त बुझाउनु पर्ने भो । समय