Posts

Showing posts from June 24, 2015
                                         अनिश्चित गन्तब्य          मैले विरगंज नै जाने अठोट गरेँ । कसैको अपसोच थियो त घरको बुढी कै ? मीठो मसिनो चामल अनि उनको माया । राति सिमसिमे पानी पर्दै थियो ? कलंकीबाट विरगंज त्यही नौ दश घण्टाको रफतार । फेरी हतासको यात्रा विरानो, कताको मोड हो अत्तो न पत्तो । जेसुकै होस घुमौ न त । काउन्टरमा गफगाफ गरिदैं थियो एउटी युवतिसंग परिचय भयो । उनको रुप, कलिलो काक्रो जस्तै । बोल्न संकोच मानी मानी बोलँे । उनको नाम रहेछ मनिषा । रहिछिन इलामेलि, जान लागेकी धरान । खाजाको अफर राखु भनेको, उनले खाजा खाइसकेकी रहिछिन् । उनको चक्षु मृगनयनी । अनुहार गहुँगोरो चेप्टो परेको अनुहार । मलाई कुनी के को हावा लाग्यो म त्यसै उनीसंग मोहित भएँ । यात्रा अनेक हुन्छन् । वियोग, संयोग, विछोड, मिलन, तृष्णा, क्षितिजको । यस्तै यस्तै यात्रा त क्षितिज कै भएपनि उनीसँगको मिलनले मलाई अट्ठाहस नै भयो । जे भए पनि एक कप कफि त पिइयो पनि । यसै बहानामा मोबाइल नम्बर लिन भ्याइयो । घरको  श्रीमती सम्झदा त अफ्ठेरो मान्नुपर्ने तर कता कता टाउकोमा कुरा उठ्यो परस्त्रि त्यो पनि सुन्दर नारी संग मित्रता राख्न कि
विचार र संदेश पयार्यवाची शब्द हुन् । अन्तरंग, परस्पर कुराकानी वा भाषण सबै अन्र्तनिहित धारणा हुन भन्दा गाह्रो हुन्छ । साहित्य श्रृजना हो । वाक्यका चाल अनि त्यस माथिको विवेचना र प्रस्फूटन हुने मानवीय संवेदना बुझ्न गाह्रो हुन्छ शव्दका भावहरु किल्ष्ट नहुँदा ।     कविता,लेख, कथा, नाटक, पुष्तकमा समेटिएका कुरा ग्रहण गर्न र त्यसमा समाहित भई यथार्थमा ढाल्न अत्युक्ति नहोला । मैले दन्ते कथाहरु सुनेथे र पहिलो  कविता लेखेथेँ । भोजबहादुर । साहित्य र श्रृजना अन्तरंगबाट प्रकट हुने व्यंगविनोद हुन् । रातारात जसरी कोही माथी पुग्दैन । त्यसरी नै शाहित्यमा म दिग्गज छु भनी कसैले भन्दैन ।     शाहित्यकारहरु थुप्रै छन् जो अटल प्रयासबाट धेरै समयपछि माथि पुगेका छन् ।