आत्मबोध को आत्मसन्तुष्ति

       

आत्मसन्तुष्टि नै जीवन हो । सन्तुष्ट रहन मानिस सधैं कर्म गर्छ । त्यसो त पृथ्वीमा अनेक कर्म हुन्छन् । मानिस अध्येता पनि होइन उ त कर्ता हो । धर्ती मा पुन्य र पापको आधारशिला युक्त कर्म बराबरी मात्रामा हुन्छन् ।  

मानिसको जीवन अमूल्य छ, तर धर्तीमा जब उ पाइला टेक्छ शिशु, बालापन मा रहर र खुसीको सिमा निर्धारित हुँदैन । एक शिशु रमेको नै हुन्छ परिवार सँग । धर्म प्रति प्रगाढता होस वा नहोस उ भगवान भनेपछि तर्सन्छ र समर्पण हुन्छ नमस्ते गर्दै । शिशु अवस्थालाई हेर्दा बालक आमा प्रति सहानुभूति धेरै नै राख्दछ । आमाको आहार र स्यहारबाट पालन पोषण हुँदै बुवाको आर्शिवादबाट जिम्मेवारी हुँदै विद्यालयमा आश्रित जिवन जुनै बालकको लागि पनि बोधत्व भन्दा फरक भने पक्कै हुँदैन ।

मानिसहरुको कौटिल्यता र एक व्यक्तिको संस्कार कति खेर देखि परिवर्तित हुन्छ कि जब उ वयस्क बन्दै जाने छ । जब उसको नजरमा अनेक साथिको साथ छाउने छ, राम्रा वा नराम्रा उसले आत्मबोध गर्न जानेको हुँदैन । के गलत र के उत्तम उसको अनु्हारमा केही परिवर्तन आउँदैन । भन्नाको मतलब वयस्क शिशुले भन्दै न कि म गलत व्यवहारमा लागेको छु । मेरो सखा वा संगीको संगत मेरो पढाइ अनुकुल हैन भनेर । आमा बाबुको सामु उ कहिले खुल्दैन, त्यहाँ देखि बेजोड व्यगं हुन थाल्दछ आफ्नै दृष्टिकोण र पालनपोषण माथि । व्यवहारमा संकुचन देखिन्छ । तर यदी मानिस अनुकुल विचारबाट प्रेरित भएको छ भने मानिसको जिवन, जिवनशैली, आयाम, दृष्टिकोण र चरित्र पनि फेरिन्छ र ज्ञानी बन्छ ।

आत्मसन्तुष्टिको लागि मानिस समाज अनुसार चरित्रिक हुनु प¥यो । समाजको परावर्तन र चालचलन अनुसार कर्ताको क्रिया अनुकुल हुनु प¥यो । राम्रा साथि संग अनुकुलता अपनाउन सिक्नु प¥यो भने आफुलाई कुठाराघात गर्ने मानिस छ भने टाढिन जान्नुप¥यो । समाजमा श्रृजित हुन ज्ञान आर्जनको चरणमा कुशलता प्रदर्शन गर्न चुक्नु भएन । त्यसको लागि धेरै पढाकु हुन पनि जरुरी नै हुनु प¥यो । समाजमा अटाउन कर्मठ हुनु प¥यो । आफ्नो काममा दत्ताले भने अनुसारको कर्म यदी हरेक वयस्कतामा आफ्ना सन्तानले गर्दै जाने हो भने उ प्रयत्नशिल सधैं रहन्छ कर्म माथि ।

सांस्कृतिक बोध संस्कृति प्रतिको चेतना हो । धर्म अनि संस्कृति परस्पर तर फरक शाब्दिक अर्थ भएको चिन्तन हो । खस आर्य (बाहुन क्षेत्री) समाज आर्य भावनाबाट श्रृजित भएका ब्राम्हिक जीवनशैली बोकेको नेपाली संस्कृतिबाट हुर्कदै आएका जाती हौं । दशैं र तिहार हाम्रो महान उल्लासमय पर्व हो । यदि हाम्रो चेतना सांस्कृतिक र पारम्परिक हिन्दु धर्मबाट टाढिँदै गएमा हामी समाजबाट अर्को दृष्टिगोचरमा त पर्छौ तर त्यही समाजमा आफ्नो आयतन छोपी बाँच्न मुस्किलै बन्दै जान्छ पनि । हामी प्रथमत नेपाली हौं । सोच छुट्टै राख्न सकिन्छ तर सापेच्छित हुनु पर्छ । त्यो भन्दा बाहिरको मानसिकताले हामीलाई बहिरंग बनाउँछ । भन्नाले सांस्कृतिक परिवर्तन हुन सक्छ तर मानसिकता उपजको हुनुपर्छ आर्थिक र समाजमा जीवन गुजारा गर्न प्रेरीत गर्न सक्ने खालको प्रेरणादायी हुनुपर्छ भनेको हो ।

राजनीति ठोस कहिले हुँदैन । आजको राजनीति तरलिकृत छ । विश्वको ध्यान आज कोरोनाको मारमा राजनीतिक धुर्वीकरण तर्फ धकेलिएको जस्तो भान हुन्छ । आफ्नो माटो सुहाँउदो राजनीतिमा धक्का खान पाइन्छ । चुनावको चटारो यति खेर सबैमा छ । माग अनुसारको राजनीति चेतना हरेक युवाको पहिचान नै हो । भन्नाले देशको राजनीतिक अवस्थाको बारेमा पत्तो चैं हुनुपर्छ है भनेको हो । त्यसो त बकम्फुसेको जमात पनि धेरै नै छ । त्यहाँ त्यस्तै हुनु परि प¥यो । नत्र पेचकस खुकुलो भएर सम्भावना वेगर अर्धचेतन हुनु प¥यो ।

जुनसुकै मानिस जति सुकै निरस भएपनि अन्तमा धर्मात्मा नै हुने हो । भगवानको सामु मन्दिरमा गएर फूल अक्षता नचडाइ मन्दिरमा टिका ग्रहण नगरि मानिसको मन शान्त कहिले हुन्छ र ! मानिस मन्दिर, चर्च, गुम्बा, मस्जिदमा जहाँ जान सक्छ तर परम्परा विधि अनुसारको पुजा आजा गर्नाले मानिसको मन सधैं शान्त बन्छ ।  मानिसको जीवन त्यसै हो । जहाँ गयो त्यहीँ भूलिने । आफ्नो आत्माको शान्तिको लागि जुनसुकै खुला ठाउँमा जान मानिस पछि पर्दैन । संसार भगवानमा आश्रित छ । भन्नाले नास्तिक जीवनको कर्ममा पनि बन्धन छ । मानिसको खानाको रोजाइ उसको आत्म सन्तुष्टि हो । मानिसको विचार संकुचनमा रहेको हुन सक्छ तर आहारको अनुकुलता उसको प्रतिबिम्वित विचारको परिकल्पना र स्वाद हो भन्नाले किमार्थ फरक पर्दैन । किनकी रसोस्वादन भनेको नै यही हो ।

मानिसको अर्थको चाँजोपाजो भावीको माथ वा उसको कर्मठ थलोभूमि । कि त उ विदेशी कर्मभूमीमा काम गर्न लालायीत हुनुप¥यो । सक्छन पनि । आजको भिसा चाहना उपर पनि छैन । मानिसको जिवन आर्थिक चपेटामा पर्दैन र ! पर्छ व्ययभार र वेरोजगारीको कारण । तपाईँ जुनसकै देश वा शहर भ्रमण गर्न जानुहोस त्यहाँको धर्म, संस्कृति, जीवनशैली, राजनीति नबुझदा बोझिला अन्तरपाइन्छ । ध्यान र कर्म नै आत्मसन्तुष्टि हो अनि व्यायाम र खाना पनि ।     




Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !