रुमल्एिको जीवन

                   


वास्तविकता भन्दा धेरै टाढा रित्तिएको वितृष्णा,  झिन्झिनाटहटले खल्बलएको कुनो स्थिरताले चुलिँदो अध्यारोँ मष्तिष्कको कुण्ठा । विरत्तीएको आकारको बहुलठ्ठीपन । कारण निमिट्यान्न मानव संवेदनहीनता । जसमा गाली, गलौंच, वितृष्णा, बेढंग र रित्तता पर केही आभा छैन । केही छ भने कुनै भौतिक पदार्थको मोह त्यो नी केही आयश्रोत रहिन्जल ।


  साँची म अस्ति सुन्धारा गएको थिएँ । मानिसहरु पसल वरी परी ठूला गफ लडाउँथे । चर्का चर्का राजनीतिक प्रचार बाजी गर्ने गर्छन । कोही अर्थ व्यापारको कुरा गर्छन । कोही घर घडेरीको । कोही सुन्दरीको । अनि क्षतिग्रस्त धरहरा ।


  काठमाडौं फेसनको शहर । शहिदगेट निर पाइला चाँले । धेरै भएछ नगएको । भनिन्छ ठाउँ ठाउँको छुट्टा छुट्टै निशा हुन्छ । अस्तित्व हुन्छ । पहिचान हुन्छ । तर पनि शहिदगेटलाई बुझन मैलै भ्याएको छुइन । म नि यस्तै लाउने पोसाकको खोजीमा त्यहाँ गएको थिएँ । न्यूरोडतर्फ तर्फ आकर्षित भएँ । पहिले त जारा प्यान्टको खोजीमा सुरज आर्केड गएँ ।


  म ट्याम्पूबाट ओर्ले । सुन्धारामा आवाजै आवाज पाएँ । हल्लाखल्ला र चाप पाएँ । सुन्धारा एकाएक माग्ने गल्लीमा परिणत भएको छनक पाएँ । मानिस भीडाम– भीडमा कानेखुसी गर्दै थिए । अन्धाले गीत गाउन शुरु गर्यो । मानिस एक ट्वाक रुपले आँखाले दृष्टिगोचर गरिरहेथे ।


  मानौं यो काठमाण्डौ शहर होइन । जहाँ खुला आकाशमा न्यानोपन लिन सकिन्छ । आफ्नो मौनतमा अटाउन सकिन्छ । रहर र संगालोमा लिप्त भइ ध्यानी र परिश्रमि हुन सकिन्छ । आज लाग्छ न त एक विद्यार्थी नै भइएको छ न त एक असल नागरिक । न त लोग्ने मानिसमा हुने गुण नै छ । न त कुनै ज्ञानको भण्डार । न त जीवन बलियो बनाउने श्री ।


  जीवनको ३२ औं वसन्त पार लाउँदा काठमाडौंले यही रित्तता छोडेको छ ।

न शहरलाई आफूले केही दिन सकियो न केही लिन । म पाइन्ट किन्न हिँडेको सुन्धारा तिर । बीच बाटोमा भूगोलपार्क छिरियो । स्थिती नियाल्न खोंजे माथि शालिक रैछ तल शिलालेख । ९० सालको भूकम्पले पुर्याएको क्षतिको विवरण बारे केही लेखिएको रहेछ । प्रतिमा श्री ३ राणा शम्शेर जुद्ध शमशेरको ।


  म तीनछक्क परेँ २०७२ वैशाख १२ गते गएको भूकम्पको कारणले ।

मैले वरीपरि नियाँले । विशालबजार अगाडीको जुद्ध शालिकको प्रतिमा ।

त्यसो त महर्जन कन्स्ट्र«क्सनले निर्माण गरेको घरभित्रको मन्दिर पनि नियाँले । वसन्तरपुर दरबार स्क्वार नियाँले । ठाउँ नै भेटिएन हेर्ने कन्स्ट्र«क्सन । 

त्यसपछि सुन्धारामा पोसाक किनियोँ । नयाँ फेसन ।


व्यापारको शिलशिलामा चेक साट्न गएको ७ पटक सुति पाइन्ट लाएर फिरौती भएछु । एक पटक जब अफिसबाट वीर अस्पतालमा जाँदै थिए एक चिनियाँ कम्फ्युम्यानको याद आयो ।


  एक कम्फ्युम्यान जसको आफ्नो वाणी छैन । शोक छैन । नारी छैन । माया छैन । स्नेह छैन । सन्धी, नाता छैन । वरपर वैराग छ । शत्रुता छ । वैराग्यता छ । नैरास्यता छ । शिरानी मात्र छ । रहर मेटिएको छ । मधुर्यता छ काल्पनिक ।

वस्तुगत यथार्थता भन्दा पर मानसिक आँखा र इसाराको शुन्यताको कोलाहल मात्र छ । उसलाई खाना कै अभाव छ । अन्धो यौनिकता ।


अनामनगरमा टेम्पुमा दुई मानिस मुख छोपि पुस्तक पल्टाउँदै तासको कुरा गर्न थाले पैसाको । मैले नियाँले मेरो पाउमा । चुच्चो जुत्ता र घिउ कलरको प्याइन्ट । अनि चुस्स दाह्री । न कुनै उत्साह न उमंग ।


मेरो रुपलाई संम्मोहन गर्न थाले । सायद म कुनै कम्फ्युम्यान पो भएको हुँ की । के हो ?यस्तो शुन्यता के को रित्तता ? कति कठोर । सायद नयाँ फेसन मलाई न पचेको हो कि ? अनि मानिससँग बुझाबुझ नभएको हो कि ?


८ दिनको मेरो घिउ कलरको पहिरनमा कालो दाग लागिसकेको थियो । रौनक भएन । मानिसलाई चाहिने सानो कपडा छान्न त यति गाह्रो पर्ने रहेछ । अरु मेरा आंकाक्षा त अधुरा मनोकांक्षा मात्र हुने होलान । विश्व एक्काइसौं शताब्दीमा परिणत भएता पनि मन मात्रको मानिस विफोर क्रिष्ट वा इसाको हिसाब अनि पातामा मात्र सिमित रही आता वन्नु पर्ने होला । उ आका नबनि फेरी साका रुपि युगमा फर्किदा सबैले खिसि ट्उरी गर्ने होलान । अनि आयुख भन्ने होलान होऊ !  

 

 


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !