chaitra 26

आज चैत्र २६ गते, केही समाचार त बनाउन भ्याइन । अस्ति एउटा समाचा लेखौं भनेको मौसम मिलेन ।
बिहान ६ बजे नै उठेँ । उठेर पर के.सी. को होटलमा चिया खाजा मगाए, शुशिल टुप्लुक्क आइपुग्यो । खाजा मगायो आलु चना, पकौडा चिया खाइयो । पैसा उसले तिर्यो । रमाइलो गफ भयो । त्यसरी गफ गरेर रेष्टरामा नखाएको धेरै भएछ । अफिस फर्के ।
त्यति कै मा मिनकुमार आइपुगे । हिसाब किताबको हेक्का राखे । डेक्सटपमा डिजाइन गरेँ ।
त्यसपछि खाना खान घर आएँ । जाँदा सुवर्ण बसेको रै छ ? बुबाको पुरानो साथी । सुवर्ण मजाकको गफ गर्ने मानिस । त्यसपछि सुवर्ण अंकललाई चिया दिएर भए पनि गफ गर्न भ्याएँ ।
त्यसपछि कार्यक्रम संयोजक अरुणा लामा साझँका उत्तम रिमाल आए । मेरा बारेमा खासखुस कुरा काट्दै थिए । आमा हस्पिटल जान भनी जबरजस्तपैसा मागि लागिन । यसो पोखरेल अंकलकोमा गएको त नयाँ पत्रिकामा प्रकाशित एउटा लेखमा हस्पिटल ओपीडि सेवा लगायत सबै बन्द लेखिएको पाएँ ।
बिरामीको कुरा गर्दा म पनि बिरामी भएको छु । च्यानल नेपालमा काम गर्दा गौशाला देखि म बिरामी भएको थिएँ । मलाई त्यतिबेला आर्थिक अभावका कारण सो मिडिया छोड्नुपर्यो। त्यसपछि जिन्दगी देखि फ्रस्टेसन भएर आयो । म बौलाउँदै गए । त्यसपछि मानिसले मलाई दायाँ बायाँ हेर्न थाले । त्यो घडी शंकटकालको थियो । मानिससँग डराउने रोग मलाई लाग्यो ।  क्याम्पसदेखि इन्टर्नमा काम गर्न गएको मान्छे म निकै हौसिए छु । मेरा सपना एकै चोटीमा भताभुगं भयो । त्यसपछि मलाई कोमा भयो । खाना खान खाटमा मात्र खान थाले । फ्राई चाउचाउ, मासु (कुखुरा,खसी), काक्रो, बदमका केस्रा, नरिवल मेरा खानकी हुनेगर्थे । मेरो आँखामात्र चल्थ्यो । केही नौला मान्छेले मलाई घुरेर हेर्थे म डराउँथे । म एक दिन आँखा चिम्लीदा भगवान गणेशलाई सपनामा सजिव देखेँ । भगवानको प्रत्यक्ष स्वरुपको दर्शन दिनुभयो अनि भन्नु भयो के माग्छस माग । मैले माभगवान सँग आउने बेलाको शान्ति प्रकृयामा हाम्रो देशमा शान्ति छाओस र आदरणिय गिरिजाबाबु र कमरेड प्रचण्ड बीचको वार्ता सफल होस भनि वरदान मागे । त्यसरात २०६२ तिर गौशालामा भूकम्प गए जस्तो भयो । कुकुर भुकेको आवाज गुञ्जायमान भयो । म कोठा माथि पुगेँ । बुबाले थाम्दै मलाई मेरो खाटमा ल्याउनु भयो ।
त्यसदिन देखि मेरो कोठा बाहिर कदम परेन । त्यस समय क्रान्तिको समय थियो । राजा ज्ञानेन्द्र विरुद्ध घन्किएका स्वरहरु एक एक चोकमा घन्किएका थिए विशेष गरी चक्रपथ वरिपरी । आठ दलको संयुक्त जुलुस २४ दिन सम्म चलेको थियो । म त टिभी नै हेर्दै थिएँ । तर गणतन्त्रको नारा सडकमा कोरिँदा म धेरै खुसी भएको थिएँ । सोचेथेँ गणतन्त्रले हामी जस्ता युवाको भविष्य फेर्ने छ र जनताको छोरा राष्ट्पति बन्न पाउनेछ ।
त्यसपछि मेरो एकोहोरो काम खाटमा टिभि हेर्नु नै थियो । त्यसबाहेक विगतका १६ वर्षमा अन्य काम केही भएन हेर्ने बाहेक ।
एउटा विमली भन्ने गौतम भन्ने मुटु छुने साथी थियो । एक दिन उसकोमा पढ्न भनि पत्रकारिताका किताब बोकी म गएँ । पछि उसले च्यानलमा कान फुक्यो क्यारे पाक्न लागेको जागिर छोड्नु पर्ने भयो । त्यसपछि मैले १५ वर्ष खाट मै टिभी दर्शन गरेँ ।
यौन मेरो लागि के को प्यास हुनु यो त अतृप्त एकल बासमा सिमित भयो धेरै वर्ष ।माया कुनै स्त्रि सँग हुने हुँदै भएन ।
मेरा शुरुका मिडिया छोडेका दिनमा मानिसहरु चिल्लाउथे, अचम्म मान्दै विदेशी आगन्तुक कोठा बाहिर पशुपतिमा पछाडी लाग्थे । मलाई उसले पो मद्दत गर्ने सोची नज्दीक जान्थे उ वतासिन्थ्यो । फेरी हाँसेर अर्को विदेशी केटी आउँथी र अर्को तिर लाग्थी । सर्वत्र मानिस मेरो कुरा काटथे । मलाई लाग्थ्यो म आफै तत्कालीन आतंककारी माओवादी त होइन ? समय र मानिसका घोचिला आँखा र सन्त्रासले मलाई माओवादी विचार मनन गर्न अग्रसर गरायो । दमनले एक्लै कोठामा टिभि हेरिरहेँ । तर हाँसोलाग्दा कुरा त के भने  माओवादी र कम्युनिष्ट भन्नेहरु नै म देखि म स्वयमंलाई पागल बनाई टाढा भाग्थे । मलाई कोठामा गाह्रो परेको थियो ।
आज डिजाइन गरे । ३,५० पिस फाइनान्सको रेट बुझन आएका थिए । लेँखे, पढेँ त्यति ।
तर हिजो मैले विश्व स्वास्थ्य दिवसको बारेमा समाचार लेखेको थिएँ । डाटा प्रशोधन भएन ।
आज घाँटीको टेन्सन छ । घाँटीमा साग अडकिएको रहेछ ब्रस गर्दा थाहा पाएँ। ऋस्पतालको ओ.पि.डी सेवा सञ्चालन भएपछि घाँटी जचाउनु छ।
त्यसो त गौशाला हुँदा खेरी थुक निल्न गाह्रो हुन्थ्यो ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !