2075-12-22

आज चैत्र २२ गते शुक्रबार रातको १ बजे निन्द्रा परेको छैन । शरिरमा शिथिलता नभई परिक्षा ताका भएको प्रयासका बाबजुत भएको शारिरीक कमजोरी मेरो लागि घातक सिद्व हुने हो की जस्तो आभास हुन्छ । तथापि मेरो मनमा भएको दुविधा हट्छ कुनै मोडमा अनि आफ्नो मानसिकता आफैँ स्वच्छ पार्छु ।

भर्खरै सचेतनाको बारेमा पढेको थिएँ । ऐतिहासिक द्वन्दवाद र चेतनामा भिन्नै प्रसँग छ भनि पाएँ । त्यसो त सो प्रसँग मेरो न्यूज पोर्टलमा पनि अस्ति भेटेको थिँए । पढेपछि यसको बोधार्थ माथि झन छर्लङ्ग भएँ ।

तर परिक्षा अनुकुल विद्यार्थीको तयारी गर्न गाह्रो हुँदो रहेछ त्यो पनि स्नातोकोत्तरमा । धन्न धन्न पास भइएछ । आज मैले मेरो एउटा कलेजको साथीसँग भेटेँ, चिया खाँए उ भन्दै थिए राम्रै नम्बर आएछ तर तयारी पुगेन । अनायास चिन्तित भएँ तरपनि आउने दिनमा किताबी अक्षरका बनोट अनि उत्तरपुस्तिकामा श्रृजित बनोटको ढंग र त्यसको अंग्रजी लिपिमा साभार र दिमागी सम्झनेशक्तिमा ह्रास क्रमश बढ्ने हो कि घट्ने हो कुनै तुक छैन ।

आज गिता पढदै छु नेपालीमा केही अफ्ठयारा व्याकरणले मन गुनीलो बनाएर ल्याएको छ बोधार्थ र प्रसंग बुझदा । कता कता समाजवादबाट टाढा अध्यात्मिकवाद तिर पढ्दा सुनदा सुर्यका रापिलो किरणबाट बयरको बुट्यानको छहारी भेट्टाएको आभास हुने रै छ । विहानीको सूर्य, घण्टा, दिन, समय, पल सबै बोध हुने र मानविय संवेदनाका साधन आँखा, नाक, कान, मुख र छालाका तन्तुहरु संस्कृतको अध्ययनले चलायमान हुने रहेछ ।  विरानो ठाउँमा मानव शरिरले  ऋतु र वर्षाका संवेदनाले त्यसै प्रफुल्लित हुने रै छ । आगामि दिनमा के गर्ने, के लेख्ने टुङ्गै छैन ।
                                                                                          इति श्रि !

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !