गीता सार !

गीता सार !
आज २०७५ मंसिर २२ गते
मंसिर शुरु भएपछि भागवत गीता पढुँला भनेर सोचेको थिँए । अँ दशैको क्याम्पस विदा ताका ४÷५ पाना नियाँलेको थिँए ! महाभारतको प्रसंग दोहोरिएको रहेछ । साँची भन्नै विर्सेको संस्कृत पढ्न नसकिने भएकोले अंग्रेजी गीता पढ्न ल्याएको छु ।
मानिसलाई दर्शनको प्रभाव चाहिँदो रहेछ । म नपढिकन सोच्छु ! गीता सार काम गर फलको आशा नगर होला ! तर शुरु गर्दै जाँदा महाभारतको अंश जोडिएको रहेछ । धर्म, प्रकृति, मूल्य मान्यता, सचेतना, कलि युग, आत्मा र वस्तु, जीवन प्रतिको मानविय स्थुलको संघर्ष, कृष्णको मायावि संस्सार, मानिसले मृत्ु वरण गर्नुपर्ने सार्थकता, योगको रस्य, भगवान श्री कृष्णको विशाल स्वरुप जगत जहाँ श्री कृष्ण विराजमान हुनुहुन्छ, वहाँको वृस्त्रित अलौकिक रुप जुन रु देख्दा महाभारतका मुख्य पात्र अर्जुन स्वयं अवाक भए, आत्माबाट नै वस्तुवादी स्वरुप चित्रण भयो र यो भ्रम सिवाय केहि होइन, आत्मा जो मृत्युपछि अर्को मानिसको आत्मामा विलिन हुन्छ र प्रत्येक चिज विच चलान्तर छन त्यसमा आत्मा प्रवेश भएका हुन्छ इत्यादी । यस्तै यस्तै रहेछ ।
तर ज्ञानको सार्थकता कहाँ ८÷१० पानाले हुन्छ पाता नै केलाउनु पर्छ । सानो ज्ञानले मानिसलाई झन अशान्ति बनाउँछ ।
अँ म भन्दै थिँए गीता किन पढ्नु के पाइएला ? मेरा जीजुबाजेले पढ्ने गीता, म किन नपढुँ यसले मानिसलाई जीवनको गोरेटो देखाउँछ  भन्ने गरेका छन् । म पनि त्यहि सल्लाह समाएर फुर्सदमा गिता नियाल्ने गर्छु । ध्यान बकुल्लाको हुनुपर्दो रहेछ काग भए अर्कै अडकल बाजी हुनेहोला ।
मैले बुझेको गिता दर्शनले मानिसलाई आपत पर्दा नि कसरी समस्या बुझने भन्ने प्रसंगत दिशामा दोहो¥याउँदो हो ।
साँची काठमाडौंको अनकन्टार ठाँउमा समय, विहान, दिउँसो, रात्री विशेष गरी काल नसम्झनी हुने हुँदो रहेछ । तर यहाँ छटाएको प्रकृति विषय पढ्दा कता कता विहान, साँझ, दिउँसोको आभास भई मनमा स्वतस्फूर्त जागरण पर्दो हुने रहेछ । अमूक मनोवैज्ञानिक प्रकृति प्रसतको छुट्टै अनुभवले आश्चर्य र खुसी हुँदोरहेछ ।
चण्डी, रुद्री त दशैंमा पाठ गर्ने संस्कृतका ग्रन्थ हुन । तिनीहरुको छुट्टै महत्व छदैं छ ।
गीता पढ्न त्यस्तो खास अवसर नचाहिँदो हो । त्यसो त समाजशास्त्रमा पाश्चात्य दर्शन र लेख पढ्नु पर्छ तर हामी त पूर्वीय दर्शन भएका प्राण्ी आफ्नो संस्कृति नहुने भन्ने नहुँदो हो । तर किताबको पाना असंख्य छन् पुरै पढेर अरु बुझ्छु होला । अनि केही लेख्ने जमर्को गछु । अनुभव ८÷१० पानाको यस्तै त होनी, गीता ? तपाई पनि पढ्ने कि ?
                                                                                                                                            इतिश्रि

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना