चिसो छिडीमा रन्किएका आवाज


चित्कार र अनेकानन आवाज सल्बलाउँदा कतै निदरीमा व्यग्र त दिएनन् ! व्यग्रौला सांकेतिक आँखा र मानिसका जुत्तिला शब्दका भण्डारबाट खित्किएका आवाजले निदरी लुटिरहेका छन् । गणतान्त्रक देशमा लाटोलाई चोइटो हानी खेद गरिरएका व्यग्र तिरस्कार जस्तो सायद अचानोमा मासु चोइटिएको जस्तो !
चिसो पानीले आज मैले नुहाएको थिएँ तातोपानी एक्कासी म¥यो हाँस उठ्ने होला पढ्न तर मलाई इन्तु न चिन्तु भयो चीसै पानीले नुहाउँदा । काठमाडौंको एकान्तवासी एकान्त नै मनपर्ने तर कता केही रित्तताको महसुसले सँधै बौरिँदो जस्तो । चोइटिएको घाउ रित्तो मानसिकताको , एउटा मानिसको सल्बलाएको चिन्तनलाई चारैप्रहारबाट खिज्याउँदाको मानसिकता कस्तो हँुदो हो । उसका चारैकुनामा खल्बलिएको जीवनको यात्रा कस्तो होला ?  जीवनमा सधैँ बहुआयामिक हुने प्रतिभामा ह्रास आउला ? त्यस्तै सैद्वान्तिक विचलनमा लामो समय सम्म टिक्यो ? रातौं प्रहर निन्द्राको वास नहुँदा स्वास्थ्य शिथिल हुँदै जाने संकेत भयो ।
यस्तै, अनेकान दुविधा रहेता पनि फागुन महिनाको शुरुवातमा भने परिक्षाको दोसाँधमा म आफ्नो सन्तोषको लागि एउटा लेख लेख्ने जमर्को कसेको नै हुँ ।
मानिसले सोचलाई कहिल्यै त्याग्नु नहूँदो रहेछ, सोच विनको मानिस समाजमा ज्याद्रो कहलिने हो रे !  म करिब धेरै समय सोच बिनाको मान्छे जस्तै भौतारिए समयको साढे सातले यस्तै वनायो । अब त धेरै कुरा गर्नुपर्दैन भनि क्याम्पसमा दाखिल भएको छु । केही होला सायद परिक्षा रामै्र हुने हो कि !
   मानिसलाई पहिचान गर्ने आधार उसको वोलिको प्रभावशालिता, उसको आर्थिक जीवन र उसाको त्याग, उसको जीवनयापन र वानी व्यवहार र सामाजिक सहिष्णुता हो ।
     म मा विगतमा यस्तो सोचको पारदर्शिता स्वयमं कुण्ठित र कठिनताको संयम शक्ति र औपचारिक बोल्ने वानीको सामार्थ कम भएको हो की भन्ने तात्पर्यताले आफैं शुन्यताको आभास पाएको मशसुस गरेँ । हो विद्यार्थी भएछी प्रत्येक पुस्तकका पानामा हरेक शब्द शब्द केलाएर पढ्ने बानी पर्नुपर्ने रशेछ । किताबी कोरा अध्ययनले सो मानिसको गिदी भद्दा पार्दो रहेछ ।
      कुण्ठित जीवन जिउनु नर्कको वास हो । इतिहास, भुगोल, संस्कृति, विज्ञान, खगोल शास्त्रमा ध्यान कसरी बटाउने । तर अबका घडीमा के शास्त्र के पढ्नु पर्ला म आफैँ दंग छु । परिक्षा नतिजा जति आए नी प्रभावित हुने त होइन । तर समयको परिधि भित्र असामान्जस्य दैनिक वातावरण र दैनिक समयको वातावरण र दैनिक समयको पावन्दीले मलाई हस्तक्षेपको विन्दु खडा गरिदेला । त्यो त्यही समयको विन्दुले नै हटाउने होला !
       संगित सुन्नु पर्ने विषय बनेको छ । तर संगित नेपाली, हिन्दी, अंग्रजी सबै प्यारा नै छन् । रोमान्टिक, ट्रयाजिक, लोक सुन्ने गर्छु । अरु त त्यही काम छँदै छ । आजको वीट यती नै अरु ब्लगमा पोष्ट गरौंला ।
       तर अनेकानन गुन्जिएका आफ्नो पेरिफेरी मन्दा टाढा टाढाका शब्दले नि कठ्याङग्रिदा शिरेटो रातमा चिसो कानमा चिसो शब्दबाट
खनीने वोइयात शब्दले निन्द्रा लाई तमाचा कहिले मार्ला । इतीश्री !



Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !