प्लेटोको दन्त्यकथा


जब मानिसहरु छाँया भित्रका गुफामा हुन्छन् प्रत्येक तस्बिर र मान्छेका आवाज खेलौना लाग्न थाल्छ । छाँया भित्रका मानिसलाई भावना र कुण्ठा अनि अतिरीक्त भौतिक सामाग्रीको अभावले साङग्लीमा जेलिएको जस्तो फिल हुन्छ । उनीहरुलाई हेर्ने दृष्टिकोण खेलौनारुपी हुन्छ । न उनीहरु यता उती जान नै सक्छन् गए पनि आफ्नै सर्कलका का साथीहरु जो व्यवहारमा प्राय उनीहरु जस्तै हुन्छन् ।
आगो अर्को भित्तामा सल्किएको हुन्छ तर पनि उनीहरु कैदिहरुलाई मात्र हेरिरहेका हुन्छन् । जब एक कैदिलाई माफि दिइन्छ र आफू बस्ने गुफाबाट निकालिन्छ उसलाई उठ्नै र घाँटीमा ठूलो अट्टाहस हुन्छ । उसले आफ्नो विगत तत्काल विर्सन्छ । त्यो एक किसिमको भ्रम हो भन्ने ठान्दछ । उसले हेर्न थालेका दृश्य चकिद हुँदै आफूले सँधै गुफामा हुँदा हेर्ने गरेको परिदृश्य विल्कुल झूठो हो भन्ने लिन्छ ।
उसलाई प्रकाशको किरणसँग सिँधै अवगत गराउन कोशिस गरिन्छ र उसको आँखामा ठूलो दुःख महशुस हुन्छ । उ अरु धर्तीमा देख्ने वस्तुहरुलाई हेर्न चाहँदैन । उ आफ्नो विचार गुमाएर तल खसेको हुन्छ । उ आफू माथि(छुट्टै) संसारमा कसरी समाहित हुन्छ त ?  उसले चन्द्रमा र ताराहरु नियाँल्छ, सूर्य भन्दा शितल त्यो आभास पाउँछ । पानीको परावर्तनमा उ रम्छ र म  त्यस्तै बन्न रुचाउँछ । संसारमा महिना र वर्ष कसले दियो ? यसको संरक्षक को हो उ भुल्दछ र उसका विगतका कैदमा परेका साथी पनि यस्तै हुन्छन् ।
उ आफैँ परिवर्तन हुन चाहन्छ । पहिलेका साथीसंगि विचलीत भएका हुन भनि तिनीहरुको जीवन तिरस्कृत गर्दछ । संगीहरु जो बनका कुनामा समय विताइ हेर्ने गर्छन्, को आफ्नो पिछा  गर्दैछ ? पहिले यहाँबाट अन्त जान को सोच्दैछ ? त्यहाँ उसले फर्कदा मान र खुसी पाउला र ?
होमर ले भनेका छन् गरिब गुरुको गरिब नोकर हुनु राम्रो
बाहिरी जीवन हेरेर आएको मान्छेले पछिल्लो जीवन स्विकार गर्ला ?
यदी यस्तै प्रतिष्पर्धा भएमा उसको हेराई टेढो हुँदैन थियो र आँखाले सिँधा हेर्ने गथ्र्यो नि । कसरी दृश्य हेर्ने यो बढी महत्वपूर्ण हुन्छ र सबभन्दा हाँसोलाग्दो कुरा पनि । उ जान त गयो तर उसको आँखा गएछ भनि आक्षेप लगाउने दुइ चार जना मान्छे भेटिन्छन् । उसले प्रतिवाद गरेमा उसले मरणासन्न कुटाई भेटाउला ।
उज्यालो सूर्य हो । सबै मान्छे घरमा वा एकान्तमा बाँचुन, राम्रो कुरा प्रतिको मोह सबैमा हुन्छ । यस्ता कुरा गर्न थाल्यो भने मान्छेले एक अर्कामा खिसिट्युरी गर्न थाल्दछन् । किनकी सबै मानिस सम्पूर्ण हुँदैन । मान्छेको आत्मा पनि अशुद्धै हुन्छ । कोही यस्ता होलान जो बाल्मिकी बाट रत्नाकर बनेका होलान् ? बरु रत्नाकर बाट बाल्मिकी बनेका धेरै होला । आझेलमा परेका विचारले न्याय पाउँदैनन । उ सँग कानूनसँग झुज्न सक्ने शक्ति हुनुपर्छ ।
   तिनछक्क पर्ने आँखा दुई किसिमका हुन्छन् । एउटा दिमागको हेराई अर्को शारिरीक । पहिले आत्मशुद्धि हुनुपर्छ ।
यसले अरुप्रति दयाको भाव उत्पन्न गराउँछ । अर्को सूर्य हेरेर गुफामा फर्केको व्यक्ति त्यहाँ पनि हास्न सकोस ।
       आत्मा बलियो र एकनासको बनाउन ज्ञान चाहिन्छ । सम्पूर्ण आत्मा पराधन भन्दा आत्मसन्तुष्टिमा लिन हुन सक्नुपर्छ । यो भए मान्छे एउटा सबल मष्त्स्किको मानिस पक्कै हुन्छ । मानिस गलत बाटोमा हिँडेको कसरी पत्ता लगाउने ?
यो सबै काम मानिसको शरिरको गुणसँग टासिएको कुरो हो । न यी शारिरीक व्यायामले वा आफुले गर्ने व्यवहारले निर्मुल हुन्छन् । त्यसका लागी हामीले जे देखिन्छ संकुचित तिर्षना फाल्नुपर्दछ । तर प्रत्येक यूवाको कमजोरी त्यही हो । उनीहरु शारिरीक लोभ लाभमा खान, पीन, परसंगीको चाहनामा आफ्नो आँखाले जे रोज्छ त्यही विचारमा लिप्त भइसकेका हुन्छन् । यदी उनीहरुलाई बोध भयो भने देशमा भलाई हुन्छ ।
यदी कैदीहरुले राम्ररी काम गर्न थाले र आफ्नो कामको उचित ज्याला र मान सम्मान पाउन थाले भने त्यो भन्दा राम्रो कुरा के त । चुनावमा भोट हाल्ने सभासदले उसको जिल्लालाई मात्र राम्रो हुने गरी काम गर्नु भन्दा पुरै राष्टीय झुकाव हुनुपर्छ । जसबाट नागरिकका आवश्यक मागहरु सफल हुन ।
दार्शनिक भनेका कसैलाई यो गर त्यो गर भनेर अराउने हैन । प्रजा देखि राजा सम्म वा राष्टप्रमुख देखि जनतासम्म सुशासन होस भन्ने व्यक्ति हुन् ।
के हाम्रा आँखाका नानी हराएका हुन् उज्यालो कसरी देखिन्छ ?
प्रत्येकले आफ्नो काम व्यवधान खटेर गर्नुपर्छ हाम्रो राज्य जस्तो ढिलासुस्तीमा होइन् । अनि मात्र तिमीले सोचेको जस्तो राज्य बन्दछ , राज्यका कर्मचारीहरु चाँदी र सुन खोज्ने हैन असल र खराब खोज्न थाल्ने छन् । कार्यालयमा जनताका मुददा, गरिबि र भोक हेर्दा घमासान युद्ध भएमा जनहित ओझेलमा पर्दछ ।
किनकी राजनैतिक धारणासँग सत्य दर्शन मेलखान आउँछ ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !