वयस्कमा के गुण होलान ?
संसारमा मानिस जन्मेपछि आफ्नै लागि खुरुक्क विपत्ति निम्त्याएको हुन्छ । शिशु अवस्था पछि उ समाजिक बन्धनमा हुन्छ । समाज र उसको पारिवारिक स्थिती, उसले पाउने ज्ञान, धर्म, संस्कृति, संस्कार, आचरणमा वाधिँदै उ समाजमा भौतिकवादी बन्नै पर्ने हुन्छ ।
त्यसपछि १६ र १७ को वैंसमा उसले राजनीतिक आवरण बोेक्नै पर्ने हुन्छ । उसको देशको राजनैतिक तरंग कस्तो छ ढलिमुली भएपनि उ त्यससँग नचाहाँदै नचाहाँदै पनि उ परिष्कृत बन्दै जानेछ । समाजका विभिन्न अपारदर्शी र पारदर्शी ऐनाले उसलाई आँफै लतारिएको महशुस एक ढंगले गराउँदैन । तर उसको चरित्रमा भने हावी हुँदो हो ।
हरेक शिशु वयस्क बन्दा उ कस्तो किसिमको बनिसकेको हुँदो हो यी कुरामा प्रत्याभूत गर्न गाह्रो अवस्य छ । सामाजिक क्रान्ति, भौतिक समाज, शैक्षिक योग्यता, विदेश मोह, संचार, पत्रपत्रिका, र छापामा छापिने हरेक प्रविधीका आख्यान र उसको असफलता । आर्थिक स्तरमा कमजोर र प्रविधि अनि शैक्षिक कुरामा असफलता हँुदा प्रत्येक क्षण क्षणमा कि त उ आफ्नो बाटो खोज्छ हैन भने उ कुलतको शिकार
हुन्छ ।
भनिन्छ राजनीतिमा लडाँइमा जित्न नाल, गोला र बारुदको आवश्यकता पर्छ । लेकिन एक सफल मान्छे बन्न के गर्नु पर्ला ? छुट्याउन सकिने भएपनि खड्कोको अभावको हुन्छ । उ पैसाको अभाव भएपछि
दुव्र्यशन र लागुपदार्थको हावी बन्छ । क्षण क्षणमा बुझ्ने कुराहरु विर्सदा, बजारमा थन्किएका राम्रा कुरा छान्न नपाउँदा आफूलाई मन नपर्ने परस्त्रीसँग लालाहित हुनुपर्दा एक किसिमको प्वालको पाहुना (त हेरी म हेरी एकादेशको लोप हुन लागेको भ्यागुता) हुन्छ । जसलाई बन्दुकको नाल नै चलाउन आँउदैन, कुनै शिपको विकास न कुनै विद्यार्थीको हाउभाउ । समाजमा भने त्यस्ताको चालामाला ठूलै हुँदोरहेछ ।
उसको दिमागमा के होला ? वयस्कपनको गुण, शिशु जस्तो व्यवहार अनि एक्लो जिन्दगी । उसको हात र खुट्टा दरिला पक्कै होलान् तर काम उ गर्दैन । सोचौं उ कति जनाको फ्यान होल ा? सामाजिक घेराबन्धिमा उ रित्तएको छाता हुन्छ । पानी पर्दा धरर्र् प्वालबाट खस्दा उसको टाउकोको गती के होला ? यसरी हरेक कुरामा बन्धकीले त्यसपछि रित्तिए छि मानिसमा उदाशिनता आँउदैन होला ?
जब सम्म उ परिष्कृत, विशिष्ट र अजिंगर एक रुखमा हाँगा बन्दैन उसले बोल्ने वानी हावा न चावाको हुन्छ । उ ढलीमली गरे मै हूँ बने विश्वासमा कुठाराघात भएको पाउँछ । अरु धुरी चढेको देख्दा उ पातालमा घिस्रीदैँ गरेको हुन्छ । हरेक चिन्तन मनन गरेपनि उ समाजको आधारशिला बन्नै सक्दैन । उ पढालु बनेको हुँदैन, उ आयामी बनेकै हुँदैन, उ गल्लीमा सबैसंग बोल्छ तर अरुका माझमा होस हराए सरह हुनेछ । जीन्दगीमा त्यागको भावना हुदैन, संस्कृति र भाषाका घनिभूत पारदर्शी पर्यायवाची नहुँदा साच्चिकै उ टुहुरो हुनेछ ।
एक शिशुको जन्म चाहे जुनसुकै धनी वा गरिब भएनी उचित ठाँउमा नभए उचित संस्कारमा नहुर्के आर्थिक , सामाजिक, राजनैतिक, मनोवैज्ञानिक, शास्त्रिक, भौतिक, दार्शनिक सबै क्षेत्रमा पूर्ण र अपूर्ण कस्तो हुनेछ उसको लालनपालन, सरसंगत, पाठन, दर्शन र समाजले मात्र उद्धरित गर्दछ ।
Comments
Post a Comment