1.                    यात्रा 

              कुरा संवेदना र भावुकताको होला ? मानसपटलमा अनेकौं अन्जानिदा शब्दका बिच राजधानीका ठाउँमा रुमल्लिने बानी हाम्रो । मेरो स्थिती पनि निकै बेरसम्म यही रहयो । करिब करिब ४८ महिना काम गर्दा अनेकौ धारणा का बिच आफैं एक्लै हराइएको महशुस भयो । कता जाने कता वातावरणीय स्वतन्त्रतामा आफू मौन हुने अनि निरन्तर यात्राको महसुस गर्ने । कानमा गुजुर गुजुर गर्ने अनेकान शब्द लाई सुइकुच्चा ठोक्ने उपाय त्यही एउटै हो ।त्यसो हुनु भनेको मेरो मनमा कल्पना शक्ति पलाउनु पनि हो । साथै सरर बग्ने हावा तथा दृश्यहरुको समायोजनले फुरुंग पार्दै जाने एउटा अचुक उपाय नि हो । सायद म, तपाई, हामी सबै यसै किसिमका रोग बाट अनेकानन दिन बाट ग्रसित हुन्छौं होला । समय काम गर्दै जाँदा अनेकानन दिन बित्छन र प्राय बित्छन पनि । कम्तिमा पनि महिनाको १ पटक त काठमाडौं छाडी बाहिर घुम्न जानै पर्ने रहेछ ।  त्यही कुरा बुझि म पनि चितवन हुँदै ताप्लेजुङको लागि गएँ । यात्रामा एक लिम्बू साथी भेटियो । भर्खर साउदीबाट आएको रहेछ । गाना सुन्दै विदेशी आइफोन बोकेर यात्रामा मन्त्र मुग्ध भई निदाउँदै थियो उ । एउटा संयोग के थियो भने पाँचथर, ताप्लेजुङ जाने प्राय लिम्बू नै हुँदा रहेछन् । बाटोमा कुराकानी हुँदै, टुङगिदै गयो नास्ता छुन मन लागेन एउटा कोक खाइयो । यात्रा गर्नु रमणिय कुरा हो । तर बाटो मै गाडीको बाटो फेरियो । र मकवानपूर र भिमफेदीको बाटो हुदैँ यात्राको शुरुवात भयो । मकवानपुरको उचाईमा यात्राको सम्भावना मुटु चिस्याउने हुँदो रहेछ । मैले सोचे पुरानो सिम्रौनगढ भनेको कहाँ होला ? यतै त हो नी । चिसो हावाको बेग, अनि ५०÷६० माइलेजको त्यो सवारी छिटै आउने हो कि तराईको भू–भाग भनि सोच्दा सोच्दा १ दिन त्यसै गयो । अबेर राती झङग बन्दा  पो चितवन तर्फ बढदै थियो गाडी । चेकिङ परेछ । १५ मिनेट पछि बाटो खुल्यो ।त्यसपछि नजिकैको मित्र सँग बोलचाल गर्न थालियो । खाना खाईयो ।  सिराहा पुग्दा आकाश गड्कियो । पानी प¥यो । करिब आधा घन्टाको भारी बर्षाले यात्राको रौनक अर्कै बनायो । दमक आएछी थाहा पाएँ झापा आइएछ । बिहान ४ बजे चारआलि पुगियो यात्रु हरु झरे । गाडी फेरी १ घण्टाको लागि रोकियो । त्यसपछि पहाडको उकालो चडदै गयो । ति पहाडहरु अतित को संगालो बनिसकेका थिए रमणिय त होलान् । तर भावनाको संवेगमा आँखाले केही नपाए जस्तो भयो । ताप्लेजुङ हिड्न पुगेको मान्छे म फिदिममै ओर्लिए एउटा लजमा बसेँ खाना खाएँ । एउटा तुम्बा पनि ताने । घर जानुपर्ने हो तर परिक्षा सम्झे घरै जान मन लागेन । माथि नै पौवा भन्ज्याङ् ओर्ले अनि फर्के ? त्यो मेरो दोष हो कि के हो ? मलाई पत्तै भएन। हजुरआामाको दर्शन गरेर आएको भए पनि हुन्थ्यो । तर नाङगिन पुग्दा त ३÷४ दिन त्यसै बित्छ के गर्ने आज २६ गते ३० गते मेरो परिक्षा । अनायसैँ फर्के । तर पनि सम्झे कानको आवाजकसरि हटला । आँखामा शितलता कसरी होला र दिनहरुले कसरी नया“ मोड लेलान् । तर शरिर मा त शान्तिको आभास पो हुँदो रहेछ । यसरी यात्राको लागि कहिले काहीँ कता कता हराउनु पर्ने रहेछ चाहे छोटो होस् या लामो ।


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !