नाना थरीका सन्तान


सन्तोष कवि हो  । उ नपुङ्सक तर सवैले भन्ने सुन्ने दार्शनिक,  चित्रकार, घुमिरहन मनपराउने , प्रकृतिप्रेमीे र अनुसन्धानकर्ताको रुपमा चिन्दथे । सारा जीवनमा उसले एउटा पनि कविताको हरफ लेखेको थिएन । मुनामदन त कविता हो तर मदनमुना लाई यसको पयार्य मान्न सकिँदैनथ्यो । तर जे भए ता पनि सन्तोष त कवि नै हो नि ?
सन्तोषको खुबी, उसले मसि र कपि झिकेर लेखेपछि सहर भरी उसकै कविताको चर्चा परिचर्चा हुन्थ्यो । सन्तोषको सहरमा पढाइकोे शोक यस्तो थियो कि जस्तो कुनै स्त्रीले ऐना हेर्नु जस्तो ? वा कहिँ, नभएको चुट्एिको खेलौनाको हात हेरेर तिन छक्क पर्ने बानी भएको नवजात विद्यार्थी जस्तो । बास्तवमा सहरमा पढ्ने बानी चिडीयाखानामा बाधिँएका जनवारलाई हेरी तिनीहरुको चालचलन लेख्नु जस्तै थियो ।
सहर पनि ढुङगा र मोटर, धेरै किसिमका मानिस विभिन्न जातका मानिस, एउटा अनौठो जातको प्राणि उ । तीन हजार कोष पर उत्तर र दक्षिण, पूर्व र पश्चिम सन्तोष कविको रुपमा घुम्थ्यो । र सहरमा लामो सास फेथ्र्यो । उ धुलाम्य सडकमा, कारमा र जे भए ता पनि । तर जब उ न्यूरोडमा हुन्थ्यो र हल्ला खल्ला खास खुस सुन्थ्यो । ओहो उ छक्क पर्थो ? र सरकारी अफिस वरिपरी पनि हल्ला छ की वा कसैले अनेपेछित तारिफ र अपेछित कुराकानी गर्दै छन् कि भनी कान थाप्थ्यो ?
पुराना कविका माध्यमबाट हामीले सुनेका नै हौं शहर भनेको नारीकै प्रशंसा योग्य ठाँउ हो । र सन्तोषले आगामि दिनमा के लेख्छ वा उसको पक्का दृष्टिकोण के हो भनि शहर पर्खिरहेको थियो ?
नेपाली चुल्होमा सन्तोषलाई हरि अर्यायले डिनरको, लागि इन्भाईट गरका थिए त्यहाँ मयुरको नाँच हेरेपछि र बँदेलको मासु खाई सकेपछि सन्तोषले कवि पेशा छोडेर, गीत लेखन तर्फ उद्वत गराए ।
सन्तोष विहानमा चिसो कठ्याङग्रिदो जाडोसंगै पाउरोटी र जाम लिएर उठ्छ ।
हो काठमाडौको हावापानीले सन्तोषलाई निकै सन्तुष्ट पारको छ ।  कुनै पर्याप्त र सही काम होइन तर सन्तोष टाढा टाडा एक्लै घोत्लाईरहेको अवश्य हुन्थ्यो । उसको कविताको मर्म छापिएका पत्रिकामा सन्तोष घोत्लिरहेको पाइन्थ्यो ।
धेरै दिन पछि समकक्षि हरि र उसको भेट नजिकैको कफि सपमा भेट भयो । कुराकानी हुँदा हुँदै नजिकैको केटीमाथि सन्तोषको आँखा लाग्यो । उसले यो कुरालाई चासो नदिई कुरा अर्कै मोड्न आँटदा हरिले प्रसंग दोहोर्याए । कुरैकुरामा सन्तोष अब नारी प्रधान लेख तिर रतिभर पनि नढ्ल्किने बताए । कुरो गम्भिर रहेछ । सन्तोषले मनपराएका केटी साथी धेरै रहेछन् । तर उसले लेख्ने गरेका लेखमा उसकि प्रियसीको रत्तिभर पनि चासो रै नरछ ।
सामाखुसी सन्तोषको बसाई बालकुनीबाट सदिक्षालाई इसारा गर्यो । उसले सोच्यो उसको चम्किलो आँखाले  केही प्रतिउत्तर दिन्छ होला ।
अर्को बिहान उ कामको सिलसिलामा जमल पुग्छ र कोल्ड टि लिन्छ । बिहानमा संसार सारा सेतो देख्छ र बाटो नी सेतो देख्छ । तर चिसो बढेको अभास पाँउछ ।
एक दिन अचानक सन्तोषको संगै कलेजमा पढेकी संगितासँग भेट हुन्छ । उ सबै भन्दा मायालु बन्छे । उसले आफूले लेखेका नोटहरु पढ्न, रोज्न, छुट्याउन र ठिक ढंगबाट हल गर्न दिन्छ ।
एउटा ठूलो होटलमा सन्तोष चिसो को बेला पुग्छ । उ अपरिचत ढंगले त्यहाँ पुगेको हुन्छ । कुनै राष्ट, जात, वर्ग, युनियन, पार्टी, कुनै ग्यांगको लिडर,कुनै अदृश्य पात्रको रुपमा उ पुगेको हुँन्छ । उसको कपडा कुनै न कुनै कवि समारोहमा प्रदान गरिएका तथापि ठिक नहुने भने हुन्छन् ।
साँझमा उ झँस्कन्छ, उस्ले गाईजात्रा कवि प्रतियोगिता प्रज्ञा प्रतिष्ठानमा सफल भई ताम्रपत्र र नगद रु २५००० पाउने खबर सुन्छ ।
मेल चेक गर्छ र पोखराका साथीहरु, उदयपुर र भोजपुर, सल्यानका सबै साथीहरुलाई धन्यवाद दिएकोमा कृतज्ञता ज्ञापन गर्छ ।
र उ अक्क न बक्क हुन्छ । त्यत्त्रो समारोहमा के भन्ने ? के गर्ने ? के बोल्ने ? उ र नभुल्लमा पुगेको हुन्छ ।
भोलीको ७ बजे पछि उसले सबै टिपोट तयार गर्छ र लेख्छ ।
“वन्न कवि जो पनि सक्छ” तालि घन्कन्छ । तर   छक्कलाग्दा र राम्रा कविता लेख्न सक्ने कवि विरलै हुन्छन् र सबै त्यस्ता कबि हुँदैनन् ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !