साहित्यीक सृजना , पूर्वीय र पाश्चात्य शास्त्र                                

धेरै शास्त्र पढ्ने मानिसलाई साहित्यक श्रृजना दिकदार लाग्न सक्छ । मानवीय अभिरुची के मा छ ? प्रत्येक व्यक्ति भिन्ना भिन्नै दृष्टिगोचर गर्छन । कोही समाजशास्त्र, त केही विज्ञान, कोहि हिसाव, भूगोल, इतिहास, मनोविज्ञान, अर्थशास्त्र, नैतिक शास्त्र आदी इत्यादी अध्ययन गर्छन ।
साहित्य कहिल्यै मर्दैन खयर त्यो पूर्वीय होस वा पश्चिमी !
पश्चिममा अरस्तु, प्लेटो, होमर, दाँते, जोन मिल्टनका दन्ते, सेक्सपियरका दन्त्य कथाहरु अपाच्य भएकाहरु पूर्वीय चण्डी भागवत गीता अनुशरण गर्दै रामायण पढ्न मग्न हुन्छन् ।
त्यसो त हाम्रा नौजवान कलिला भाइ वहिनीहरु संस्कृतका पारंगत होलान भन्ने प्रश्न किन नउठाउने । पहिले हाम्रा कक्षा कोठाहरुमा संस्कृत विषय पढाउने गरिन्थ्यो । अनायस एक भाईलाई भेटेको थिए उनलाई पूर्वीय दर्शन अलिकति भए नि आँउदो रहेछ । यसो फूट्कर कविता, कथा, गीत, गजल र एकाङ्की पनि लेख्दा रहेछन् उनी । श्रृजना हेर्दा छक्क  हुने तर पटक पटकको रटान भन्दा सरलतामा विश्वास गर्ने रहेछन् उनी ।
तत्वज्ञान कसरी लिउँ भनी सोद्दा भने तँपाई अंग्रजी पढ्नुहोस संस्कृत र संस्कृति हावी भइहाल्छ ।
म त तीनछक्क भइ हालेँनी । संस्कृतको किताब खोजी शनिबार कही सिँकौ भनी नुहाएर चण्डी हेरेको आँखा तिरमिराए । अक्षर त नेपाली देवानगरी जस्तै नी अर्थ थाहा नभया । जिल्ल परिङ्ग । संस्कृत सिक्न बुढेसकालमा कहाँ जाने होला ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !