chitra 27

आज चैत्र २७, बिहान ५ः३० मा उठेर ड्युटी गर्न सधैँ जसो गाह्रो भएन तर आजको समोसा भिन्नै स्वादको थियो । काम खासै भएन, व्यस्त रहिन आज कम थकित भएँ । आज किताब पढ्ने मेसो आएन । न त कुनै पत्रपत्रिका पढियो कारण ३ घण्टा चश्मा नै थिएन आँखामा । आज कम्प्युटरमा हात अरु दिन भन्दा कम चलाएको कारण पनि होला मानसिक तनाव भएन । तर पुतलिसडक तिर चश्मा लिन जान शुरु चोटी गाह्रो भयो । त्यसो त घाममा नहिँडेको धेरै भएछ । आँखामा हाल्ने दुई ड्रप, डिब्बा औषधि ल्याएँ । ब्लुकट लेन्स पनि राखेर चस्मा तयार गर्न लगाएँ । बेलुकि पाँच बजे चश्मा पनि तयार भयो । साथै मन फुरुङ्ग भएको छ आजराती रिङ्गटा लाग्दैन होला । तर वास्तवमा समोसा, चिया, जेरी साँच्चै मीठो थियो ! 

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !