आज चैत्र २७, बिहान ५ः३० मा उठेर ड्युटी गर्न सधैँ जसो गाह्रो भएन तर आजको समोसा भिन्नै स्वादको थियो । काम खासै भएन, व्यस्त रहिन आज कम थकित भएँ । आज किताब पढ्ने मेसो आएन । न त कुनै पत्रपत्रिका पढियो कारण ३ घण्टा चश्मा नै थिएन आँखामा । आज कम्प्युटरमा हात अरु दिन भन्दा कम चलाएको कारण पनि होला मानसिक तनाव भएन । तर पुतलिसडक तिर चश्मा लिन जान शुरु चोटी गाह्रो भयो । त्यसो त घाममा नहिँडेको धेरै भएछ । आँखामा हाल्ने दुई ड्रप, डिब्बा औषधि ल्याएँ । ब्लुकट लेन्स पनि राखेर चस्मा तयार गर्न लगाएँ । बेलुकि पाँच बजे चश्मा पनि तयार भयो । साथै मन फुरुङ्ग भएको छ आजराती रिङ्गटा लाग्दैन होला । तर वास्तवमा समोसा, चिया, जेरी साँच्चै मीठो थियो !
www.smoonsharma.blogspot.com
Wednesday, April 10, 2019
Subscribe to:
Post Comments (Atom)
देउवा पक्षको सचिवालयको विज्ञप्ती
काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...
-
काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आय...
-
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल ...
-
काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्र...
No comments:
Post a Comment