काम त गर्नु नै छ जानी नजानी

वर्ष १६ र १७ को नौलो बिहानी
नत कसैको गाली गलौंच
न त तिखे हेराई
मानविय संवेदना र चेतनाले प्रफुल्ल त्यो मन
विहानीको झिसमिसे हुर्कियो शहर मै
टाढा थिए समस्या म त अर्कै
चिन्ने मानिस अनगिन्ती
मुस्किल नहुने कुनै कुरा गर्न
मानिसको कस्तो तादम्यता
न त ध्वनी, न कोलाहल
सफा मन र भावना बोल्नु थियो हाँसी हासीँ
अध्ययन जारी नै थियो न त खर्चको जोहो
मित्रता पनि हरायो बोली हरायो हाँसो हरायो
खुसी केवल न्यानो जीवनका लागी
ईश्वर छन् मानिस नि सुखी
पूर्वीय दर्शन होस या पश्चिमी
संस्कृतको आभास रात र दिनको पलको आभास दिने
प्रकृति प्रदत्त हुन सकिने चर्म स्पर्श ज्ञानेन्द्रिय के का लागि
अनावश्यक फूर्ती के का लागी
समाहित हुनुछ मन, मष्तिस्क र आत्मा माथि
पश्चिमा दर्शन त कति कोशौं टाढा
मेलै नखाए नि आनन्द दिँदा
चोट भरिएको कथालाई आनन्द दिने
पूर्वीय दर्शनले घाउमा रुवा कपासले मनमा शान्ति दिलाउने
तथापि नीजि काम त गर्नु नै छ जानी नजानी


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !