chaitra 25

       आज चैत्र २५ गते, मलाई बिहानको समयमा उठ्ने बानी परको छ, हर्षित छु । त्यसो त व्यवहारिक बनिसकेको छुइन मानसिक तनावमा पर्न थालेको छु । अलिकति बढ्ता कुरा घर परिवारका सदस्यले गर्दा बेहोसी हुन थालेको छु । आमाले कराउँदा मेरो मनबाट अनायास घिन लाग्दा कुरा निस्कन थालिसेकेको छ । मलाई थाहा भएसम्म मेरो मुखबाट यी कुरा त्यती कहिल्यै निस्कदैन । हिजो बहिनी र आमा मिलिमिल कुरा घुमाई घुमाइए दिमाग केलाए, झन्डै बेहोसी भएँ । एक छिन मलिन भएँ । आँखामा आँसु आयो । त्यसपछि खाना निल्न गाह्रो भयो । यो त सत्र दिन सम्म परिक्षामा पढ्न बस्दा पनि झन्डै बेहोसी भई, खानेकुरा निल्न गाह्रो भएको पनि हो । त्यतिन्जेलमा बहिनी र मेरो झगडा परेछ, उसको हातमा मैले नंग्राले कोपरेछु पनि । दिमागको सचेतना हराउँदा ।
   बिहानको यात्रा त्रिपुरेश्वरतिर लागियो । बागबजारको बाटोमा एउटी नचिनेको बयस्क महिलाले उताको बाटो तिर जाने संकेत गरि । म गइन । बागबजारको फुटपाथबाट भक्तपुर बसस्टपमा जाँदा ठूलो कुकरले झम्टीन खोजो । खिचा होइन घर पालुवा कुकुर । हस्यांग, फस्यांग गर्दै दौडियो । टोक्ला जस्तो लाग्यो डराएँ । साँच्चि भन्नै विर्सेको अस्ति पुराणको सामाग्री छापेर पुर्याउँदा कोटीहोम यज्ञमा जाँदा काली नामको कुकुरले टोकेको थियो त्यसपछि साह्रै विरामी भएँ । दिमागी र स्वासप्रश्वासको । त्यसो त प्रदुषण, धुँवा, धुलो सम्बन्धि समाचार पनि लेखेको त थिँए ?
म त्रिपुरेश्वर आँखा अस्पताल गएँ । टोकन लिएँ ।
   टोकनको पालो नआएको बेला चिया खान पुरानो  सिटी पेज भएको सकेट बिल्डीगं छेउको फुटपाथमा पुँगे । एउटा बटुवाले भन्यो । त्यहाँ सेल इन भन्ने कम्पनी थियो रे । त्यसपछि अफिसै अफिस भरिएको भवन हो रे त्यो । तलको पसलको भाडा रु २,००,००० मा अस्ति नै लागि सक्यो रे । सबै चाइनिज सामानको होलसेल अनि रिटेल त्यहाँ बस्दै छ रे ।
उनीसँग प्रिपेड मोबाइलको कुरा चल्यो । प्रिपेड मोबाइल आएको एक दशक र आधा पनि नभएको रहेछ नेपालमा । उनले भने पहिले पेजरले सञ्चारमा नयाँ आयाम दिएको हो । मैले पनि रु ७८,०० मा पेजर भर्खर निस्कदा देखि एउटा सेतो मोबाइल ल्याएको कुरा पोखेँ । उनी भन्दै थिए, अहिले त फुच्चाफुच्चीको हातमा पनि मोबाइल छ ।
मज्जाको हाँसो भयो हामी दुई बिच । सायद, त्यो हाँसो धेरै बर्ष पछिको थियो मेरो, खुसीको एक पराई मान्छेसँग । म प्रफुल्लित हुँदै टोकन लिन पुँगे डुनट खाएर । त्यसपछि आँखा जचाएर आएँ । पावर बढेछ । चश्मा नयाँ बनाउनुपर्ने भो ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !