अनौठो शहरमा रुमल्लिएको जीवन

काठमाडौं एउटा व्यस्त शहर ! यस्तो व्यस्तता जहाँ मानिसका मनमा केही न केही नौला नौला सपना बुनिएका हुन्छन । हजारौं अपरिचित मान्छे कसैसँग सम्पर्क नभए आफू नै अपरिचित  जस्तै भइने राजधानी त भन्नु मात्रै ? तै पनि के गर्ने ? आफ्नो पढाईको शिलशिला र काम पनि खोज्नु पर्यो भनि मैले यो शहर यावत कठिनाइका बावजुत रोजें ।
बाल्य काल सम्ँिझदा कसलाई आनन्द लाग्दैन र ? समय गएको अत्तोपत्तो नहुँने । बालापन सम्झेर ल्याउँदा त धुरुधरु रुनु जस्तै हुने ?
कहिले हिसाब र विज्ञानका सुत्र घोक्न नआँउदा शिक्षकको लठ्ठी खाएको सम्झना आउँछ र त्यसै हाँस पनि उठ्छ अहिले । संगै साथीहरु संग भेट भइ भलिबल खेलिन्थ्यो । न कसैको डर न केहीको त्रास कस्तो आनन्द ? साथीहरुसंग ठ्ट्यौली, अनि मिलिजुली पढ्ने बानी । त्यस्तो फुर्सदीलो दिन कहिले आउला र अहिले । साह्रै राम्रो समय थियो अब त्यो दिन त फर्केर आउँदैन ? के गर्ने ?
त्यसपछि  प्रविणता प्रथम वर्ष शुरुवात ताका नै अफ्ठ्याराका दिन गन्ती भए । पढाइका साथ साथै काममा व्यस्त हुनुपर्ने पनि त थियो । काम बिनाको आराम कसलाई पुरा हुन्छ र ? राजा देखिन राष्ट्रपति सबैलाई काम गर्नुपर्ने हुन्छ भने हामी त साना तिना झ्याउरे मानिस ! खाली हात यो शहरमा बाँच्न सकिने कुरो पनि भएन । पारिवारिक स्थिती उच्च भएको भए त ती समस्या झिना मसिना हुने थियो होला । त्यसकारण एउटा कम्प्युटरको अफिसमा बसेर डिजाइनरको काम गर्दै मैले पत्रकार हुने सपना बुनें ।
तर मानिसको इच्छा, आकाँक्षा त सम्भव होला तर सपना कहाँ त्यसै पुग्छ । म एउटा टि.भीमा ३ महिने तालिम बेतलबी पत्रकारको रुपमा काम गरेँ । जब नयाँ नयाँ मानिसका संगोलमा पुगेँ । केही नयाँ कार्यक्रम र नयाँ नयाँ जमघटमा भेटघाट हुने जमर्को भयो । अनि आफू भन्दा केही दिग्गज व्यक्ति सँग भेटने मौका पाइयो म निकै आनन्दीत भँए । देशका ठूला पार्टीका नेता, व्यापारी, फिल्मका नायक भेट्दा म आनन्दीत हुन्थे । तर जब आफ्नो जीवन सोच्थें त्यो भ्रम हो कि भन्ने मान्थे ।
अनायासै मैले मेरो पेशा छोड्दा म भ्रममा भुमरिएँ  । एउटा यस्तो भ्रम जहाँ दिमागका रेशा रेशामा कोही मानिस देख्दा डर, त्रास र धम्की दिएको जस्तो  । म विल्कुलै पागल भएको थिएँ । अनि डाक्टरको सुझाव अनुसार मैले पुरा ओछ्यानमा बस्नु पर्यो । पाँच वर्ष अन्तराल त्यसै वित्यो । मेरो एउटै साथी थियो टि.भी. । यस बाहेक अन्य साथीको संगोल त के ? परिकल्पना पनि भएन । त्यो कुरा मेरो जीवनको कटुता थियो । आजकल म भ्रम र वास्तविकतामा फरक त केलाउन सक्दिन तर मायाको लागि म सम्झौता गर्नै सक्दिन । किनकी त्यो दौरानमा मैले माया भन्ने पटक्कै पाएको थिइन ।


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !