बहुला
यहाँ संसार वहुला
वहुला जगतमा बाच्नुभाछ तपाँई कहिले ?
यहाँ मोटरगाडी चलाउने मान्छे बहुला ।
यहाँ भट्भटे चलाउने मान्छे बहुला ।
घरमा बस्ने, फ्लाटमा बस्ने मान्छे बहुला ।
वकिल, डाक्टर, इन्जिनियर, पाइलट सबै बहुला ।
यहाँका हवाइजहाजका उडान बहुला ।
यहाँका नेता, कार्यकर्ता सबै बहुला ।
यहाँका जागिरे र उनका सन्तान बहुला ।
यहाँका प्रहरी, हाकिम, विद्यार्थी सबै बहुला ।
यहाँका दुलही देखिन दुलहा वहुला ।
यहाँका जन्ती वहुला ।
म पनि बहुला ल तिमि पनि बहुला ।
यहाँका मेशिन, कलकारखानाका आवाज सब बहुला ।
यहाँका खिचा कुकुर र चिडिया घरका विराला, उल्लु सबै बहुला ।
यहाँका पत्रकार, नायक नायिका सबै बहुला ।
बहुला शहर, बहुला गाँउ बहुला परिवेश ।
संसारै बहुला ।
हरियो, कालो, निलो, खैरो, कलेजी सबै रंग बहुला ।
हे बहुला पृथ्वी मलाई यो खाना पचेन ।
किनकी यहाँका खानामा वीष हालिएका थे ।
हैन क्यारे सायद म पो हुँ कि बहुला ।
यहाँका माटो, पात चैं अमर छन हातमा रहेसम्म
त्यो पनि झरेछीइ भएनन् पागल ।
बहुला काजि हाए हाए ।
बहुला नानि स्वे स्वे ।।


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !