समयको महत्व

समयको महत्व
घडीको काँटा पल, पल घुम्दा कहाँ थिए म ?
एक मिनेट हैन पाँच सेकेन्ड, त्यो नी नभनौ चौबिसौ घन्टा दिन र बार वाई वाई ।
ज्ञान विनाको मान्छे र पानी विनाको मान्छे उस्तै हैन र ?
साह्रै लाटो छस् भन्ने गर्छन साथी, संगीनिहरु ।
घडी टिक । टिक । टिक ।
कहाँ हराएछु ? कस्तो शुन्यता ।
फेरी सोच्छु शुन्यता बाटै शुरु हुने होला सबै  जीवन ।
पलहरु विते मनि आर्जन गर्न ।
पाना पल्टाउने समय गए रे जीजुले भनिसेको ।
२ छाक त टार्नै पर्ने भो ?
जीवनको गोरेटो चौतारीमा पुर्याउँदा नै नेटो काटिने त हैन ?
फ्रस्टेशन हटाउन हिपप सुन्ने बेला भो ।
माया प्रेमको कुरा गर्ने समय गए सोल्टिनी संग ।
आईकम, विकम नजिकै गर्दा ।
हाँसो के ? आँसो के ? चिया पानी नै बिर्सनु पर्ने बेला भो ।
काठमाडौंको घुम्ती कहाँ, कहाँ अल्मलिने जिवन साह्रै वोर भो । केही इलम नपाइएछी सोच्नै पर्ने भो ।
रातदीन डिस्कोबार जान छोड है भन्छन् गाँउमा बा आमा, आफ्नो हालत आफैं वुझदा पागल भइने भो ।
कुरा काट्ने सुद्दी भएका दौतरीले अल्लारे भए पनि ओरालो लागेको हरिण मन त गाडीने भो ।
दशैं, तिहार आयो, होली नी आँउछ नी भन्दै चित्त बुझाउनु पर्ने भो ।
समयको महत्व के हो, एक मिनेट हैन पाँच सेकेन्ड, त्यो नी नभनौ चौबिसौ घन्टा दिन र बार वाई वाई ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !