Skip to main content
घायल मुटु

छाती भक्कानो फुटो
शरिर कापि रहेछन्
क्रोध सेलाइदिन्छ
मुटु घायल भयो

एकान्त प्यारो लाग्न थाल्यो ।
जीवन कहाँ छ ।
नर्क स्वर्ग हो कि, 
स्वर्ग नर्क हो  
छुट्टयाउन गाह्रो भयो ।

चिरविर गर्छन चराहरु
आफ्नै लागी हो कि
के छ र मनका कूरा त्यो आफ्नो भएन ।
माया प्रेम त सवै भगवान कै लागी ।
ईश्वर कहाँ खोजु धर्तीमा कि सूर्य चन्द्रमहाँ ।

फूल टिपी लगाँउ माथमा
अछ्यता लाउँदा हुन्छ की मनमा शान्ति 
राशिको पत्थर कहाँ खोजौं कि त्यसले दिन्छ र मनमा शान्ति 
भक्कानो फूट्छ तिम्रो मायामा ।
प्रिय छोडी गयौ कहाँ कहाँ 
दोषी को हो छुट्याउ तिमी आँफै
ईश्वरीय राहु भन्छ तिमी राछ्स बन ।
एक मुस्कान देउ प्रिय
छोडिदिउ यो पवित्र आत्मा लाई  ।
के तिमी वनी दिन्छौं यो तान्डव मनलाई शान्त पार्न भगवती काली ७तिस
वन्नैपर्छ हामी यमराजका जन्ती
तिम्रो मौलाएको जीवन हुन्छ रे, एक दिन खरानी ।
मेरो नी  हुन्छ त्यस्तै गती ।
पावन वनी देऊ तिमी मेरै लागि

तिम्रो धड्कनमा रमाउँछु ल म सधैं सधैं  ।

Comments

Popular posts from this blog

निर्वाचन खर्च सिमा तोकियो

काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् । काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ । २७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् । ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् । यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् । ३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ र...

सुनको भाउ २,७०००० कायम

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सयमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ३५ रुपैयाँमा कायम भएको थियो । (राजधानी डेलिबाट)

धातुलाई सुन प्रमाणित गरेर ठग्ने व्यक्तिहरुलाई पक्राउ पूर्जी

काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्रमा ठगी गरी फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार मिति २०८२ पुस ८ गते काठमाडौँ जिल्ला अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर दुईजनाको समूहबाट नगद पाँच लाख रुपियाँ ठगी गरी फरार भएका व्यक्तिहरूको खोजी भइरहेको थियो। सोही क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी क्षेत्रबाट चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३ नख्खु बस्दै आएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८ पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ रहेका छन्। त्यसैगरी मकवानपुर जिल्ला बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिरबहादुर तामाङ भन्ने बिवासित स्याङ्तान र नवलपरासी जिल्ला देवचुली नगरपालिका–...