Posts

How is your Days going on

Image
Time never get you freed. Leisure day mentions you a lot. I punished today myself to live doing something. No gathering, not assembling but partly doing naissance. Some years ago I got English literature, then mass communication books and now doing differently on socialism . Hovering towards reporting news and desktop publishing either on marketing for press support it has been tough progress. Complying achievement lacks satisfaction merely thoughts when I was a student. Far across the distance from eastern background residing in capital been hard climax. Attorney of people, their demands and impeachment on labor and cost demands on doing merchandised goods is severely tarnishing. Dramatized gossiping on take and flow of coins on thin calamities are rear banishment on thin foots on my choice of business. Lord's benediction are for all people. Lord shiva gives peace, prosperity and power to get their charm dreams. Lord Pashupatinath never hang out to devotees to rear hands. Actions ...

आज पश्चिमी वायुको प्रभाव रहने छ

Image
                                 देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।आज पश्चिमी वायुको प्रभाव रहने छ । त्यसकारण तराईका भूभागमा चिसो बढ्ने तथा हुस्सो लाग्ने संकेत मौसम पूर्वानुमान महाशाख...

अन्तत जनता समाजवादी पार्टी पनि आगामी चुनावमा समावेश हुने

Image
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन्। पार्टीको १ नं प्रदेश समितिद्वारा शनिबार विराटनगरमा आयोजित जनसभामा उनले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जसपा सक्रिय रूपमा सहभागी हुने धारणा राखे। अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार अन्त्यसहित सुशासन कायम हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्नेलगायत माग राखी गत भदौ २३ र २४ गते प्रदर्शन भएकाले यो आमयुवाको माग रहेको उल्लेख गरे। उनले सबै राजनीतिक दल सुशासन कायम गर्नेरगराउने मार्गमा जनअपेक्षा अनुसार चल्नुपर्नेमा जोड दिए। (नागरिक न्यूज)

परान रुचाइएको चलचित्र सिनेमा हलमा पनि धेरै दिन प्रदर्शित

Image
परान अझै पनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ। शनिबार ३० बढी शो दिइएको परानले आइतबार केही कम हल पाएको छ। यद्यपि कतिपय हलमा अहिले पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको छ। शनिबार ललितपुरको लबिम मलको हल हाउसफुल रह्यो। साथै पश्चिमका केही हलमा पनि दर्शकको राम्रो उपस्थिति पाइएको छ। उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँ बसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ। यस्तै उपत्यकाबाहिर नेपालगञ्ज, दाङ, बुटवल, चितवन, इटहरीजस्ता सहरहरूमा पनि दर्शकको संख्या राम्रो पाइएको छ। सो अवसरमा परान टिमले बूढानीलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गरेको छ। फिल्मका निर्माता रञ्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा वृद्धवृद्धाका लागि न्यानो कपडा वितरण गरिएको छ। निर्माता आचार्यले आगामी साता अर्को एक विशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केही विशेष घोषणा पनि गरिने जानकारी गराए। पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दीक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन्। उनले केही साताअघि आप्mना आश्रममा आश्रित बालबालिकालाई परान देखाएकी थिइ...

कोइरालाको सहयोग पछि संसदीय दलको उमेदवारी फुकुवा

Image
नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाको निरन्तर दबाब र खबरदारीपछि आज नेपाली कांग्रेसले कारबाही फुकुवा गरेको छ । कारबाही फुकुवाका लागि उनले विगत देखि नै पार्टी सभापति तथा पदाधिकारीसंग छलफल गर्दै आइरहेका थिए । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका सबैलाई कारबाही फुकुवा गरेको छ । उम्मेदवारसंगै प्रस्तावक, समर्थक तथा असहयोग गर्ने सबैको कारबाही फुकुवा गरेको छ । पार्टीको अनुशासन उल्लंघन गरेका नेताकार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन तथा विधानअनुसारको स्वतः कारबाहीको बाँकी अवधि माफी तथा मिनाहा गर्ने निर्णय गरेको छ।  साथै, कारबाही माफी पाएका व्यक्तिहरुको क्रियाशील सदस्यता निरन्तरता दिँदै नवीकरण गर्ने निर्णय पनि गरिएको छ। वरिष्ठ नेता डा। कोइरालाले केही दिन अघि मात्र नेपाली कांग्रेसका सभपति शेर बहादुर देउवालाई भेटेरै कारबाही परेका सबै नेता तथ कार्यकर्ताको बिना शर्त कारबाही फुकुवा गर्नु आग्रह गरेका थिए। डा। कोइरालासंगको छलफलपछि मात्र सभापत...

ररसुवागढी नाका खुला, जनवरी १ बाट यातायात सूचारु

Image
काठमाडौं । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आउने भएको छ। चिनियाँ पक्षले शनिबार सूचना जारी गरेर आइतबारदेखि नाका सञ्चालनमा आउने जानकारी दिएको हो। तर, नाका खुले पनि तत्काल सवारीसाधन भने सञ्चालन हुने छैनन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आइतबारदेखि नाकामा ढुवानी गर्दै आएका सवारीचालक चीनतर्फ जान पाउने छन्।  ‘चीन प्रवेशका लागि निवेदन दिएका सवारीचालकलाई आइतबारदेखि प्रवेशका लागि चिनियाँ पक्षले अनुमति दिएको सूचना हामीलाई दिएको छ। आगामी जनवरी १ देखि एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ।’ चिनियाँ पक्षले जारी गरेको सूचनाअनुसार भोलिदेखि सीमापार ढुवानीमा संलग्न यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइनेछ। सबै विदेशी व्यापारिक प्रतिष्ठानहरूले समयमै सम्बन्धित पक्षलाई सूचित गर्नुपर्ने र नेपाली चालक तथा कर्मचारीहरूले प्रवेशअघि नै आवश्यक तयारी पूरा गरी सवारीसाधन लोडलगायत कार्य सम्पन्न गर्नुपर्ने चिनियाँले जारी गरेको सूचनामा उल्लेख छ।  आगामी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारीसाध...

स्वास्थ्य सेवा सम्बन्धि शूल्क अनिवार्य गराएकोमा नेपाल वैदेशिक रोजगारसँगको मिश्रित प्रतिकृया

Image
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बढाईएको स्वास्थ्य परीक्षण शुल्क खारेज गरिसकेको अवस्थामा पनि अझै केही स्वास्थ्य संस्थाहरूले सरकारको निर्णय नमानेकोप्रति आपत्ति जनाएको छ । संघले शुक्रबार आकस्मीक पत्रकार सम्मेलन आयोजना गरि यस्तो आपत्ति जनाएको हो । संघले स्वास्थ्य संस्थाहरूको यस्तो गतिविधिप्रति आपत्ति जनाउँदै चौतर्फी दबाबपछि कामदारलाई बढी आर्थिक भार हुने शुल्क बृद्धिको निणर्य खारेज गर्ने सरकारी निणर्य अस्वीकार गर्नु केही स्वास्थ्य परीक्षण संस्थाहरूको श्रमिक विरोधी कदम भएको बताएको छ । संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज गरिसकेको अवस्थामा पनि अझै केही स्वास्थ्य संस्थाहरूले सो निर्णय अस्वीकार गर्नु श्रमिक विरोधी कदम भएको धारणा राखेको छ । गत ४ पुसको श्रममन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारस्मा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज भएको थियो । सोही विषयलाई लिएर संघले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरि श्रम मन्त्रीस्तरीय निर्णयको विरोधमा सेवा बन्द गर्न...

अब ३ करोडभन्दा माथिको जमिन खरिद बिक्री गर्दा प्रमाणिकरण गर्नुपर्ने बाध्यता

Image
काठमाडौं । ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरिद–बिक्री अब अनिवार्य रूपमा फर्म वा कम्पनीमार्फत गर्नुपर्ने सरकारी व्यवस्था कार्यान्वयनको निर्णायक चरणमा पुगेको छ । सरकारले उच्च मूल्यको घरजग्गा कारोबारलाई औपचारिक नियमनको दायरामा ल्याउने उद्देश्यसहित अघि सारेको यो नीतिले एकातिर बजारमा पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ भने अर्कोतिर सुस्त अर्थतन्त्रका बीच थप कडाइले कारोबारलाई अझ दबाउने हो कि भन्ने आशंका पनि उठ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारका लागि इजाजत ९लाइसेन्स० लिन १ सय ९८ वटा कम्पनीले आवेदन दिएका छन् । सुरुमा ३० दिनका लागि खुलाइएको आवेदन अवधि दुईपटक म्याद थप गरी कुल ४५ दिनसम्म कायम गरिएको थियो, जुन गत मंसिर २७ गते समाप्त भएको थियो । यस अवधिमा आवश्यक कागजातसहित निजी क्षेत्रबाट उल्लेख्य आवेदन पर्नु सरकारको नयाँ व्यवस्थाप्रति चासो र तयारी दुवै रहेको संकेतका रूपमा हेरिएको छ । कम्पनीमार्फत कारोबार अनिवार्य, किन आयो यस्तो नीति रु सरकारले २७ असोज, २०८२ मा राजपत्रमा सूचना प्रकाशित गर्दै एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार ...

फागुन २१ गतेका लागि एक करोड ८९ लाख मतदाता

Image
काठमाडौँ, पुस १३ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदा...

दिर्घरोगीको मात्र नभई स्वास्थ्य बिमा सबैको साझा सवाल

Image
काठमाडौँ, पुस १३ गते । स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।  स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले देशका सबै मानिस स्वास्थ्य बिमामा आबद्ध हुने हो भने बिमा कार्यक्रमलाई अगाडि बढाउन कुनै समस्या नहुने बताउँछन् । कार्यकारी निर्देशक डा. काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको एक दशकमा धेरै सुधारका काम भएको बताए। उनले बिमा बोर्डमा विभिन्न समस्या भए पनि जति प्रगति भएको छ, त्यसलाई उपलब्धिका रूपमा लिनुपर्ने बताए । अन्य देशको तुलनामा नेपालले बिमा कार्यक्रममा जे जति उपलब्धि हासिल गर्न सकेको छ, त्यसलाई सन्तोषजनक रूपमा लिनुपर्ने उनको भनाइ छ । कार्यकारी निर्देशक काफ्लेले बिमा कार्यक्रमले धेरै जिल्ला र स्थानीय तहलाई समेटेको बताउए। उनले स्वास्थ्य बिमामा आबद्ध भएका दीर्घरोगी, नियमित औषधी सेवन गर्ने, क्यान्सर...

असल नेताको कार्यभारले मात्र राजनीतिक माहोल स्वच्छ हुने रवि लामिछानेको स्पष्टोक्ति

Image
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको सहमतिपछि लामिछानेले उक्त अभिव्यक्ति सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । आइतबार बिहान लामिछानेले सामाजिक संजाल फेसबुसमा शाहसँग सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिर राखेर लेखेका छन्, ुसहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।ु लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ । शाहले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गरेका छन् भने फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने उल्लेख छ । (कान्तिपुर दैनिकबाट)

नेपाली काङ्ग्रेस निर्वाचनमा जाने संकेत पक्कापक्की

Image
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताएका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए । सभापति देउवाले भने, हामी लगायत सबै पार्टीहरु चुनावमा जान तयार छन्  तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्‍यो । एमाले पनि त तयार छ । एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए । (कान्तिपुर दैनिकबाट)

खानेकुरा कसरी सफा खाने

Image
खानेकुरा सफा राख्नुपर्छ । अस्वस्थ्य खाद्यपदार्थ फाइदाजनक हुँदैन । शुद्व खानेकुराको बारेमा लहर सामाजिक सञ्जालमा विगतको दशकमा नै चलेको देखिन्छ । खानेकुराको शुद्वता नाप्न गाह्रो मानिएता पनि गुलेटिन, चिनीको मात्रा नमिसिएको अप्रशोधित खानेकुरा एन्टीबायोटिक, हानिकारक विषादी र हार्मोन नघुलेका खानालाई प्राथमिकता दिइन्छ । अध्ययनको निश्कर्ष  पोषण नामक जर्नलमा समाविष्ट तथ्य तथ्याङ्कका आधारमा खुलाइएको नतिजाको आधारमा प्रशस्त उदाहरणहरु फेला पार्न सकिन्छ । भनिएको छ , मानिसहरुको चाहना सधैं अप्रसोधित, कच्चा र बनावटी खाना तर्फ मोडिएको हुन्छ । खोजमा विश्लेषण गरिएको तथ्याङ्क अनुसार ७०.०८% मानिस स्वस्थ्य खानेकुराद्वारा  लाभान्वित छन् भने बाँकी नियमीत खानेकुराको सेवनमा अमिल्दो इच्छा प्रकट गरी अस्वस्थ्य बन्दछन् . अनुसन्धानकर्ताहरुले स्वस्थ्य खाद्यपदार्थको समिश्रणमा वीउजन्य खानेकुरा, सुपारी, ओखर, बदाम, कालो दाल, भटमास, केराउ, अण्डा पर्ने विश्लेषण गरेका छन् । पोषण युक्त खानेकुराको सुचीमा विभिन्न खानेकुराहरु पर्दछन् । हरियो सागपात, फलफुल, नकुडिँएका अन्न, दुग्द्य जन्य खाद्य पदार्थ, चिज, ल्याक्टोज अमिश्रि...

अवुद्र्व रोगको वैज्ञानिक असर

Image
            मानिसमा अर्वुद रोगको असर देखिँदैन । यस किसिमको असरमा शरिर गल्ने, मनोविज्ञान थाहा नपाउने , शरिरमा दुखाई मच्चिने हुन्छ । मानिसमा हुने विभिन्न थेरापिबाट रोगको निधान हुने बताइन्छ ।  मानिसमा अर्वुद्व रोगको असर दिर्घ हुने जानकार बताउँछन् । बुढेसकालमा असंख्य रुपमा देखिने यो रोगको असर अचेल युवामा पनि फैलिँदै गएको एक वैज्ञानिक अनुसन्धानले देखाएको छ । त्यसो त सामाजिक संस्थाले लाखौं रकम रोग निधानको लागि खर्च गरेको पनि देखिँदै आएको नै हो ।        त्यसो त जानकारहरुको एक प्रयासमा विभिन्न वैज्ञानिक अवसरको रुपमा ओनोकोलोजिस्ट र हेमाटोलोजिस्टहरुले चिकित्सकसँग सरसल्लाह मुताविक खोजी जारी नै राखेको हुन् । ओनोकोलोजिस्ट र हेमाटोलोजिस्ट अध्ययन                यस किसिमका अनुसन्धान मानिसलाई विभिन्न एनिमियाको असर भएमा देखिँदै आइएको विश्लेषण गरिन्छ । मानिसमा देखिएका ट्युमरका समस्याको निधान यस अध्ययनमा पर्ने बताइएको हो । रोगीले कहिले काँहि आफैं रोग लुकाउँछन् । तथापि उक्त रोगको संक्रमण निधानको लागि एम...

खुसीयाली भन्दा बढि आलोचनाले पछ्याउने कारण

Image
गाली, कानचिरीलो वखानवाजी र गलत प्रचार मानिसको दैनिक जीवनको समयतालिका हो । त्यसका साथसाथै आलोचनाको अवयव अर्को सूचक हो जीवन जीउनुको । बालकलाई पनि थाहा हुन्छ लाठी र ढुङ्गाले मानिसको हड्डी फुटतैन तर गाली वेइजत्तीले मानिसको माया खोसिन्छ सकारात्मक सोच खोसिन्छ । साँचि भन्नु नै पर्दा हल्लै हल्ला हुन्छ र नकारात्मक गत्यारोध मात्र मानिसको जीवन बन्दछ । तरपनि मानिसको नकारात्मक सोचलाई परिवर्तन गर्न मानिस आँफै सचेत रहनु पर्छ र दुर्घटना, खतरा मोल्न सक्नुपर्ने सामाजिक अभियन्ताहरुको विश्लेषण रहेको पाइन्छ । कुनै पनि मानिस अविसादको भोगी गाली र हिज्जतबाट हुने नकारात्मक सोचको ध्वनी मष्तिस्कमा आउने नकारात्मक विवेचनाको कारणबाट हुने भनिएको छ । मानिसले किन नकारात्मक शंका जीवनमा वाच्नको लागि लिन्छ । अंग्रजीमा एउटा उखान छ, कुनै वच्चाको मुहार हेर्न त्यस वच्चाको ८ महिनाको भ्रुण सर्प जस्तो हो कि भ्यागुत्ता जस्तो हो पहिल्याउन चिकित्सकले शल्यकृया नगरि हेर्छ रे ! अर्थात ! मानिसको समस्याको निराकरण सुखको पहिचान हो । नकारात्मक समस्याबाट हटनु र समस्याको समाधान नै मुक्तिमोक्ष हो । पत्रकारहरुको आचरण गलत समाचारको तर्फ ध्यान इ...

नङ्ग खिइने गरी परिश्रम गर्नु सफलताको आधार होइन ?

Image
युवा पीढि कााममा प्राय दत्तचित्त हुने गर्छ । स्वमाविक हो पनि बढ्दो उमेर शारिरीक सुगठन र जनशक्तिको आधारमा यूवा पीडी श्रममा आश्रय लिनु वास्तवमा श्रमिक संसारमा नौलो भने होइन । तर मानिस भविष्य र कामको वोझसँग उत्तरदायी हुनु उत्तिकै आवश्यक मानिन्छ । स्कट ग्लोवे एक प्रध्यापक हुन् उनको जीवन नै काममा सहअनुकुलता, सामाजिक न्याय र व्यवहारिक ज्ञानमा खर्चित भएको हुन्छ । मानिसको जीवनमा पैसाको महत्व उत्तिकै छ जति उनीहरुको दक्षता, ज्ञान र सम्वन्धमा भन्न भ्याएका ग्लोवेका समझदार धेरै श्रमिक साथीहरु रहेका छन् । आजकल उनी सन्तुलित काम, व्यक्तिगत सफल जीवन, मानसिक तनाव र कार्यलयका शारिरीक वर्नआउटका समस्याका चिनारीबाट केवल टाढा भाग्न चाहान्छन् ।यसरी आफ्नो कार्यशालालाई नियमताका साथ बाँधिनुको कारण उनी त्यति खुल्न चाहन्नन तर यो काम गर्ने संस्कृति हो भन्न उनी रुचाउँछन् । एक खोज काममा सन्तुलन सन्तुष्टि चाहना मात्र नभएर एक तुष्टि पनि हो । लामो समय काममा दत्त चित्त भएर सटहीका निम्ति औंला भाच्नु समाजमा सहकारी चाहना र सवल जीवनको पहुँच त हो अवस्य नै ! तर उनको भनाईमा सहकारी सन्तुलन पनि एक जिम्वेवार विषयवस्तु हो । स्कट ग्...

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

Image
       उत्तर, विवेचनाका अर्थ राजनीतिमा केवल राजनीतिज्ञहरुलाई आउँछ । त्यसको संगालो, अवगालो, अर्थ र अनर्थ सवैका घर–घरमा खानकी पछि हुँदा सवैको टाउको निको नै हुन्छ ।   आजकल त्यस्तै समस्या ग्रन्थ राजनीतिक तरङ्गको विवेचना ताजा खवर हरेक सञ्चारमाध्यममा हेर्न, सुन्न पाइन्छ ।   भूत पूर्व प्रधानमन्त्री ओलीको निर्वाचनको घोषणावाट कर्कंषिएको राजनीतिको ताउर र माउर आज उपरान्त चलिरहेको छ ।   शुरुमा काङ्ग्रेसी दलहरुको भेला, सभा अनि वैज्ञानिक समाजवाद तर्फ मोडिएको महाधिवेशन । त्यसपछि भेलाले उत्कृष्ट बनाएको भूतपूर्व प्रधानमन्त्री देउवाको कुर्सि मोह अनि कुर्षिको निसाफ वेस्सरी चाखेकै हुन् नेपाली जनताले ।   महाधिवेशन पछि उद्घोष भयो स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन जसरी पनि हुन्छ । मै गराउँछु । भन्ने परिपाटी ।   पाँपाम् कुश सनासी, म धर्म तु अँलाची अर्थात राजनैतिक चुनावी माहोल पराकास्ट मै चल्यो भने नि हुन्छ ।   हो, १३ औं महाधिवेसनमा जसरी नेपाली काङ्ग्रेसले चुनावी ताउर र माउर मिलायो त्यसरी नै निर्वाचन नि हुँदा, कुर्सीको पेचकस वर्तमान प्रधानमन्त्री ...

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

Image
 कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं आए  । उनी साधारण लेख पढ् गर्न पनि सक्दैनथे । मानिस नचिन्दा उनको दिनचर्या ठेलामा चना, मक खाने हुन्थ्यो । तत्कालिन प्रमुख उपेन्द्र बहादुर प्रधानाङ्ग शंकरदेव क्याम्पसको डिन हुँदा उहाँको भाइ नगेन्द्रले २०३४ साल मंसिर ४ गते माधव खरेललाई पिउनमा जागिर लाइदिए ।  त्यस बेलामा नागरिकताको पनि चलन थिएन र उनको तलब एक सय सोह्र रुपैया मा मात्र सिमित थियो ।  त्यसबेला कलेजमा ८ घण्टा काम गर्ने र खाली हुँदा दिउँसो पुतलीसडक स्थित प्लाईउड पसलमा पनि संलग्न रहेको उनी बताउँछन् । लेखापढि कम भएका माधव खरेलको तलब बढेर लगभग तीस हजार पुगेको छ । उनका साथमा श्रीमती शुभद्रा खरेल २० वर्ष देखि शंकरदेवमा पिउन कै रुपमा कार्यरत छिन् । उनीहरुको काम चिठी पु¥याउने, बोतलमा पानी भर्ने, हाकिमहरुलाई तातोपानी पु¥याउने , घण्टी बजाउने, चिया बनाउने, बत्ति बाल्ने र नियमित कलेज खोल्ने र कक्षा कोठाहरु बन्द गर्ने रहेको छ । उनको परिवारमा उनका जेठा छोरा राजकुमार खरेल  पनि स्नाकोत्तर तहमा शंकरदेव क्याम्पस मै पढ्ने गर्छन । आफु कर्मचारी भए बापत...

निर्वाचनको सेरोफेरोमा विताएका समय

Image
               म गएँ । एउटा गाउँ । छाना जस्तै खरको । तर थाहा छैन । कता पुगेको हो । उकालो चढ्न गाह्रो । उ त्यो घर हो श्यामेको । उसको घरमा धेरै छन् । आमा–वुवा, बाजे–वराजु, काका, काकी, दाजु भाई र उसकी श्रीमती । घरको रंग फुँग उडेको । छाना पुरानो खरको । धेरै अघि मेरो साथि श्यामे म सँग घुलमिल निकै ग¥थ्यो । जव उ परदेश गयो । उ झर्को फर्को गर्छ म सँग निकै । तर त्यो घरमा निकै मान्छेहरु भए नि उसको ढंगको कारण मलाई फर्केर पनि उसको घर जान मन लाग्दैन । म अझ उकालो लाँगे निकै समय आरामको जीवनवाट सुखी जीवनको यात्रा खोज्दै गाउँका ठाम तिर, वारी तिर । मंसिर महिनामा हलो जोत्ने गोरु भेटिदैनन् । डाले घाँस नपाएका कारण । सानो छँदा जंगल धेरै हुने त्यो गाउँ एकाएक मरुभूमि वनेर उजाड बस्तिमा लागेको रैछ । मैले भेटेको पिपल, बडर, सिसौं, आँप, चाँप, धुपि, सल्ला र कदमका रुखहरुको न्यानो र चिसो मौसम दिने ग्रामिण ठाउँ आज हेर्दा अनौठो, उजाड र म आँफै कता कता गर्मीमा आएको वकुल्लो जस्तो । हिजो देखिएका चिसो ठूलो खोला आज सुस्ताउँदो मैलो पधेँरो जस्तो रैछ । म हिँडे माथि अझ उकालो सकिनसकि हैंसे गर...