Posts

देउवा पक्षको सचिवालयको विज्ञप्ती

Image
काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यकारी सभापति पूर्ण बहादुर खड्का पनि महाधिवेशनको लागि जाने प्रतिबद्वता तयार भएको पार्टीको आन्तरिक श्रोतले खुलाएको बताइएको छ । नेपाली काङ्ग्रेस पार्टी आन्तरिक स्वभावले सधैं फूटको संघारमा रह्यो चाहे दाजु मातृका प्रसाद कोइराला र प्रधानमन्त्री विपि कोइरालाको बीचमा राज काजको सम्वन्धमा होस । चाहे पूर्व प्रधानमन्त्री जिपी कोइराला र पूर्व सभापति शेर बहादुर देउवाका बीच होस् सधैं पदको टकरावको स्थीति नै रह्यो ।  नेपाली काङ्ग्रेस नेपाली प्रजातान्त्रिक काङ्ग्रेसको नाममा परिणत भएका दिन पनि आएकै हुन् । हालसालै वि.पि. स्मृति दिनको दिन पूर्व प्रधानमन्त्री देउवा, गगन माथि नकारात्मक प्रादुर्भावको रुपमा खनिए भन्ने समाचार पनि नेपाली मिडियामा छ्यास आए । यसै विच शेखर कोइराला पक्षधर नेताहरु काङ्ग्रेस पार्टी लाई मजबुत बनाउनु पर्ने ध्याउन्नमा लागेका छन् भने उता स्याङ्जाबाट सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ ।  यसै वीच पार्टी इतर पक्षले ७७ जिल्लामा केन्द्रिय प्रतिन...

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

Image
बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट्टि बोलाएका मात्र थिए । मैले हिल्स जुत्ता लगाएकी छु मलाई अफठ्यारो हुन्छ उनले भनेकी थिइन् । धेरै चोटी फोटो सुट गर्नु परेपछि उनी रिसले चुर बनेको समाचार प्रकाशमा आएको बताइएको छ । अभिनेत्री कृति सेननमाथि पत्रकारहरुको प्रश्न कृति सेननलाई रक्षा बन्धनको विज्ञापनमा लगाइएको पोशाकको बारेमा करीनाले जवाफ दिन चाहिनन् । उनले मेघना गुलजारलाई प्रश्न गर्न सुझाव दिइन् । प्रश्न सुन्दै डाइरेक्टरलाई प्रश्न गर्न जवाफ दिइन मेघनाले प्रश्नको सिमा कहिले काहीँ अभिनय अनुसार पहिरनको भाग रहेको बताइन । साउथस्टार पृथ्वीराज सँग करिनाको अभिनय  मेघना गुल्जारद्वारा निर्देशित “दायरा” फिल्ममा करिना अभिनेत्रीको रुपमा रहेको बताइएको छ । १९८० मा जन्मेकी करिना १८ वर्षमा रेफ्युजी फिल्मबाट हिन्दी सिनेमामा आएकी हुन् । उनी हालसाल गर्भवती रहेको कुरा अपुस्ट हल्ला भएको इन्डीयन एक्सप्रेसले बताएको छ ।

कांग्रेस भित्रको किचलो के सफा गर्लान त शेखरले !

Image
काठमाडौं । नेपाली काङ्ग्रेसमा यतिखेर पार्टीलाई कसरी अगाडी बढाउने भन्ने चटारो रहेको छ । उता यस अघि नै भृकुटीमण्डपको महाधिवेशनले पार्टी सभापति गगन थापालाई सभापतिको रुपमा स्वीकारि सकेको छ भने उनले पार्टीले थापालाई नयाँ रुप दिएको र युवा नेतृत्व खोजेको औंल्याएका छन् । जेनजी विद्रोह बीच नयाँ सोच र नयाँ परिवेशले आफू बहुमतीय प्रणाली अन्तर्गत नयाँ अध्यक्षको रुपमा निर्वाचित भएको नेता थापाले सावित गरेका थिए । अन्तत उनी देउवा पक्षधर नेतृत्व कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका थिए । अहिले संस्थापन इतर देउवा पक्षधर कांग्रेसले समानान्तर महाधिवेशन गर्ने बताइरहेको छ भने शेखर कोइराला समूहले पार्टी एकिकरणको ढंका पिटिरहेका छन् । उनको सामिप्यताले के काङ्ग्रेस पुन एकिकरण होला त ? आगामी काङ्ग्रेसको राजनीति कसरी अगाडी बढ्ला ? पूर्व प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेसलाई एउटै लहरमा जोड्न सक्लान त्यो पनि रोचक पक्ष नेपाली राजनीतिमा देखिने ढंग नै हुनसक्छ ! स्रोतका अनुसार पूर्व सभापति हंङ्कङ्को उपचारबाट फिर्ता भइ काठमाडौंमा फिर्ति भएको मौकामा भदौको अन्तिम साता महाधिवेशनको मिति तय हुने ब...

भोटेकोशी बाढीको प्रकोप हजारको मृत्यु, ३ हजार बेपत्ता

Image
काठमाडौं । भदौ १० मा आएको भोटेकोशी बाढिले विकराल क्षती पु¥याएको छ । बाढीको ७  औं दिन सम्म आइपुग्दा प्रकोप थेग्न चुनौति नै रहेको छ । रसुवा, चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट, र नवलपराशी इलाकामा लासहरुको ठेगाना लगाउन धौ धौ परिरहेको छ । हालसम्म १०५० लासहरु भेटिएको छ ।  प्रधानमन्त्री राहत कोषमा ६ अर्ब भन्दा बढी धनराशी संकलन भएको समाचार  आएको छ ।  उता नेपाल सरकारका पराराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बाढीको मानवीय जोखिमलाई सामान्य प्रकृतिक विपत्ति मात्र नलिइ हिमाली सुनामी प्रकोपको रुपमा लिन आग्रह गरेका छन् । उनले अन्तराष्ट्रिय न्यायको मुद्वा उठाएका छन्  र जिम्मेवार औद्योगिक राष्ट्रबाट सहयोगको अपेक्षा गरेका छन् । तर बाढी ग्रस्त क्षेत्रमा झाडापखाला, भाइरल ज्वरो जस्ता गम्भिर प्रकृतिका विरामहरु पनि फैलँदैँ गएका छन् ।  औषधी अभाव, दुषित पानी भीडभाव, शौचालयको अभावका कारण विरामीहरु शंकटमा परेको बताइएको छ । 

मौसम परिवर्तन सँगै वर्षा

Image
पश्चिमी मौसमको प्रभाव र स्थानीय वायुको प्रभाव तेज देखिएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भागमा बादल लागेको छ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले देशका कर्णाली र पश्चिम नेपालका केही भूभागमा मेघ गर्जन र चट्याङ्का साथ पानी परिरहेको बताएको छ । विभागको अनुसार यी स्थानमा आज दिउँसो पानी पर्ने र देशको तराई भू–भागमा पनि हल्का वर्षा हुने सम्भावना रहेको प्रकाशमा पारेको छ । 

नेपाली चलचित्रमा एआईको प्रयोगबारे प्रशिक्षण

Image
चलचित्र क्षेत्रलाई उज्जल बनाउने हेतुले कला संयोजनमा प्राकृतिक बौद्विकताको पहल हुने बताइएको छ । चलचित्र विकास वोर्ड र नेपाल एआइ फिल्म एलायन्स  (नाइफा)बीच भएको एक समारोहमा नेपाली चलचित्रका २०० भन्दा बढि प्राविधिक र कलाकारहरुको उपस्थिती रहेको बताइएको छ ।  चावहिल स्थित चलचित्र विकास वोर्डको प्रेक्षालयमा अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रमा एआईको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । यस्तै नाइफाका अध्यक्ष करुण थापाले एआईले चलचित्रलाई सम्मून्त बनाउने र यसको लागि कार्य थालनि गरिइसकेको बताए । उनले सिनेमा एक उद्योग भएको र यसलाई पर्याप्त जनशक्ति र प्रविधि चाहिएको उजागर गर्दै हाल इन्टरनेट र उपकरण प्रयोग गरी झिनो समयमा कार्य समापन गर्न सकिने पनि उल्लेख गरे ।

व्रिज कोर्ष र तयारी कक्षामा पावन्दी

Image
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विभिन्न कक्षा र उच्च शिक्षाका नाममा हुने व्रिज कोर्ष र तयारी कक्षा पूर्ण रुपमा प्रतिबन्ध लगाइने बताएका छन् । २०८३ वैशाख १ उपरान्त यस्ता कक्षाहरु सञ्चालन भएमा सरकारी ऐन र कानून उपर शिक्षण संस्थाहरुलाई कार्वाही गरीने बताइएको हो । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, यस्ता कार्यको आयोजनाले विद्यार्थी तथा अभिभावकलाई आर्थिक वोझ पर्न जाने उल्लेख गरिएको छ । 

नेपाली काङ्ग्रेस संस्थापन पक्षको बैठक आव्हान

Image
निर्वाचन र नयाँ सरकारको कार्यान्वयन पछि पछिल्लो पटक नेपाली काङ्ग्रेस संस्थापन पक्षले आगामी मंगलबार अधिवेशन बोलाएको छ । विशेषत गौरीबहादुर कार्की आयोगका दोषी निवर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दिपक खड्काको पक्राउको विषयलाई पार्टीले कसरी सम्बोधन गर्ने भन्ने विषय उल्लेख रहने पार्टीको अनुशासन समितिले बताएको भनिएको छ । साथै फागून २१ गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको सहभागीता र परिणामको बारेमा समेत छलफल गरीने बताइएको हो ।

नेपाली काङ्ग्रेस र (बीपी) काङ्ग्रेस समाहित

Image
 नेपाली काङ्ग्रेस र (बीपी) काङ्ग्रेस समाहित भएको छ । आइतबार दुई पार्टी बिच एकता भएको बुझिएको हो । कांग्रेस सभापति गगन थापा र बीपी कांग्रेसका सुसीलमान श्रेष्ठ बीच घोषणा पत्रमा हस्ताक्षर भएको हो । परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।  कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ ।

औद्योगिक विकासको लागि जापानी सहयोग

Image
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जापान भ्रमणको क्रममा नेपाल जापानको सधैं हितैशि रहेको र जापानी उद्योग नेपालमा प्रवद्र्वन गर्न नेपाल सधैं उद्वत रहेको र पूर्ण सुरक्षाको ग्यारेण्टी दिइने औंल्यानु भएको छ ।  उहाँले नेपाल र जापानबीच धार्मिक एकता रहेको पनि प्रकाश पार्नु भएको छ । भ्रमणमा उहाँले नेपालमा बुद्व जन्मेको र बौद्वमार्गीहरुलाई नेपाल पर्यटकीय दृष्टिकोणले अति लाभदायक भएको बताउनु भएको छ । नेपाल जापानबीचको ७० वर्ष कुटनैतिक सम्बन्ध रहेको सन्दर्भमा आयोजित एक सम्मेलनमा बोल्दै उहाँले कृषि र जलश्रोत जस्ता आयोजनामा जापान सरकारको उल्लेखनिय सहयोग रहेको र सामाजिक न्याय, सुशासन र जनताको समृद्विमा आफू सधैं कटिबद्व रहेको बताउनु भएको छ । कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, परराष्ट मन्त्रालयका  सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाको पनि सहभागिता रहेको बताइएको छ ।  

निर्वाचन आयोगको कालोसूचीमा परेका उम्मेदवारहरु

Image
निर्वाचन आयोगले ७६ जना उम्मेदवारको नाम कालोसूचीमा राखेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार वन्द सुचीबाट निम्न व्यक्तिका उम्मेदवारहरुलाई हटाएको बुझिएको छ । कालोसूचीमा परेकाहरु (बसुन्धरादेवी चौधरी, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार (रहेना खातुन, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार (लक्ष्मीदेवी शाह, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार (कमला खत्री, जनता समाजवादी पार्टी (हिरोइनकुमारी शाह, जनमत पार्टी (गजेन्द्रकुमार मेहत्ता, जनमत पार्टी (मोहमद असदुल्लाह, जनमत पार्टी (सुमित राई, जय मातृभुमि पार्टी (राजु मिजार, जय मातृभूमि पार्टी (प्रीति गुप्ता पटेल, जय मातृभूमि पार्टी (लक्ष्मी श्रेष्ठ, नागरिक शक्ति (जाहेरा बानु, नेपाल कम्युनिष्ट पार्टी माओवादी (प्रतिमादेवी यादव, नेपाल जनता पार्टी (सुनितादेवी दास, नेपाल सद्भावना पार्टी (भुवन औजी, मितेरी पार्टी (गायत्री राई, मितेरी पार्टी (सुनिता पौडेल, मितेरी पार्टी (दीपक चौधरी, राष्ट्रिय एकता दल (विकाराम चौधरी, राष्ट्रिय जनमोर्चा (सुनिताकुमारी कुर्मी, राष्ट्रिय जनमोर्चा ...

मोरङ्गको निर्वाचन माहोल

Image
मोरङ्ग नेपाली कांग्रेसको उद्गम थलो मानिन्छ । खासगरी कोइराला परिवारको राजनीतिक कर्मथलोको रुपमा चिरपरिचत मोरङ्गाको राजनीतिक माहोल बदलिएको छ । २०४८ यता आठ निर्वाचन भोगेको मोरङ्गले २ पटक संविधान सभा र एक निर्वाचन भोगिसकेको छ । यसपटक मोरङ्ग ६ ले नेपाली काङ्ग्रेसका उम्मेदवार शेखर कोइराला, एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीका रुविना आचार्य आदीले यस नगरीलाई आफ्नो निर्वाचन क्षेत्र बनाएका छन् । निर्वाचन प्रतिनिधिहरु चुनाव केन्द्रित भइ रहँदा यहाँको फोहोरको समस्या, सुकुम्बासी समस्या, महंगी र स्वास्थ्य समस्या टड्कारो रुपमा चुनावको भोट तान्ने विषयवस्तुको रुपमा उठ्न थालेको केलाइएको छ ।   

नेवानीमा कोहोराम, यात्रु हैरानी

Image
नेपाल वायुसेवा निगमका दुई यात्रु बहाक विमानले समयमा उडान भर्न नसकेपछि सयौं यात्रु अलपत्र परेका समाचार प्रकासमा आएको छ ।  यहि मेसोमा चीन, हङ्कङ्, दुवईका यात्रु अलपत्र परेको बताइएको हो । चीन तर्फको उडान हुन नसक्दा यात्रुले परिशानीका कारण कर्मचारी माथि हातपात गरेको सुन्नमा आएको छ ।  वाइडवडी विमानहरु हवाई निर्माणका लागि विदेश हुँइकिनुपर्ने भएकोले सो परिस्थीति निर्माण भएको निगमका कर्मचारीहरुको भनाइ रहेको छ । यात्रुहरुलाई निगम स्वयमंले होटल र खाना खर्च व्यहोरेको अपुष्ट समाचारहरु प्रकाशनमा आएको पनि छ ।

कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्का राजनीतिक र कानूनी लडाइँमा लाग्ने

Image
 विशेष महाधिवेशन कार्यसमितिको वैधानिकता संगै संस्थापन इतरका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्का आफूहरु राजनीतिक र कानूनी लडाइँमा लाग्ने बताएका छन् । पार्टी विधान र नियमावलीको अन्र्तगत छ संस्थापन पक्षसँग छलफल नगरी निर्वाचन आयोगले कारबाही गरेको पक्षलाई वैधानिकता दिँदा दर्ता एकदम षडयन्त्र मूलक रहेको कार्यवाहक अध्यक्षले बताएका हुन् ।

गगन थापा र विश्वप्रकाश शर्मा प्यानल नेपाली काङ्ग्रेस वैधानिक

Image
विशेष महाधिवेशन पछिको कार्यसमिति छनौट भएको गगन थापा र विश्वप्रकाश शर्मा सम्मिलत नेपाली काङ्ग्रेसको पार्टी कमिटिलाई निर्वाचन आयोगले वैधानिकता दिएको बुझिएको छ । राजनीतिक दल सम्वन्धि दफा ५१ को परिणाम स्वरुप पार्टीलाई आधिकारीकता दिने निर्णय गरको बुझिएको हो । पार्टीको विधान बमोजिम लोकतान्त्रिक शब्दावलीलाई मध्यनजर गरिएको र कार्यनैतिक रुपमा नै यस शब्दको प्रयोग हुनु पर्ने आयोगले प्रस्टाएको बुझिएको छ ।   

२०५८ काण्ड काङ्ग्रेसमा दोहोरीयो काङ्ग्रेस फूटको संघारमा

Image
अन्ततः विशेष काङ्ग्रेस महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रिय सदस्य निर्वाचित गरेको छ । उता संस्थापन इतर देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमितिले भने महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालाई कारबाहीको दायरामा ल्याएको छ ।  वि.सं २०५८ सालमा प्रधानमन्त्रीको प्रतिष्पर्धात्मक रहस्यमा कांग्रेस पार्टी, स्वर्गीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रिकको अध्यक्षको रुपमा शेर बहादुर देउवाको प्रतिनिधित्व गर्दै दुई भागमा पार्टी फुटेको थियो । यसै विच विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसलाई फूटको संघारमा ल्याएको छ । पार्टीको हेड कमाण्डले महामन्त्रीद्वय लाई पाँच वर्ष सम्म साधारण सदस्य नरहने गरी निष्काशन गरेको बताएको छ भने उता विशेष महाधिवेशनमा गएका शुभेछुक्कहरुलाई फर्कन निर्देश पनि गरेको थियो ।

भ्रष्ट राजनीतको अन्त्य

  भ्रष्ट राजनीतको अन्त्य शुक्रबार काठमाडौंको तापक्रम २.४ डि.ग्री मापन गरिएको थियो  । एक विहान आज उठ्दा ठिङ्गुर्याउँदो जाडो रह्यो । दिनहुँ ढिलो उठ्ने बानी परिसकेको छ । पत्रपत्रिका त्यत्ति किनेर पढिँदैन सवै सामाजिक सञ्जाल इन्टरनेटमा पाइहाल्छ । जीवन एक संघर्ष हो । यसअर्थमा यो पारिपारिक मायामोह पनि हो । पहिले त एक तनाव जस्तो लाग्ने गर्थो । तर वानी परिसकेको छ । पारिवारीक श्रोत र वाँकि वचेका रहलपहल । समाजमा नाक देखाउन मानिसले कर्म गर्नुपर्छ । चाहे ठूलो होस या सानो चाहे झिनो आशा नै किन नहोस केही आय मूलक त हुनैपर्छ । त्यपछि मात्र अनुराग पाइन्छ । वितेको दिन सम्झन्छु एक अँध्योरो कोठा, बन्द पर्दा अनि टेलिभिजन अनि दिनहुँको खानेकुरा । त्यसबेला केही काम चाँही गरिन्नथ्यो । मानिसको बोली पनि चित्कार जस्तो लाग्न थालि सकेको थियो । किनकी परस्पर बोली कसैसँग हुँदैनथ्यो केवल टेलिभिजनको स्वयम् दर्शन । समाचार, राजनीति, चिन्तन अनि राजधानीमा उड्ने हवाइजहाजका आवाज मात्र । लाग्दथ्यो प्लेनका निश्चत समय र सिमामा यसले उडान पक्कै मार्दैन । मेरो भोजन, टि.भि.का रिमोटबाट संचालित परिदृश्यले उडान भरिएको जस्तो चाल ...

काङ्ग्रेस केन्द्रिय समितिको बैठक

काठमाडौं । काङ्ग्रेस केन्द्रिय समितिको बैठक अपरान्ह १ बजे पार्टी हल सानेपामा बस्ने भएको छ । पार्टीका ७ वटै सभापतिहरुलाई पार्टीमा छलफलमा बस्नकोको लागि सर्कुलर जारी गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

कोटेश्वरबाट लगनखेलको आवागमन

 काठमाडौं । राजधानीको चक्रपथको सडक ट्राफिक प्राय अस्तव्यस्त हुने गर्छ । अफिस समयमा चक्रपथबाट सिंहदरबार तिर पस्ने वसहरु प्राय खोचाम खोच हुने गर्छ । साँखुबाट चाबहिल तिर आउने वस, बेनपाबाट काठमाडौं आउने वस, थानकोट बाट काठमाडौं छिर्ने बसहरुको हाल यस्तै हुन्छ । यसै मेसोमा सोमबार दिनको ४ बजे तिनकुने , कोटेश्वरबाट लगनखेलको आवागमन बुझ्न हामीले एउटा दृश्य खिचेका थियौं ।

ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित

Image
 विश्वव्यापी जलवायु परिवर्तनको विश्वव्यापी साझेदारी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित हुने बताइएको छ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्, “महासभाले अनुमोदन गरे अनुसार संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्ति स्थापना बजेटमा मूल्याङ्कन गरिएको योगदान संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गत कानुनी दायित्व हो भन्नेमा हामीले निरन्तर जोड दिएका छौँ ।” यसर्थ नेपाल जस्तो विकासशील राष्ट्रले पाउँदै आएको सहयोग रकमबाट केही हिस्सा भने अवस्य कटौती हुने बताइएको छ । अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय संस्थामा विभिन्न मुलुकसँग आबद्ध आर्थिक तथा सामाजिक परिषद् तथा महादेशीय कमिसन, आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानुन कमिसन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फौजदारी न्यायका लागि अन्तर्राष्ट्रिय संयन्त्र, शान्ति स्थापना कमिसन, शान्ति स्थापना कोषबाट पनि  हात झिकेको हो ।