दशैंमा मादक पदार्थ, लागू पदार्थ सेवन गर्नेलाई विशेष कार्वाही

काठमाडौं । उपत्यका ट्राफिक विभागका अनुसार यस वर्ष  लागू पदार्थ र माधक पदार्थ सेवन गरी सवारी चलाउने क्रममा विशेषत उच्च सर्तकता अपनाइएको जानकारी दिइएको  छ ।

काठमाडौं उपत्यकाको अनुगमन सुरक्षा स्थितीलाई ध्यानमा राख्दै ट्राफिक माहाशाखाले करिब एक हजार ३७ जना सवारी चालकलाई निगरानी राखि उचित परामर्शमा छोडेको बताएको छ ।

ट्राफिक महाशाखाका अधिकृत सुरेशप्रसाद काफ्लेका अनुसार “बडादशैं नेपालीहरुको परम्परागत महान् चाड भएको र चालकले सवारी साधन चलाउँदा माधक पदार्थ लिन सावधानी अपनाउनु पर्ने बताउनु भयो ।”

नेपालको सवारी तथा यातायत व्यवस्था ऐन २०४९, प्रचलित कानून अनुसार सवारी साधन चलाउँदा मापासे र लापासे गर्ने चालकलाई कारबाही हुने उल्लेख रहेको बताइएको छ । 
(गोरखापत्र अनलाइनबाट)



Comments

Popular posts from this blog

निर्वाचन खर्च सिमा तोकियो

सुनको भाउ २,७०००० कायम

धातुलाई सुन प्रमाणित गरेर ठग्ने व्यक्तिहरुलाई पक्राउ पूर्जी