काठमाडौं । भदौ १० मा आएको भोटेकोशी बाढिले विकराल क्षती पु¥याएको छ । बाढीको ७ औं दिन सम्म आइपुग्दा प्रकोप थेग्न चुनौति नै रहेको छ । रसुवा, चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट, र नवलपराशी इलाकामा लासहरुको ठेगाना लगाउन धौ धौ परिरहेको छ । हालसम्म १०५० लासहरु भेटिएको छ ।
प्रधानमन्त्री राहत कोषमा ६ अर्ब भन्दा बढी धनराशी संकलन भएको समाचार आएको छ ।
उता नेपाल सरकारका पराराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बाढीको मानवीय जोखिमलाई सामान्य प्रकृतिक विपत्ति मात्र नलिइ हिमाली सुनामी प्रकोपको रुपमा लिन आग्रह गरेका छन् । उनले अन्तराष्ट्रिय न्यायको मुद्वा उठाएका छन् र जिम्मेवार औद्योगिक राष्ट्रबाट सहयोगको अपेक्षा गरेका छन् ।
तर बाढी ग्रस्त क्षेत्रमा झाडापखाला, भाइरल ज्वरो जस्ता गम्भिर प्रकृतिका विरामहरु पनि फैलँदैँ गएका छन् ।
औषधी अभाव, दुषित पानी भीडभाव, शौचालयको अभावका कारण विरामीहरु शंकटमा परेको बताइएको छ ।
No comments:
Post a Comment