www.smoonsharma.blogspot.com

Tuesday, February 3, 2026

औद्योगिक विकासको लागि जापानी सहयोग


सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जापान भ्रमणको क्रममा नेपाल जापानको सधैं हितैशि रहेको र जापानी उद्योग नेपालमा प्रवद्र्वन गर्न नेपाल सधैं उद्वत रहेको र पूर्ण सुरक्षाको ग्यारेण्टी दिइने औंल्यानु भएको छ । 

उहाँले नेपाल र जापानबीच धार्मिक एकता रहेको पनि प्रकाश पार्नु भएको छ ।

भ्रमणमा उहाँले नेपालमा बुद्व जन्मेको र बौद्वमार्गीहरुलाई नेपाल पर्यटकीय दृष्टिकोणले अति लाभदायक भएको बताउनु भएको छ ।

नेपाल जापानबीचको ७० वर्ष कुटनैतिक सम्बन्ध रहेको सन्दर्भमा आयोजित एक सम्मेलनमा बोल्दै उहाँले कृषि र जलश्रोत जस्ता आयोजनामा जापान सरकारको उल्लेखनिय सहयोग रहेको र सामाजिक न्याय, सुशासन र जनताको समृद्विमा आफू सधैं कटिबद्व रहेको बताउनु भएको छ ।

कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, परराष्ट मन्त्रालयका  सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाको पनि सहभागिता रहेको बताइएको छ ।  


No comments:

Post a Comment

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...