Friday Chaitra 29, 2075

आज शुक्रबार, मलाई संसोधनवाद के होला भन्ने प्रश्नले कुत्कुत्याइरहेको छ । संसोधनवाद भनेको विचारमाथि गरिने संसोधन हो । आफैं भित्र प्रश्न गर्दा वाक्क भएको छु । रिमाल जी लाई सोद्दा वहाँ अनविज्ञ रहेको बताउनुहुन्छ । आज रिमालजीले माछा तन्दुरी ख्वाछु भनि चिकेन नान ल्याउनु भएछ तर के सँधै जस्तो चिकेन नै खानुपर्छ भन्ने वाद नै संसोधनवाद हो । म पक्कै साथीहरु सँग वार्तालाप गर्छु अनि त्यसको विश्लेषण हुन्छ कि त !
मैले हिजो वीर अस्पतालमा वाहिर प्राङ्गणमा वसी टिकट काटेँ । डाक्टरसाबले पूर्जीमा औषधी लेखि दिए ग्यास्ट्रिकको दबाइ र वी कम्प्लेक्स त सजिलै पाइयो तर एउटा औषधीको लागि अस्पतालको लेटरप्याड र डाक्टरको सही छाप नै चाहिँदो रहेछ । दश रुपैयाँमा केही पत्ता खाएपछि अलि राहत मिलेको छ ।
संसोधनवाद सम्बन्धि अंग्रेजी किताब त छ कसरी पाना पल्टाउँ । चिसो किचनमा समाजवादका पाना पल्टाउँदा विरामी परेको कुरा सम्झन्छु अत्यासलाग्छ आफ्नै सुत्ने खाटमाथि । भाँडा मस्काउन पानी नहुने अनि राती फोहोर सँगै बस्नुपर्ने बाध्यता अस्पताल गएर आइसकेपछि अत्यास लाग्छ । थर्मसमा तातोपनी सार्दै पढ्दै गर्न त मज्जा लाग्छ । परिक्षाका दिन एउटा कम्पेण्डको क्याप्सोल सिँगै निलियो यसले दिमागका तन्तुहरु चलायमान बनायो र  दिमाग विस्फोट भयो होला ।
यसरी पठन पाठन धेरैमात्रामा अत्यास लाग्दो गर्नु हुँदो रैन रछ ।
भएको के हो भने छातीमा सिरानी राखेर १६ घण्टा निरन्तर घोत्लियो । त्यो नि रिभाइज गर्न । चार पाँचवटा किताब त निलियो । तर परिक्षा आउने सोह्र दिनमा मटरको तरकारी खाएर, चाउचाउ लिन पसल गएर, हरियो केराउको तरकारी के चाखेको थिएँ म त सिकिस्त बनिहाले । सासलिन गाह्रो भयो । त्यसो त परिक्षाका घडिले गुट्खा र खैनी नि सेवन गर्ने बानि अत्याधिक बसेको थियो । मैले स्वास्थ्यमा ध्यान पु¥याउनु पर्ने रहेछ निकै, जब अस्पतालका ढोकासम्म पुगियो अनि थाहा पाइयो ।
त्यसो त म बिट पकडिदा के लिनु र ! भर्खर भर्खर त लेख्दै छु । ब्रोइलर कुखुराको कुरा गर्दा सलकपुरमा साइला मामाले सुन्दर हरैचामा ब्रोइलर पालेका छन् । पकाउने पद्वती फरक हुने हुँदा स्वाद फेरिदो रहेछ तर आज रिमाल जीले ख्वाएको चिकेन तन्दुरी सञ्जु माइजुले दशैंमा पकाएको जस्तो पक्कै थिएन । मैले रिमाल जि सँग कुरा राख्दा त्यसो भन्नु हुन्न भनि झपारे । गर्मी महिना लागेको कारण फ्यान बनाए । काम गर्न थालेको छु, अफिसको काम । अब पढ्ने, कम सोच्ने अनि केही नौला खोज गर्ने समय त भैसकेको छोइन तर बीट पनि त मारेको छुइन ।
तथास्तु !

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !