एक अक्षर अनेक श्रृजना

अक्षरहरुका मीठा शब्द जब केलाइन्छन् ।
तव मानसमटलमा चित्रहरु उतरिन्छन् ।
ती चित्रहरुलाई खाना खुवाइनुपर्दैन ।
ती रसिला वाक्यहरुले मष्तिस्कका
कोशिकाहरु तिष्ण बनाइदिन्छन् ।
रातारात म प्रगाड हुन्छु ।
जब शाहित्यले आनन्द दीन्छ तव  श्रृजनाहरु स्पष्ट बनाइदिन्छ ।
रसिला, गुलिया, मीठा अनि कडा शब्दले
 मश्तिष्कका तन्तुहरु चलायमान बनाउँछन् ।
त्यहाँ माया त्यसै प्रगाड हुन्छ ।
यी अक्षरहरुले मायारुपी संसारलाई क्षितिज पनि आफ्नो बनाउँछ ।
त्यही क्षितिजलाई समाउँदै रम्न कति मजा आउँछ
त्यो त अक्षर, शब्द र वाक्य चाल खेलाउनेलाई नै थाहा हुन्छ ।
जब पुस्तकका पाना पल्टीन्छ मस्तिष्कमा अर्को छाल आउँछ ।
त्यहाँ प्रेम माया सबथोक पाइन्छ ।
त्यहाँ भट्टी पस्नुपर्दैन वाइन पाइन्छ ।
त्यहाँ शौखिन जीवन पाइन्छ ।
जव भाषा बुझ्न गाह्रो हुन्छ नी
फेरी त्यहाँ आँफै पनि हराईदो रहेछ ।
प्रत्येक अक्षरहरुमा कोपिला पाइन्छन्  नाई कसरी भनुँ ।
रात वितोश यस्तै पुस्तकमा, रात रहे अग्राख पलाउँछ ।


Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !