www.smoonsharma.blogspot.com

Wednesday, October 16, 2013

सन्नाटा

सन्नाटा
सन्नाटा यस्तो  सन्नाटा जहाँ म हराउँछु ।
बिल्कुल एउटा हराएको मानिसको चित्रण ।
जहाँ विचार केही हुनेछैनन् ।
त्यहाँ मानविय प्रतिध्वनी मात्र हुनेछ ।
त्यहाँ सोच्न समेत पाइनेछैन ।
त्यहाँ  खाना अरुले मगाइएको खानुपर्नेछ ।
जहाँ आफ्नो सोच अरुले त्यसै चाल पाइदिनेछन् ।
यहाँ हास्न पाइने छैन, आसु पनि खस्न पाइनेछैन ।
त्यहाँ यौन मारिएको हुनेछ ।
एउटा कुकुर जंगलमा भौतारिएको जस्तो ।
यौन कुण्ठाको लागि स्वयं प्रताडीत हुनुपर्नेछ ।
त्यहाँका चारै ढोका हरहमेसा बन्द गरिनेछ ।
बाहिर निस्कदा त्यो कैदीलाई सबैले नचिन्ने ।
सांगली लाएर पागल कुकुरलाई
मासु दिएर फकाईएको जीन्दगी ।
त्यही सन्नाटा अनी त्यो कैदी । 

No comments:

Post a Comment

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...