Posts

No fair to stole Airphone

Image
 A student's life really is disgusting. That's Set. Nausea is always happening. You can't omit it. Yes son if jacket is stolen you would find who you are. I am absurd. Perhaps you are doctor on this Covid-19. People die out is it fake. I stop. Everybody stop. Are you brothels don't you here any sound. Girls are mocking how do you utter scoundrels are roaming. Aha! who are fair. Aha! Nowhere. Somebody say! Are you a man with dignity. Or are you son. Are you with feeling interest with writing. Hmm! Voilen sounds good. Guitar can't be depreciated. Are you glad to have whiskey! Nausea could be tear with fond of music.

शनिबार शनीको दिन

शनिबार शनीको दिन पिपलबोटमा शनिको शान्तिको लागि परिक्रममा गर्ने । मन नास्तिकबाट पुरै आस्तिक तिर छछलकिँदो । मन एकाग्र भएको छ दिन पिपलबोटमा शनिको शान्तिको लागि परिक्रममा गर्ने । मन नास्तिकबाट पुरै आस्तिक तिर छछलकिँदो । मन एकाग्र भएको छ । आज चुनावको टटारोको माहोल । उपचुनावमा कार्यतालिका थियो । विजेता को होलान ? मेरो मन राजनीतिक कहुतुहलता तर्फ इंगित नभएपनी कता कता प्रसंगवश ध्यान अलिकती केन्द्रित अवस्य नै भएको होला ? शनिवार मानिस सरसफाई र मिष्ठान्न भोजन तर्फ आकर्षित हुन्छ । फुर्सदीलो बन्छ । मनोरञ्जन तर्फ आकर्षित हुन्छ । केही पोष्ट भएछ । अनि कफि । अनि उही पुरानो दोकान । पुरानो पसल केही उतारचढाज हुन्छ । रौनकै अर्को । आज साइनो हेंरे । कोठाको परिदृश्य । आत्म सहानुभूति । विचमा तृप्तीसँग मुरलीधरको खटपट र आँखा जुधाइ । मैले होहल्लाका विच तालमेल मिलाउन सकिन । एकाहोरिएको नारीवाद लेख्ने जमर्को गरेकै हो तर अचानक मन तरङ्गित हुँदो रैछ । म नि पुरुष नै त हुँ । भावना र मष्तिस्क, अनुभुति का बीच श्रृजना । बार्तालाप नयाँ आयाम । समाचार कतैको टिप्नुपर्छ । पढाकु हुन विस्तारै तालमा ढुङ्गा हाल्नुपर्ला । पौडिन च...

काम त गर्नु नै छ जानी नजानी

Image
वर्ष १६ र १७ को नौलो बिहानी नत कसैको गाली गलौंच न त तिखे हेराई मानविय संवेदना र चेतनाले प्रफुल्ल त्यो मन विहानीको झिसमिसे हुर्कियो शहर मै टाढा थिए समस्या म त अर्कै चिन्ने मानिस अनगिन्ती मुस्किल नहुने कुनै कुरा गर्न मानिसको कस्तो तादम्यता न त ध्वनी, न कोलाहल सफा मन र भावना बोल्नु थियो हाँसी हासीँ अध्ययन जारी नै थियो न त खर्चको जोहो मित्रता पनि हरायो बोली हरायो हाँसो हरायो खुसी केवल न्यानो जीवनका लागी ईश्वर छन् मानिस नि सुखी पूर्वीय दर्शन होस या पश्चिमी संस्कृतको आभास रात र दिनको पलको आभास दिने प्रकृति प्रदत्त हुन सकिने चर्म स्पर्श ज्ञानेन्द्रिय के का लागि अनावश्यक फूर्ती के का लागी समाहित हुनुछ मन, मष्तिस्क र आत्मा माथि पश्चिमा दर्शन त कति कोशौं टाढा मेलै नखाए नि आनन्द दिँदा चोट भरिएको कथालाई आनन्द दिने पूर्वीय दर्शनले घाउमा रुवा कपासले मनमा शान्ति दिलाउने तथापि नीजि काम त गर्नु नै छ जानी नजानी

शून्य समय

समय गएको पत्तो पनि हुँदोरहेनछ । कार्यलय हो समयको लेखाजोखा त हुनुपर्ने । तर मिनेट, घण्टा, दिन, महिना अनि वर्षमा मात्र कुरा अड्किन थाल्यो । बसाई यस्तै हो । कार्यालयमा बस्नु त प¥यो । क–कसलाई भने समयको अभाव । कसलाई भने कसरी समयलाई काबुमा राख्ने भन्ने चुनौती ।  आज कार्तिक १७, दशैं, तिहार र छठ सबै २०७६ सालका चाडपर्व बाहिरिए । वर्षभरी कहिले कार्याशालाबाट छुट्टी नमिल्ने तर दशैं, तिहार ताका खालि बस्न पाउँने समय । कार्यालयमा काम गर्दै थिएँ । तल्ला घरे दाइ आए । चिया पिलाएँ । कुराकानी भयो । खाली समय पछि के गर्ने भन्ने चियो भयो । भन्दै थिए कतै घुम्न जानु पर्छ । चाडवाडमा घुम्न गइयो आफन्तकोमा मात्र । बाहिर गइएन । खै अब समयको लेखा जोखा कसरी गर्ने ?

Daily Routine

Image
             आजको बिहानी तालिका अनुसारको थिएन । दैनिक चर्या कसैको पनि त तालिका अनुसार हुँदैन । तर तालिका अनुसार चल्ने को होला र ! पक्केै पनि नेपालमा तालिका अनुसार चल्न त सभ्रान्त परिवारमा हुर्किनु पर्ला ।    खासै काम पनि केही छैन । अर्थोपार्जन गर्न मुस्किल छ । तर बिना पैसा जीयुन  पनि त चलाचउन गाह्रै पर्ला । भर्खर स्नात्तकोतरको जाँच सकिएको छ । धेरै बत्तिमा पढ्दा स्थिती तनावपूर्ण छ । साथिहरु त परिक्षाको बेला पनि ठट्टा गर्छन । तर मलाई त्यस्तो अफठ्यारो बेलामा मुखमा लाली छाउन गाह्रो पर्छ । सोच्दा पढेर के गर्ने । डिग्री हासिल गर्न त होनी  भन्ने कानमा आवज सुनिन्छ । हिजो सुमनसँग कुरा भयो । उसले भन्यो,“समिर तिमी एम.पि.ए किन ट्राई गर्दनौं । मैले त धेरै साथी सँग मिली त्रिभुवन विश्वविद्यालयमा टेस्ट दिएँ । यस्मा खर्च भर्नाको १७,०० र किताबको १६,०० पर्ने रहेछ । पढ्नमा अब्बल विद्यार्थी उनी । भन्दै थिए । मलाई यिस्पच दिन आउँछ । प्रेजेन्टेसन दिन्छु । अरुलाई बुझाउन पनि आँउछ ।  उनको धोको रहेछ नेपालमै सरकारी जागीर खाने । युरोप तिर बाहिर जा...

दृश्य र सपना

                              एक समय बालापनको थियो । जहाँ म रमाउथेँ न कुनै मानसिक तनाव न शुरता ! बिहान सबेरै उठ्ने, पढ्ने कक्षा कोठा गई अध्ययन गर्ने र बेफुर्सदी गृहकार्य गर्ने । कस्तो मृगतृष्णा माया जसको लागि आज म मरिमेट्छु कहिँ पाइन्न त्यो । परिवारको छत्रछायाँमा लालनपालन भएको र त्यो एकाग्र जीवन कति सन्तोषमय आफूँ त्यसै फूल भइ बुट्यानमा फक्रिरहेको । तर जब म कलेजका छत्र छायाँमा हुर्के दोहोरो मापदण्ड जीवनको गुजारा अनि अंग्रेजी र पत्रकारिताबीचको कठोर मेहेनत त्यहाँ नी आनन्दको छत्रबास नै हुन्थ्यो ।            न त कुनै समसामयीक राजनीति न कुनै रस म एक्लै मौलाउँदै गइरहेको हुन्थे । कठोर मेहेनत र त्यसका विचमा हुने आम्दानी कुनै पराई मानिसका चक्छुका निसायुक्त आँखाले नघच्घच्याउँदा एउटा कलिलो सिसौको जस्तो फर्किएको जीवन कति शुशिल । घर परिवार पनि त खुसी नै थिए अनि म मेरै विल्कुल केही श्रोतको आम्दानी जसको लागि गोडा फैलाउँथे । साथिसंगि आफ्नै लागि हुन जस्तो लाग्थ्यो । १६÷१७ को जीन्दगी । ...

आज मजदुर दिवस मे १

मानिस त्यसै पनि स्वतन्त्र प्राणी । समाजमा स्वतन्त्र जिवन जिउनु संविधान त कार्यान्वयन हुने विषय हो । मानिस स्वस्थ्य हुनु , शिक्षा मैत्री हुनु, आवासको ग्यारेण्टी हुनु र कुनै काम प्रतिको आधारभूत ज्ञान हुनु उसको मानसिकतामा नयाँ विचारको आभास हो ।      आज मजदुर दिवस मे १, “संसारका मजदुर एक हौं” भनि कार्ल माक्र्स र फेडरिच एन्जल्सकोे कम्युनिष्ट घोषणापत्रमा उद्वरीत नाराले आज पनि उत्तिकै महत्व बोकेको छ । १३० औं मजदुर दिवस आज नेपालमा पनि भव्य रुपले मनाइने नै छ । तर मजदुर हक, र हित सम्बन्धि धारणा मानिसमा नहुँदा आज पनि लाखौं मजदुर श्रममा त पिल्सीएका छन् तर उनीहरुले पाउने श्रम अनुसारको ज्याला नपाउँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा सहजता नपाएको अनुभव अझै छ । समाजमा मानिस बाच्न उसले कुनै न कुनै कार्य गर्नै पर्छ श्रम प्रतिको साझेदारीको भागेदार बन्नु मानिसको आवश्यकता हो । मानिस जीवनरत कामबाट उम्किन सक्दैन । हिन्दु दर्शनशास्त्र गीतामा पनि भगवाद कृष्णले अर्जुनलाई दर्शन बोध गराउँदा कर्मको उदाहरण दिँदै मानिस पौराणिक रुपमा कर्मयोगी नै रहेको बताउनु भयो । ढुँङ्गे युग, दास युग, पुजी...